सुर्य

सुर्य तिम्रो आकार कस्तो छ
त्यो मलाई देखाइदेउ
अति उज्यालो, अति चम्किलो
तिम्रो ज्योति छरिदेऊ ।

त्यो तिम्रो उज्यालो ज्योतिले
मनै रमाइलो हुन्छ
मनमा रहेका अध्यारालाई
सबै यसले धुन्छ ।

तिम्रो त्यो उज्यालोले
मानिसको मनलाई
एक मात्र नभएर
प्राणीहरु सबलाई ।

तिम्रि प्रकाशले धोइदिन्छ
भित्रि मनलाई छुन्छ
तिम्रो किरण छिरेपछि
मनको धुलो उड्छ ।

तिम्रो प्रकाश पाएपछि
बालकहरु रमाउछन्
आफूलाई हँसाएर
अरुलाई हँसाउछन् ।

पृथ्वि तलको सौन्दर्यलाई
तिमि आफै निहार्छौ
अन्तरक्षमा आराम गरेर
पृथ्वितलमा झर्छौ ।

कक्षा ५, February 23, 1995

Leave a Reply