भुटानी युवालाई सन्देश

हे भुटानी युवाहरु हो, तिमीहरु आज किन सुतिरहेछौ?
अत्याचारमा परेको मातृभुमिलाई उतार्न अघि बढ, तिम्रो आशा र सपना पूरा गर

तिमीलाई आमाले आशिर्वाद दिनेछिन, ‘तिमी ठूलो वीर पुरुष हुनु’
आमाले तिम्रो सपना पूरा गरिदिने छिन, भविष्यमा तिमी महान पुरुष बन्ने छौ

आमा अहिले कति रोइरहेछिन, दु:खका जालमा फसेर
सैतानको अत्याचार फसेर, आँसु खसाली रोइरहेछिन्

तर ए भुटानी युवा हो, किन तिमी कान ठाडा पार्दैनौ?
धिक्कार छ तिम्रो जन्म, धिक्कार छ तिमीलाई हे भुटानी युवा

यदि तिमी वीर हौ भने, किन तिमी निधाइ रहेछौ
तिमीले आमालाई खुशी परेनौ भने, तिमीलाई आमाले थुक्ने छिन्

समय गयो हे भुटानी युवा, आमा सधै रोइरहेछिन्
आत्याचारमा फस्न नदेउ आमालाई, हे भुटानी युवा अघि बड

आमाले तिमीलाई सम्झीरहेछिन्, तिमी किन उनलाई संझदैनौ?
आमाबाट पाएको आशीर्वादलाई, किन तिमी सम्हाल्दैनौ?

सौतेनी आमाको काखमा बसेर, किन तिमी समय फाल्दैछौ?
हे भुटानी युवा अघि बड, आमालाई अत्यचारबाट उतार
अगष्ट १८, १९९५, शुक्रबार, कक्षा ५)

Leave a Reply