उदेक

कोही खान्छन आँप कटहर
कोही खान्छन कोला
कसैलाई दु:ख कसैलाई सुख
यो जिन्दगी एक के होला

कोही हिड्छन साइकलमा
कोही हिड्छन खुट्टाले
१९९५ को नेपाल सरकार
कम्निष्ट पार्टी एमाले

कोही खेल्छन भलिवन भने
कोही खेल्छन फुटबल
कसैको हुन्छ थोरै बल भने
कसैको हुन्छ मुढे बल

कसैका छन विल्डङ घर
बस, ट्रक र कार
कसैको भने केही छैन
जीवन छ एक अपार

कसैलाई सधै सुख छ भने
कसैलाई सधै दु:ख भो
यो सबै इश्वरको होइन भने
यो भेदभाव कसको हो ?

कक्षा ५, जुन ३०, १९९५

Leave a Reply