मैले बुझनै सकिन
Posted On April 7, 1998
डिल्लीराम शर्मा आचार्य
एउटा यस्तो कविता आयो
जुन कविता मैले बुझ्नै सकिन
सागर भन्दामाथि,
अनि बादल भन्दा तल
बाक्लो कुहिरो फटाउन
हावा मडारिए झैं
चट्टान फुटेर
ढुंगो बजारिए झैं
छहराको पानी
ढुंगामा पछारिए झैं
एउटा यस्तो कविता आयो
जुन कविता मैले बुझ्नै सकिन।
काटेको बोको बटारिए झैं
धनूबात बाण झटारिए झैं
आजकलका युवती लठारिए झैं
माखे सांलो गठारिए झैं
एउटा यस्तो कविता आयो
जुन कविता मैले बुझ्नै सकिन।
म बादल भित्र हराए!
निरब वनमा एकलै कराए
शुन्यतामा आफैलाई हराए
कल्पनाको सागर भित्र डुबी
पागल झैं एकलै बर्बराए
तर―………
एउटा यस्तो कविता आयो
जुन कविता मैले बुझ्नै सकिन .