सांस्कृतिक पोषाक
मेरो बुबा सधै दौरा सुरुवाल लाउनु हुन्छ । उनले त्यो कपडा पहिरदा मलाई अनौठो अनुभव हुन्छ । त्यो बेला म सधै नेपाली पुर्खा सम्झन्छु । मलाइ पनि दौरा सुरुवाल लाउन कति रहर लाग्दो हो । तर समयको परिस्थितिले दिएन । मैले दश वर्षसम्म त दौरा-सुरुवालले नै जीवन यापन गरे । तर त्यसपछि कहाँबाट अंग्रेजले लाउने सर्ट र पत्लुङ देखा परे । अभाग्यवा मेरो लोभी हृदय त्यतैतिर आकर्षित भयो ।
आफ्नो सांकृतिक पोषाक लाउन पनि आज नेपालीहरुले विर्सिसके । भोटेका बख्खु र कीरा, अंग्रेजका सर्ट र पत्लुङ अनि मुसलमानका धोतीले आह नेपाली समाजलाई कसरी भड्कायो । यो सम्झेर ल्याउदा मेरो मुटु नै पोलेर आउँछ । तर के गर्ने? मेरो एउटा भावनाले नहुदो रहेछ ।
ती फुस्रा ओठेहरुले जे सुकै भनुन म भने सांकृतिक पोषाकलाई आदर त गर्छु गर्छु र लाउछु पनि । पहिला म दौरा सुरुवाल लाएर हिड्दा कति सुसोभित देखिन्थे । तर आज त।रो अंग्रेजी सर्ट र पाइन्ट लाएर हिड्दा मेरो शरीरको शोभा छैन । मेरो बुबालाई सर्ट र पाइन्ट लाएको दिन सर भन्छन् तर दौरा सुरुवाल लाएको दिन बाबै । हरे कस्तो दिन आएछ ।
एक दिन, नेपाली सांस्कृतिक कार्यक्रम हेर्न बुबालाई निम्ता भएछ । म पनि संगै जाने भए । बुबाले दौरा सुरुवाल नै लाउनु भो । हामी चडेको बसमा धेरै मान्छे थिए । त्यस बसका कर्मचारीले पनि हामीलाई चिन्थे । पाइन्ट लाएर गएको दिन, सम्मानका साथ सिटमा बसाउथे । तर आज दौरा लाएको दिन, सबैका सामु मेरो बुबा नौलो मानिस हुन पुगे । म पछिल्लो छेउमा राखिएको आलुको बोरामा बसेर यो चर्तिकला हेरिरहेछु, हासी, हासी ।
आफ्नो सांकृतिक पोषाक दौरा सुरुवाल आज सबै नेपाली दाजु भाइले भुली सके । लाग्छ, अब पदको भन्दा लुगाको बढी महत्व हुन्छ । किन हो कुन्नि । तर मेरा नजरमा सर्ट पाइन्ट भन्दा दौरा सुरुवाल नै राम्रो छ । चोरेको भन्दा आफ्नै पोषाकले मलाई सुहाउछ ।
जनवरी २६, १९९६, शुक्रबार (कक्षा ६)