म विरक्त भएँ

मैले सोचेको थिए
अब आउने हरेक विहानहरुले
मुस्कान र शान्तिको झण्डा फराउने छन
तर ती सबै मेरा विचारहरु
संसारभरी छरीइ भताभुङ्ग भएर आए
लोकका मानिसहरु लोभले छाए

मैले सोचेको थिए
अब आउने हरेक साँझहरुले
आउने रातलाई सुवास र
सुव्यवस्थाको रुपमा सझाउने छन
संसारमा शन्ति ल्याउनेछन
तर ती सबै मेरा भावनालाई
चकनाचुर भइ पीठो भएको देख्न पाएँ

मैले सोचेको थिए
अब आउने प्रत्येक दिनहरुमा
संसारले नयाँ रंग फेर्नेछ
संसारमा मुस्कानको लाली चड्ने छ
मेरो देश पनि एउटा शन्तिको देश बन्ने छ
तर ती सबै
मेरा कल्पना र सोचाई मात्र भए

मैले सोचेको थिए
अब आउने हरेक रानहरुले
ओठमा मेस्कान बोकेर
संसारमा पाईला टेक्ने छन
तर बिहान, साँझ दिन र रातहरु
त्यसै बितेर गए
त्यसले गर्दा यस संसारदेखि
म विरक्त भएँ

कक्षा ५, अगस्ट १७, १९९५

Leave a Reply