सुन्दै विरह लाग्छ
Posted On August 27, 1995
हिजो सम्म म आमाको काखमा थिए
किन आज म भौतारिएर हिडे?
ए भुटानमा बस्ने सज्जन वर्ग हो
ए विश्वका आधुनिक जनता हो
तिमीहरुलाई अघोर पाप लागोस
शरणर्थीको पीर सबै भागोस
सौतेनी आमाको काखमा बस्दा
आमाको जस्तो माया र ममता त छैन
तर किन हो भुटानी जनता हो
सौतेनी आमाको काखमा बसेर
मोज र मजामा भुली रहेछौ?
किन तिमीहरुले आमालाई विर्सेउ?
हेर आमाको गति कस्तो भइरहेछ
तर सम्झना छैन आमाको
मातृभूमीलाई कहिल्यै शान्ति आएन
शरणर्थीलाई कहिल्यै शान्ति आएन
कस्ता अभागी भुटानी जनता
कस्ती अभागिनी हाम्री आमा
हे विश्वका सारा राष्ट्र हो
किन तिमीहरुको कान ठाडा छैनन
सौतेनी आमाको काखमा बसेर
शरणार्थी कति रोइरहेछण
शोसकको अत्याचार सहन नसकी
भुटानी आमा कति रोइरहेछिन
हे विश्वका सारा राष्ट्र हो
धिक्कार छ तिमीहरुलाई
अर्काको छोराछोरीलाई भुलाई राख्यौ
यसै गरेर अरु शरणार्थीलाई दु:ख दियौ
तर भुटानीलाई यसो गर्यौा भने
तिमीलाइ आमाले थुक्ने छिन
विश्वमा हिजो कति वीरहरु जन्मे
संसारलाई कति सहारा दिएर गए
तर आज भुटानको अत्याचारमा
किन वीरहरु निस्केनन?
हे सम्पूर्णकी आमा पृथ्वी माता
यो भुटानको अत्याचारको विरुद्ध लड्न
किन तिमीले वीरहरु पठाइनौं?
भुटानी जनताको के दोस थयो?
भुटानी जनताले के पाप गरे
हे आमा जनतालाई क्षमा देउ
भुटानीलाइ अत्याचारबाट उतार्न
वीरहरु पठाइदेउ
हे मेरी मातृभूमी
तिमी अब नरोउ
धर्ती माताले वीरहरु पठाइदिनेछिन
तिमीले यो दु:खमा बस्नु पर्दैन
तिमी यो अत्याचारबाट टाढा रहने छ्यौ
तिमीले शन्तिको सास फेर्ने छ्यौ
यस अत्याचारीलाई वीरहरुले घोक्र्याउनेछन
तिम्रा शान्तिका दिनहरु आउँदैछन
हे भुटानी जनता हो
शोक र सुर्ता छाडीदेऊ
धर्तीले पठाएका वीरहरु आउँदैछन
हामीले यो अत्याचार सहनु पर्दैन
हामीले अर्काको ऋण खानु पर्दैन
हामीले अर्काको अधीनमा बस्नु पर्दैन
हाम्रै पीता-पुर्खादेखी बसी आएको देशमा
हाम्रै खुन र पसिना गएको
त्यो हाम्रो मातृभुमीमा बस्ने छौ
आफ्नै हातको उन्नति खाने छौं
सधै शान्तिको श्वास फेर्ने छौं ।
२७ अगस्ट १९९५ (कक्षा ५)