एउटा गोरेटो

हाम्रो एउटै मात्र गोरेटो छ
जुनबाट हामी उज्यालोमा पुग्न सक्छौं
कसरी हामी त्यहा पुग्ने
हामी त्यो बाटोलाई सकरी देख्ने
मानिसले आजसम्म पनि
चिन्न सकेको छैन, अनि
त्यो बाटो आज झार र जंगलले
पुरिएर जान लागि सकेको छ
जसले त्यो बाटोलाइ भेट्न सक्छ
त्यो मानिस सधै खुशीमा लट्पटिने छ
जीवनमा केही अप्ठ्याराहरु आइपरे
त्यही बाटोमा छल्लिने छ
त्यो बाटोमा सधै रत्ना मात्र हुन्छ
नाना प्रकारको फूलले सजाएको हुन्छ
धुपको धुवा सधै आइरहन्छ त्यहा
सुगन्धले भरिएको गोरेटो हो त्यो
यो बाटोलाई ढलफाँड गर्न
किन मानिस अघि सर्दैनन
यसलाई हेला गर्नाले आज
मानिसहरु आपदमा पर्दैछन
हे प्रिय नेपाली जमात
अब हामी अघि बढौं
यस बाटोलाई सफा तुल्याई
हाम्रो बाटो उज्ज्वल पारौं ।
६ सेप्टेम्बर १९९५, बधबार (कक्षा ५)

Leave a Reply