झार
Posted On June 28, 1995
वनको एकान्तमा एकलै बसी
वनको प्रकृतिसंग घुडा धसी
हेर्छौ तिमी सबै नियालेर
आफ्नो सौन्दर्य वीचमा बसी
सबै साथीहरु बटुलेर
आफू चै वीचमा बसेर
यी नै कुराहरु तिंि एक हाँक्छौ
शत्रु भए तिमी कहाँ भाग्छौ
संसार भरी छ तिम्रो जात
हरियो वोट हरियै पात
रुखको सहायताले उभो चड्छौ
समाउने नभए उँधो झर्छौ
रुखमा चड्ने लहरा तानेर
त्यसको दुइ छेउ संगै गाँसेर
गोठालाहरु माला लगाउँछन
म राम्रो छु भनी आफै फुर्किन्छन
पृथ्वी माता दु:ख सहन्छिन
सधै तिम्रो उपकारमा
मल पायौ भने हलक्क बड्छौ
नभए तिमी आफै मर्छौ
कक्षा ५, जुन २८, १९९५