चन्द्रमा

जब शुक्ल पक्ष लाग्छ
ती चन्द्रमा मुस्कुराउछिन्
सधै तिनको हसिलो अनुहारमा
चुल्बुले रहरहरु उम्लि रहन्छन्

ठिक्क बैंश आएकी युवती झै
अनुहार देख्छु तिनको म
सबैलाई आनन्द दिने तिनको
हसिलो अनुसार देख्छु म

तिमीलाई कहिले सार्कीले खान्छ
पृथ्वीमा मानिस कराउछन्
इश्वर प्रतिको नाम भजनले
तिमीलाई मुक्त गराउछन्

सधै प्रकास मात्र दिने तिनको
चहरा सधै झरिलो हुन्छ
तिनको भोगोलिक बनावट हेर्दा
हर्षले मानिसको हृदय छुन्छ

हे चन्द्रमा…….
भानुसंग सापटी लिएर
पृथ्वीलाई तिमी प्रकास दिन्छौ
यस्ता शक्तिशाली तिमी पनि
किन आजसम्म चुप छौ?

रात्रिमहा उज्ज्वल गराउछौ
तिम्रो कान्ति हामीलाई दिन्छौ
सबैका तिमी उपकारी भारी
ठूलो भकारी किरणको राख्छौ

तिम्रो यो साहस जसले
मेरो मनलाई बौलाहा बनायो
भुत प्रेत डंकिनी संकिनी
हटाएर यसले उत्प्रेरित गरायो

नाक मुख कान र आँखा
पूर्ण देखिन्छ तिम्रो अनुहारमा
बुढेसकालमा पनि यस्तो छौ भने
कस्ता थियौ तिमी यौवन पनमा

Leave a Reply