भुटानी युवालाई सन्देश

हे भुटानी युवा हरु हो
तिमीहरु आजसम्म किन सुतिरह्यो?
अत्याचारमा परेकी मातृभुमीलाइ उतार्न अघि बढ
तिम्रो आशा र सपना पूरा गर
तिमीलाई आमाले आशिर्वाद दिनेछिन्
‘तिमी ठूला वीर पुरुष हुनु’
आमाले तिम्रो सपना पूरा गरिदिनेछिन
भविष्यमा तिमी महान पुरुष हुनेछौ
आमा अहिले कति रोइरहेछिन
दु:खला जेलमा फसेर
सैतानका अत्याचारमा फसेर
आँसु खसाली रोइरछिन
तर ए! भुटानी युवा हो
किन तिमी कानठाडा पार्दैनौ?
धिक्कार छ तिम्रो जन्म
धिक्कार छ तिमीला हे भुटानी युवा
यदि तिमी वीर हौ भने
किन निधाइ रहेछौ?
तिमीले आमालाइ खुसी बनाउन सकेनौ भने
तिमीलाई आमाले थुक्ने छिन
समय आयो हे भुटानी युवा
आमा सधै रोइरहेछिन
अत्यचारमा फस्न नदेउ आमालाइ
हे भुटानी युवा अघि बढ
आमाले तिमीलाई सम्झीरहेछीन
तिमी किन उनलाई सम्झदैनौं?
आमाबाट पाएको आशिर्वादलाई
किन तिमी सम्हाल्दैनौ?
सौतेनी आमाको काखमा बसेर
किन तिमीहरु समय फाल्दैछौ?
हे भुटानी युवा अघि बढ
आमालाई अत्याचारबाट उतार
१८ जुलाइ १९९५, शुक्रबार (कक्षा ५)

Leave a Reply