ऋतु विचार

एक पछि अर्को ऋतु बदलिंदै आउँछ
प्रकृतिले ऋतुपिच्छे नयाँ रंग फेर्छ
ऋतु जम्मा छ वटा छन् पालैपालो घुम्छन
अर्को वर्ष लागेपछि उनै ऋतु फिर्छन

वसन्त
वसन्त हो पहिलो ऋतु हरियाली ल्याउने
वगैंचामा रंगी चंगी फूल फक्री आउने
सिर्र सिर्र हावा चल्छ पात झुलाउँदै
कोइली गाउँछ मीठो गीत पुच्छर डोलाउँदै

झार पात वन जंगल सबै हरिया हुन्छन
गुनकेसरी गुलाब थुंगे बगैंचामा फूल्छन
जंगलविच कोइली डाँफे न्याउली चरी हाँस्छन
सिरिरिरि हावा चल्दा मानिस खुसी हुन्छन

हरियाली देख्दा खेरी वसन्तलाई मान्न
कोइली-न्याउली गीत गाउँछन एकलै बसी वनमा
अरु चरी रुखमा बसी तिनको गीत सुन्छन
गीत गाइसकेपछि अनि तिनले भन्छन:

ए दाइ तिम्रो गीत सुन्दा मनमा आनन्दले
बोलौं जस्तो लाग्यो मलाई छोयो वसन्तले
मानिसहरु रुखमा बसी हावा लिने गुर्छन
वसन्तलाई देख्दाखेरी आफै दंग पर्छन।

ग्रीष्म
ग्रीष्म घाम चर्की गर्मी हुन्छ ज्यादा
पसिनाले भिज्छ जिउ काम गर्नै बाधा
छाता प्यारो, पंखा प्यारो चिसो खोजी खोजी
छहारीमा बस्छौं हामी शीतल खोजी खोजी

गर्मी भा’को मौसमले पानी सबै सुक्छ
पानी खान नपाएर काकाकुल रुन्छ
आज गर्मी, भोली गर्मी सधैं गर्मी हुन्छ
मानिसलाई काम गर्न यसले बाधा दिन्छ

छाता, घुम, प्लास्टिक र रेनकोट पनि
पंखा प्यारो छहारीमा अनि चिसो पानी
कसैलाई नदिकन सबै आफ्नै भन्छौ
चिसो पानी पिउनाले अनि मूर्छा पर्छौं

वसन्तका मुनाहरु सबै छिप्पिएर
काकाकुल, डाँफे, ढुकुर रुखमा बसेर
केही खान नपाएर सबै बसी रुन्छन
वर्षा ऋतु लागेपछि इच्छा पूरा गर्छन

(‘वर्षा ऋतु’ लेखिएको पाना च्यातिएर गएका कारण यहाँ प्रस्तुत गर्न सकिन)

शरद
वर्षा भरको हिलो मैलो पखालेर आउने
दिन भरको घाम जति बगैचामा छाउने
संसारभरको बाटिकाले मने रमाइलो
यस ऋतुमा पृथ्वी हुन्छ अति घमाइलो ।

गुनकेशरी गुलाब थुंगे बगैंचामा फुल्छन
नेपालीका ठूला पर्व यस ऋतुमा आउँछन्
ती पर्व हुन दशै-तिहार पालो गरि आउँछन
हेमन्तको पालो आए सबै पर्व जान्छन ।

दशै तिहार आएपछि सबै रमाउँछन
वर्षभरको सबै इच्छा यसदिन पखाउँछन
कीरा देखि मान्छेसम्म खुसी यस ऋतुमा
यसतो ऋतु फेरी आउँछ पछि एक वर्षमा ।

हेमान्त
ऋतु हेमन्तमा चिसो शित सलबलाउँछ
हिउँ पर्छ कुइरो लाग्छ जाडो पनि आउँछ
धान काट्ने दांई गर्ने रमाइलो बेला
घमाइलो पहार ताप्ने हेमन्तको मेला ।

यस ऋतुमा हिमालतिर हिउँ पर्न थाल्छ
मंसीर पुष हेमन्तले अन्न थन्क्याउँछ
नेपालीका ठूला पर्व सबै अब गएछन
सबै पर्व गए पनि ती उराठ भएनन ।

हेमन्तको अन्तिममा आउँछ एउटा पर्व
त्यो पर्व हो पहिलो माघ खुशी हुन्छन सर्ब
भानुजीको मधुर ज्योति पृथ्व तलमा छाउने
हेमन्तको पालो सक्ये शिशिर ऋतु आउने ।

भानुजीको मधूर ज्योति ताप्न क्या मज्जा छ
भन साथी यो झै मज्जा कुन चाहिँ ऋतु छ
गरिब पनि हुन्छन सबै अमिर समान
कहा छैन यस्तो भा’को लौ तिमी भनन ।

शिशिर
शिशिर ऋतु लागे पछि तुषाराले ढाक्छ
सिरेटोले सेकी राख्छ पानी पनि जम्छ
बादलले घेरी राख्दा मनै फंग उड्छ
संसारले शिशिरमा अर्कै रंग फेर्छ ।

बिहानभरी शिशिरमा ताषाराले ढाक्छ
दिवस भए सूर्य किरण पृथ्वीवीच झर्छ
शिशिरको पहिलो दिन माघे संक्रान्तिले
खुशी भइ मनाउँन सबै नेपालीले ।
हिमालको केही ठाउँमा तुषाराले गर्दा
पहाडदेखि मैदानसम्म झर्नाहरु झर्दा
बग्न नपाइ त्यही ठाउँमा पानी सबै जम्छ
यसले गर्दा हिमालमा हिउँ पर्ने गर्छ ।

जाडो हुँदा मानिस सबै अगेनोमा हुन्छन
लुगाहरु कत्ले पारी तीन महिनामा धुन्छन
सुर्य किरण देख्नु छैन बदलले छोप्छ
विदा हुदा शिशिरले वसन्तलाइ डाक्छ ।

कक्षा ५, जुन ८-१०, १९९५

3 Comments

Leave a Reply