प्रतिज्ञा
पात्रहरु:
राम: मूल पात्र
कृष्ण: सह मूल पात्र
श्याम, भीष्म, युवराज, श्यामकर्ण, अनिल: बदमास केटाहरु
कञ्चन: एक समाज सेवी
पुलिस:——
पूजा: मूल पात्र
माया: सह मूल पात्र
मिलन: राम र कृष्णको साथी
सबिना: मायाकी साथी
……………………………………………
दृश्य १
(कृष्ण आफ्नो रुममा बसिरहेको थियो । राम आइपुग्यो ।)
राम: कृष्ण ! अनि रोममा नजाने?
कृष्ण: कता जानु?
राम: अब हिडे पछि जहा पुगिन्छ त्यहि जानु न
कृष्ण: घुमेर के पाउने? म त सम्झन्छु कि घरमै बसेर विभिन्न प्रकारका ज्ञान-विज्ञानका पुस्तक पढेर ज्ञान लिनु ठीक ।
राम: हेर कृष्ण, के पुस्तक मात्र पढेर ज्ञान पाइन्छ? घुम्न जाँदा कहाँ के छ भनेर थाहा पाउन सक्छौ । त्यति मात्र हैन, त्यस ठाउँको वर्णन गरेर पत्रिकामा छपाउन पनि सकिन्छ ।
कृष्ण: अं— भैगो—— त्यो पनि ठीकै हो । अ अर्को कुरा, श्यामसंगको झगडा के भयो?
राम: त्यस श्यामले मलाइ गोद्न भनेर ग्याङ फम गरेको छ भन्ने सुन्छु तर हेर्दै जौ।
कृष्ण: ठीक छ राम । टिट फर ट्याट भनेको यही हो । हामी पनि यसलाइ छाड्नु हुदैन । (यतिकैमा श्याम आइपुग्छ )
श्याम: के हो खास खास खुस खुस? के एक कुनामा बसेर मलाई मार्ने प्लान बनाको? तर हेर रामे! अबको एक महिनामा तेरो खुन चुस्ने छु यसरी —(टेवलमा राखेको ग्लासको पानि पिउछ ।)
राम: (खुकुरी देखाउँदै) यहाँ हेर ! तैले आज सम्म यो रामेलाई चिनेको थिइनस । आज म रामेको परिचय दिन्छु ।
श्याम: यही हो रामे—- (भन्दै एक फायर गोली चलाउँछ। राम भुइमा लड्छ । श्यामका अरु साथीहरु पनि भित्र पस्छन् ।)
कृष्ण: (रामलाई उठाउँदै) उठ राम! यसलाई नेपालीको वीरत्व देखाइदे । यो समयमा पनि नदेखाए कहिले देखाउने? (राम उठ्छ । )
राम: टिट फर ट्याट ! (भन्दै श्याको हुद्दामा झम्टिन्छ । कुटमारमा श्याममात्र बाँच्न सफल हुन्छ । हेर्ने मानिसको घुइँचो लागेको हुन्छ । श्याम त्यही पुग्छ पल्टिदै ।)
श्याम: (रुन्चे स्वरमा) कञ्चन दाज्यू मलाई बचाइदिनुहोस ना!
कञ्चन: ए राम यसलाई मार्दे । (रामले श्यामलाई बेस्सरी डोरीले बाँधेर पल्टाइ दिन्छ । त्यस पछि राम र श्याम रोमतिर लाग्छन । )
पर्दा खस्छ ।
—————————————–
दृश्य २
(पूजा दुध बोकेर उसकी आण्टीको घर जादै थिइ, बाटोमा रामसंग भेट भयो ।)
राम: पूजा, दुध बोकेर कता जान लेगेकी?
पूजा: आण्टीकोमा लगको ।
राम: आण्टी ठीकामा लानुहुन्छ?
पूजा: यस । (दुध छछल्किएर पोखिन्छ ।) दाइ, अलि हतार छ, जानु पर्यो ।
राम: पूजा बहिनि, बेला बखतमा यसो गफ गर्न आउनु नि!
पूजा: त्यो त भइहाल्छ नि । (पूजा बाटो लाग्छे । अलि पर पुगे पछि –)
राम: बहिनि, एक छिन पख त!
पूजा: किन?
राम: त्यसै । एउटा काम छ ।
पूजा: माफ गर्नोस । मलाई हतार छ । बरु म दुध पर्याएर आउँछु, अनि कुरा गरौला ।
राम: पूजा— (पूजा अदृश्य हुन्छे । मीठो धुन बज्छ ।)
पर्दा खस्छ ।
—————————————————————–
दृश्य ३
(कृष्ण बजार गएको छ । केहि सामान घर लानु थियो । उसका केही साथीहरु पनि त्यहाँ थिए । )
कृष्ण: ए मिलन ! यहाँ आओ । (सबै आउँछन ।) यो सामान मेरो घरमा पर्याउनु ।
मिलन: कृष्ण दाज्यू ! यो अर्काको दोकानबाट नलानु होला । यो सामान लिएर जान मलाई डर लाग्छ । श्यामहरु बाटो ढुक्न बसेका छन भन्ने शंका लागिरा’छ ।
कृष्ण: छोरा मान्छेको वचन यस्तै हो? केहि हुदैन, चुप लागेर सामान लिएर जाओ । (मिलनहरु सामान लिएर जान्छन । बाटोमा श्याम र अरुहरुसंग भेट हुन्छ ।)
श्याम: (गोद्दै) यो सामान कहाँ बाट ल्याइस, खुरुक्क त्यहि पर्या ।
मिलन: हामीलाई कृष्णले उसको घरमा पुर्याउनु भनेर देको ।
श्याम: म कृष्ण, सृष्ण केहि जान्दिन । यो सामान झट्ट भइमा राख । ए युवराज ! यो केटाहरुलाई बाँधेर साफ पिटदे । (युवराजले सबैलाई रुखमा बाँध्छ र पिट्न थाल्छ । श्याम जान्छ ।)
युवराज: तैले रामको भनाईमा लाग्नाले आज सपना देखिस । ——
(यत्तिकैमा कृष्ण आइपुग्छ ।)
कृष्ण: तैले पनि श्यामको भनाइमा लाग्नले आज दु:ख पाउने भइस । (केहिबेर को फाइट पछि कृष्णले सबै बदमास केटाहरुलाई त्यही रुखमा बाँध्छ र साथीहरु सहित आफ्नो सामान लिएर जान्छ । अर्को बदमास भीष्म आइपुग्छ र सबैलाई खोल्छ । श्याम पनि आईपुग्छ ।)
भीष्म: हेर केटा हो ! यसको बदला हामीले नलिइ छाड्नु हुन्न । यो बाटो पूजा आउँछे, हामी बाटो ढुकेर बस्नु पर्छ । (आण्टिको मा दुध पर्याउन हिडेकी पूजाको प्रवेश हुन्छ ।)
युवराज: हा हा हा । हामीलाई दिएको दण्डको पालो फेर्ने मौका । हा हा हा ।
श्याम: यसको आखामा पट्टी बाधीदे । (दुईवटाले समात्छन, एउटाले पट्टी बाँध्छ ।)
भीष्म: तेरो रामले हामीलाई यसै गरेको थियो । हात पनि पछाडि बाधिदे । (एउटाले हात पछाडि लगेर बाँधिदिन्छ ।) ल छाड्दे, कहाँ भाग्ने । यसको ताकत हेरौं । (पूजा लर्बरिन थाल्छे ।)
श्याम: ल केटा हो, लाइदे एउटा डान्स । यो नाचेको हेरऔ । (केटाहरु गीत गाउँन थाल्छन ।)
श्यामकर्ण: तेरो रामले गरको अत्याचारको फल यही हो । अब त यतिकै बस । (सबै जान्छन । एउटा फुच्चे आएर पट्टी र हात खोलिदिन्छ । अलि पर बाट यो दृश्य देखेका बदमास केटाहरु आउँछन र फुच्चेलाई पिट्न खोज्छन । तर कृष्ण आईपुग्छ ।)
पूजा: यहाँ हेर, राम नआए पनि उसको साथी कृष्ण आइपुग्यो ।
कृष्ण: मानिसको जीवनमा परुषको जन्म लिएर एउटी अबला नारीमाथी हात लाउने? संसारमा आफ्नो कृति छाडेर जानु पर्ने, तर खोइ?—- (कृष्ण श्याममाथि जाइलागको थियो तर अर्को कुनैले हिर्काउँछ । कृष्णको टाउको पूजाको खुट्टमा आइपुग्छ ।) जे होस, भाउज्यू र आमामा समानता छ ।
(कृष्ण र बदमासहरुको झगडा पर्न थालेपछि फुच्चे पुलिस लिन जान्छ । कृष्णले गोदेर लकतरान पारेपछि फुच्चे र पुलिसको प्रवेश हुन्छ ।)
पुलिस: ठीक पार्नु भो, कृष्ण भाई । Thank you. (सबै बदमासहरुलाई लिएर पुलिस जान्छ । कृष्ण, पूजा र फुच्चे पनि बाटो लाग्छन् ।)
पर्दा खस्छ ।
——————————————
दृश्य ४
(आज सबै बदमासहरु पूजाकोमा माफ माग्न आएका छन् । राम, कृष्ण र पूजाका अरु साथीहरु पनि त्यहाँ उपस्थित छन् ।)
भीष्म: (पूजासंग) यहाँभन्दा अगाडि जे-जस्तो कुव्यावहार गर्यौं, तिमिले त्यसलाई क्षमा गर्नु पर्छ । अब उप्रान्त हामी यसो गर्ने छैन ।
सबै बदमासहरु: (एकै स्वरमा) हो, तिमिले हामी सबैलाई क्षमा दिनु पर्छ ।
राम: तिमिहरुले आजसम्म जुन व्यावहार गरिरहेका थियौ, त्यसलाई त्यागेर माफ माग्न आएका छौ । यसका लागि तिमिहरुलाइ लाखलाख धन्यवाद ।
माया: यस्तो कुव्यावहारलाई त्यागेर सुव्यावहारमा आएकोमा तपाईहरुलाइ धन्यवाद । तर समय ढीलो भयो । तपाईहरुले चाडै गर्नु पर्थ्यो । जे होस। हामी यसमा राजी छौं ।
पूजा: हाम्रा नेपाली दाज्यूभाईहरुको पहिले होस आउँदैन । समय वितेपछि मात्र । लगनपछिको पोते के काम । अगाडि नै यसरी होस आएको भए आज हाम्रो समाज कस्तो भैसक्थ्यो होला । जे होस, तपाईहरु क्षमा माग्न आएकोमा म त्यसका लागि तयार छु । अब देखि हाम्रो समाज यस्तो हुदैन भन्ने पूर्ण विश्वास छ ।
श्याम: मानिसले जब जन्म लिएर आउँछ, उसले पहिले भोगेर मात्र थाहा पाउँछ । आकासको राहु, पातालकप केतु, एक पटक नपरी कसरी चेतु? हामीले धेरै गल्ति गर्यौं । अब उप्रान्त यसतो हुने छैन ।
सविना: मानिसको जीवनमा एउटा न एउटा भूल हुन्छ नै हुन्छ । त्यसलाई हामीले सुधार्ने काम गर्नु पर्छ । तपाईहरुले त्यसो गरेकोमा धन्यवाद ।
युवराज: पूजा ! तिमले हामीलाई क्षमा दिएकोमा (एउटा पोको उठाउँदै) यो उपहार दिन चाहान्छौं ।
भीष्म: हेर्नुहोस ! राम, कृष्ण र पूजा । आजदेखि हामी यसतो काम गर्ने छैनौ । हामी यो व्यावहारलाई छाडेर समाजसेवामा लाग्ने छौं । यो हाम्रो प्रतिज्ञा हो । (सबै हात जुझाउँछन ।)
श्याम: यो हाम्रो प्रतिज्ञा सधै सफल होस ।
पर्दा खस्छ ।
समाप्त ।
कक्षा ५, अक्टोबर २, १९९५