नेपाली वीरलाई (गीत)

यदी तिमी वीर हौ भने पुर्खाको रगत पचाइदेउ
अत्याचारमा फसेको देशलाई त्यहाबाट उतरीदेउ

कुना काप्चाका ती पीडितलाई सुख शान्ति मिलाइदेउ
अत्याचार र अन्याय हटाइ देशमा शान्ति छरीदेउ

खोला झै बग्ने पुख्यौली रगत तिमीलाई पच्तैन
कचल्टो रहेको अतितको व्यथा पवन झै भाग्दैन

विश्वमा चेतना फैलाउने यही हाम्रा वीर पुर्खा
आधुनिक संसारको जग बसाल्ने त्यही हाम्रा पुर्खा
तर आज किन नेपालीलाई शरण छैन
यिनै शब्दाको उन्नती उठाउनु तिमी

अघी त्यति उम्लिएर किन आज सेलायौ
अघि त्यरि वीरत्व देखाएर आज किन विलायौ
पुर्खाको अमृत वचन कहिले पूरा गर्छौ तिमी
रगतमा डुबेका पुर्खाहरुलाई कहिले होस दिन्छौ तिमी

जनवरी, १९९६ (कक्षा ६)

Leave a Reply