शिक्षा
अन्धो रहेछ संसार चाल पाइ
उसैको प्रेतत्व बुझी आफूलाई
यस अन्धो संसारकन गर्न पार
जरुर रहेछ बडी शिक्षाको सहारा ।
बुझ्ने अबुझ झै बनी आफू आज
गर्छु घमण्ड नमानेर लाज
बन्धन फूकाउन कन केवल एक सहारा
शिक्षा छ एउटै अमुल्य अपार ।
आवाज छ यसको सब विश्व भरि
आएन मनमा केही भुल भई
शिक्षा असाध्य छ एक अपार
हटाउन यो विघ्न बाधाको पार ।
यो हाम्रो पेसा लोचनको ता काम
हेर्ने सौन्दर्य जाब लाग्छ घाम
यो विश्व हेर्ने कन भित्रि आँखा
पार्नु छ तिखो बनी अझ चनाख ।
यो आँखो खोल्ने यहि एक चिज
विद्या किनारा बनी आफू विच
यो जति अमुल्य धनलाई पनि
गर्नुछ हेला केहि मुल्य नगनी ।
यो अपार रत्न भण्डारोको साँचो
लगाउनलाई पर्छ गुरुको ता खाँचो
बिना गुरु यी रत्न छन कति साना
बस्छ किल्लामा देशको बनी सिमाना ।
बुझौं गैराइ अब हामी यसको
गरौं सम्झना योगदान छ जसको
बिना गुरुकन कसको हुन्थ्यो
रहस्य नबुझीकन कसको हुन्थ्यो ।
र
सज्जन गुरुको अनुमति मानी
सौभाग्यशाली बनौं म पनि ।।
कक्षा ५, जुलाई १२, १९९५