खोलो
Posted On February 23, 1995
खोला तिम्रो जन्म कहा हो
खुलुखुलु निसिदिन बग्छौ
अग्लो होचि भिर पहाडमा
जहाँ पनि बग्न सक्छौ ।
धेरै समय सम्म दु:ख पाई
ठूला पहाडहरु फोरी
जब तिमि बाहिर निस्कन्छौ
बग्छौ सबतिर हेरि ।
पापी अधर्मी निष्ठुरि तिमि भई
सबै बगाई दिन्छौ
यो के हो, त्यो के हो
तिमि सबै नै चिन्छौ ।
सधै भरी हतार भएझै
एक छिन आराम छैन
यस्तो हतार काम के हो
त्यो पनि सुनेको छैन ।
मैदान भूमि सबै हेरेर
जब समुद्रमा पुग्छौ
आफ्नो प्यारो साथी भेटेर
सुस्त गतिले बग्छौ ।
कक्षा ५, February 23, 1995