आमालाई पत्र

पुजनीय आमा,

म तपाइको छोराले पठाइको पत्र
सम्हालेर राखिदेउ, नत्र
तोम्रो छोरो रिसाउने छ
तिमीलाई क्षमा दिने छैन

भुटानी युवाको उमेर पुग्न देउ
भुटानी युवालाई शिक्षित हुन देउ
विश्वको विधि बुझेर तिनले
तिमीलाई दु:खबाट हटाउने छन

समय लाग्ला यो काम गर्न
नरिसाइ बसिदेउ है आमा
यस विश्वको सार बुझेर म आफै
तिमीलाई उतार्न आउनेछु

त्यो दु:ख खटेर कति दिन बस्ने तिमी
म पनि एक दिन शिक्षित भइ
पसेर दु:ख टार्ने छु
हे आमा तिमीले केही क्षण पर्खिदेउ

कक्षा ५, जुन ३०, १९९५

Leave a Reply