नाटक: भुल

पात्रहरु
मिलन: गाउको सुचक
किरण: गाउको सुचक
आकाश: गाउले किसान
मण्डल: गाउको मुखिया
कालु: मण्डको छोरो
सुमित्रा: मण्डलको पत्नी
काले: गाउले किसान
भुण्टे: गाउले किसान
तिखे: गाउले किसार
साजन: गाउले किसान
निर्मल: सभापति
संजय: सह सभापति
राम: बैद्य
माया: गाउले किसान
अर्जुन: गाउको सहायक मुखिया

(हिमाल र किरण गाउमा सूचना पत्र बाड्दै हिडिरहेको छन् ।)
मिलन: ल ! नयाँ सूचना पत्र आयो – आयो । भोलि श्रावण २१ गते २०५० सालको ओखल्ढुंगे ५ घोप्टे गाउको भवनमा हाम्रो नेपाली सभा बस्ने भएको छ । यो सभामा सबै नेपाली दाज्यु भाइलाई आउन आग्रह गर्दछौं । (आकाशसंग भेट हुन्छ ।)
किरण: नमस्ते ! आकाश दाज्यु !
आकाश: नमस्ते ! नमस्ते !
मिलन: ल यो सूचना पत्र पढ्नु होस र अरुलाई पनि सुनाउनु हो है ।
आकाश: (समात्दै) हुन्छ । (किरण र मिलन बाटो लागे । आकाश पत्र पढ्न थाल्यो ।)

(सुचनाको नमुना)
सुचना ! सुचना ! सुचना !
श्रावण २१, २०५० साल । तदअनुसार अंग्रेजीको जुलाई ६ १९९५ आइतबार । ओखल्ढुंगा ५ घोप्टे गाउँको भवनमा ‘नेपाली सभा’ भन्ने आमसभाको स्थापना गरिएको छ । सबै नेपाली दाजु-भाइहरुलाई सो आम सभामा उपस्थित हुन आग्रह गर्दछौं । समय विहान १० बजे सभा प्रारम्भ हुनेछ ।
धन्यबाद

आकाश: ए…. यो डागाहरुको काम छैन, लाटा सोझालाई दबाउने बुद्धि हो यो । यो मुला पेपरको काम छैन । (भन्दै च्यातेर फालिदियो । यस्तैमा एउटा मान्छे कुदेर आउँछ ।) ए ! नमस्ते है मण्डल बाजे । हतार हतार कता लाग्नु भएको ?
मण्डल: खोई अगि तपाईले पढेको पेपर दिनुहोस ।
आकाश: ए..। त्यसकै लागि । त्यो त मैले च्यातिदिए ।
मण्डल: किन च्यातेको नि ?
आकाश: काम छैन ।
मण्डल: त्यसमा के लेखेको थियो ?
आकाश: ए….. घोप्टे गाउँको ठूलो चौरमा भोली आमसभा हुन्छ रे अनि जानु भन्या रहेछ । (यत्तिकैमा एउटा सानो नानी आउछँ ।)
कालु: बुबा बुबा !
मण्डल: किन कराको?
कालु: बुबा हाम्रो घरमा कोनी को हो दुइजना मान्छे आ’का छन् । अनि तपाइलाई बोलाउन पठाको ।
मण्डल: को आ’को छ
कालु: कोनी को हो । म त चिन्दिन ।
मण्डल: (आकाशतिर फर्केर) अनि समय कति बजे ?
आकाश: समय…….. विहान १० बजे ।
मण्डल: ल म गए ।
आकाश: हवस नमस्ते ।
(मण्डल बाने घरमा जान्छन् । घरमा मिलन र किरण आएका थिए ।)
मिलन: नमस्ते मण्डल बा ! कता जानु भएको थियो ?
मण्डल: आकाशकोमा गएको थिए ।
किरण: गाउलेको लागि हामी नया सुचना लिएर आएका छौं ।
मण्डल: कस्तो सुचना ।
मिलन: भोली श्रावण २१ गते ओखल्ढुंगा ५ घोप्टे गाउँको ठुलो भवनमा हामीले गाउले भेलाको तयारी गरेका छौं । सो सभामा उपस्तथित हुन तपाईलाई निम्ता दिन आएका ।
मण्डल: ए! त्यो कुरा त मैले सुनिसके । तर…
किरण: के तर?
मण्डल: भोली अलि बिजि भएको कारण समय निकाल्न अलि गार्होत होला जस्तो छ ।
मिलन: ठुला ठालु भन्ने जतिको कुरै यस्तो छ अनि अरुलाइ कसरी सम्झाउने यस्तै कुराले हाम्रो एकता हरायो ।
मण्डल: ई……। (लोपारिदिन्छ।)
______________________
(भोलि पल्ट बिहान)
मण्डल: (बिहानै उठेर) ए कालेकी आमा ! कालेकी आमा !
सावित्रि: (परैबाट) हजुर !
मण्डल: आज छिटो खाना बना है त । म घोप्टे गाउँको सभामा जान्छु ।
सावित्रि: अनि बिहानै जाने?
मण्डल: बिहानै त । १० बने सभा सुरु हुन्छ ।
सावित्रि: ल ल (परैबाट आवाज आउछ । यत्तिकैमा ५ जना मान्छहरु आइपुग्छन् ।)
सबै: नमस्ते मण्डल बा !
मण्डल: नमस्ते नमस्ते । एका बिहानै कता हिड्या नि ?
काले: अनि सभामा जान नि । कि थाहा छैन?
मण्डल: समय कति भयो नि?
भुन्टे: (घडी हेर्दै) समय ९ बजे भयो ।
मण्डल: हैन कति छिटो हौ । म त भर्खरै उठेको । ए कालेकी आमा, खाना नबना है । समय भएछ । ल जौं ।
(सबै उठेर जान्छन् । सभा भवनमा)
साजन: नमस्ते मण्डल बा! किन यति ढिला । सभा सुरु हुनै लाग्यो । यता बस्नु होला, ठाउँ खालि छ । (मण्डल साजनका छेउमा गएर बस्ना साथ सभा सुरु हुन्छ ।)
निर्मल: ल अब हल्ला बन्द गरिदिनु होस । हाम्रो आजको यो गाउँले सभा सुरु हुनै लागेको छ र सभा सुरु हुनु भन्दा अघि म संजयजी लाई सभाका नियमहरु पढिदिन अनुरोध गर्दछु ।
संजय: धन्यवाद । उहाले मलाई सभाका नियमहरु पढिदिन अनुरोध गरे अनुसार म पढ्दैछु । नियमहरु यस प्रकार छन् :
1. (पेपर हेर्दै) सभापतिले बोलेको शब्दहरुको अर्थ अनुसार प्रश्न सोध्ने ।
2. आफुलाइ लागेको प्रश्न आफै सोध्ने ।
3. सभा नछुटुन्जेल कोही नहिडिदिने ।
4. सभापति बोलेको बेला विचमा कुरा नकाट्ने ।
5. आफुलाई लागेका कुरा अहिल्यै सोध्ने । पछि कुरा नदोहोर्यानउने ।
6. हाम्रो समाज कसरि एकताबद्ध हुने, त्यसको निचोड निकाल्ने र हामीलाई भन्ने ।

यतै नै हुन नियमहरु । अब म निर्मलजीलाई सभा सुरु गर्न आग्रह गर्दछु । यो सम्मेलन राम्ररी नै विसर्जन हुने छ भन्ने मैले आशा लिएको छु ।
निर्मल: धन्यबाद संजय जी । आज म तपाइहरुको अघि उभिएर बोल्न पाउदा निकै खुशी छु । हाम्रो आजको प्रमुख बिषय हो, हामी कसरी एक हुने । हाम्रा गाउले दाजु भाइ दिदी बहिनी अनपढ भएका कारण पिछडिएका छन् । हामीमा अरुको घृणा गर्ने र आफ्नो बाटो मात्र हेर्ने बानी मौलाएको छ । त्यसले गर्दा हाम्रो एकता हुन सकेको छैन । (राम उठ्छ । )
राम: हाम्रो एकताले के गर्न सक्ला त?
निर्मल: एकताले जस्तो अप्ठ्यारो काम पनि गर्न सक्छ। थालेको काम सिद्ध गर्न ज्यान अर्पिनु पर्छ । आफुले जुन काम थालेको छ, विश्वासका साथ सो कामलाई अघि बढादै जादा त्यो काम पूरा गर्न भगवानले पनि साथ दिनेछन् । तपाईहरु सबैले खरायो र कछुवाको कथा सुन्नु भएको होला । त्यस्तो ढिला हिड्ने कछुवाले खरायो जस्तो जन्तुलाई कुद्ने बाजीमा जितेको थियो भने हामी गर्न सक्तैनौ र ? अहिले हामी कछुवा भएका छौ । यदि त्यो खरायो ……… खरायो भन्नुको अर्थ धेरै प्रगति गरेकाहरु …….. यदि त्यो खरायो सुत्यो भने हामी त्यसलाई जित्न सक्छौ । तर त्यो काम हामीबाट मात्र गर्न सकिन्न । हामीलाई पनि केही सहायता चाहिन्छ । (माया उठेर)
माया: अब हामीले कसरी त्यो खरायोलाइ भेटिएला? भन्नाको तात्पर्य हामी त्यो स्टेजमा कसरी पुग्न सकिएला ?
अर्जुन: खरायो भन्ने देशहरु कुन कुन हुन र ती कसरी खरायो भए ?
निर्मल: अब हामी त्यो खरायोलाइ भेट्न एक हुनु पर्छ । हामी त्यो एकतालाई अघि बढाउछौ । हामीलाई तपाइहरुले साथ दिनु पर्छ । त्यो खरायो एक दिन गलेर सुत्नेछ र हामी त्यस्लाई भेट्ने छौ । खरायो देशहरु कुन कुन हुन भने अमेरिका, जापान, बेलायत आदि । यी देशहरु किन खरायो भए भने यिनीहरु अहिले विकासको गतिमा कुदेर बाजी खम्बामा पुग्नै आटेका छन् । यदि त्यो कछुवाले हार खाएर नआएको भए खरायोले जित्ने थियो । तर कछुवाले हार खाएन । हामी पनि कछुवा हौ । एक दिन ती अघि बढेका देशलाई भेट्न सकिन्छ । सो सबै काम एक दुइ जनाको प्रयासले हुन सक्तैन । तपाइ हामी सबैको एकता चाहिन्छ । धेरै काम गर्नु पर्ने भएकाले खर्च पनि चाहिन्छ । हामीले त्यसका लागि पनि तपाइहरुको आश गरेका छौं । (मण्डल बा उठ्छन् ।)
मण्डल: साले चोर जस्ता । नेता भइ टोपलेर जनतालाई पैसा माग्न लाज लाग्दैन? सिधालाइ सताएर पैसा खाने मेलो मात्र हो यो । (ढुंगा बर्सन्छन् । मञ्चमा बसेका हरु टबलमुनी लुक्छन् । ढुंगा कम भएपछि उठेर)
निर्मल: माफ गर्नुहोस । यो हाम्रो गल्ति भयो । (फेरी ढुंगा बर्सन्छन् । मञ्चमा बसेकाहरु भाग्छन् । केहीबेर पछि शान्त भए पछि आएर) यस्तै मतिले गर्दा हामीमा एकता हुन नसकेको हो । अरुको कुरा पनि त सुन्नु पर्यो नि । (फेरी मण्डल बा उठ्छन् ।)
मण्डल: नेता बन्न खोज्नेहरु सिधालाइ सताएर पैसा खाने बानीले नै हाम्रो एकता नभएको हो । (सबै कराउछन् ।)
सबै: हामीलाई एकता चाहिदैन !!!

Leave a Reply