समय
Posted On July 8, 1995
समय एउटा अमुल्य धन हो जुन पलपलगरि वित्दछ
समयको सेवा जस्ले गर्दछ ठूलो मान्छे बन्दछ ।
समय एउटा मुल्यवान चिज हो यसको सदुपयोग गर्नोस्
आफ्नो काम सुधार्नलाई यसको पालना गर्नुहोस् ।
यसको सदुपयोग जसले गर्छ आफ्नो भविष्य सुधार्छ
जसले यस्को मुल्य लिदैन सुगुर बराबर हुन्छ ।
यसैले भन्छु प्रिय मित्र हो! समय नबिताउनु होस
बेलैमा आफ्नो काम बनाउन सुधर्मको बाटो पक्रनु होस ।
कक्षा ५, जुलाई ८, १९९५