कस्ता छन् कविताहरु?
डिल्लीराम शर्मा आचार्य
यी कलिला कविताहरु
अब तिमी चश्मा लगाएर हेर
यी भित्र फूल फुलेका छैनन्
प्रकृतिरानी यो कलिलो बगैचा भित्र
सुगन्धी फूल कति खोज्दिहुन्?
जुन वसन्तमा फुलिरहेका हुन्छन्
जहाँ कवि कविता बनाउँछन्
जहाँ चरा चुरुङ्गी अत्यान्तै रमाउँछन्
भ्रमरा भुन्भुनाउछन्, फूल फुलेर मग्मगाउँछन्
अग्ला अग्ला हिमाल जग्मगाउँछन्
हरियाली वन, जंगल फर्फराउँछन्
खोला, नाला सग्बगाउँछन्
र, मानव हृदय अत्यान्त रमाउँछन्।
यी कलिला कविताहरु?
न त खुलेर फुल्न नै सकेछन्
यी त–
बाटो हिड्ने बटुवा भ्रमले बर्बराए झैं
बाटो हराए झ्रैं, एकलै खोलामा कराए झ्रैं
निरब वनमा गीत गाए झ्रैं
आफू भित्र आफै हराए झैं,
बूढा गोडा लर्खराए झैं
कतै शिशिर आँकुराए झैं
कतै हेमन्त मुस्कुराए झैं
शरद र वसन्तको गन्ध छैन यहाँ
गृष्म र बर्षाले रुखो गीत गाए झैं
अध्यारोमा तर्छाए झैं
मात्र छन् ती कलिला कविताहरु।