नेपली प्रति (गीत)
यो मेरो आशा अधुरो रह्यो म बोलौ कसरी
आफ्नै लागि काम गर्नाले कष्ट भो बेस्सरी
यस्तै मतिले गर्दा आज नेपालीको एक्ता छैन
लोभ र मोहमा फसिनाले विश्वमा नेपाली अघि छैन
सहारा दिने नेपाली जनता, अब उनको आशा छैन
भरोसा गर्थें नेपालीमाथि अब उनमा भरोसा छैन
कहाँ जौ म कसको सहारामा
के गरौं म कसको भरोसामा
सहारा छैन, किनारा छैन, मन थामौ कसरी
आफ्नै लागि काम गर्नाले कष्ट भो बेस्सरी
यो मेरो……….
हे मेरा प्यारा नेपाली जन्ता किन चै एक छैनौ?
जान्नेले दिएको अर्ति र बुद्धी किन चै लिदैनौ
समय गयो ए नेपाली हो कहिले एक हुने
ज्ञानी र विद्वान बनेर तिमी कहिले जुन छुने
आशा नै छैन भरोसा छैन काम गरौ कसरी
आफ्नै लागि काम गर्नाले कष्ट भो बेस्सरी
यो मेरो……….
कस्तो बुद्ध नेपालीको बुझाउनै नसकिने
कस्तो विवेक नेपालीको सम्झाउनै नसकिने
आशा भरोसा आजदेखि सबै मेरो हरयो
कसरी अब काम गरौं भनी मुटुले धड्कन बढायो
होस नै छैन बेहोसी भए के गरौं कसरी
आफ्नै लागि काम गर्नाले कष्ट भो बेस्सरी
यो मेरो आशा अधुरो रह्यो म बोलौ कसरी
आफ्नै लागि काम गर्नाले कष्ट भो बेस्सरी
यो मेरो…………
जनवरी, १९९६ (कक्षा ६)