विवाह

साझ पर्न लागेको समय । सूर्यले पश्चिम पहाडमा विस्तारै आराम लिन लागेको थियो । पूर्वबाट सन्ध्याकालिन अध्यारोले पृथ्वीलाई विस्तारै छोप्दै थियो । चराहरु आ-आफ्नो वासस्थान फर्कने क्रमामा थिए । किर्तिपुर, चम्पादेवीको काखमा रहेको यो गाउँ संध्यालाई अंगाल्ने समयमा सुनौलो र चहकिलो देखिएको थियो । थोरै मात्र क्षेत्रमा फैलिएको खेतमा गहुबाली फुल्न लागेको छ । शीतल हावा सुस्तरी बहेको छ । यसले गोधुलीलाई अरु रौनकता थप्ने काम गरेको छ ।

म घरको माथिल्लो तलामा उभिएर बाहिरतिरको दृश्य हेरेर रमाइरहेको छु । साझ पर्ने समय म धेरै जसो कापी कलम छाडेर यसरी ने विताउछु । चैते दशै र भर्खरै नया वर्ष सुरु भएको कारण मानिसको चहल पहल निकै थियो । पर बजारमा गाडीको आवाज र मानिसको हल्ला स्पष्ट सुनिन्छ । मेरो आखालाइ नजिकैको एउटा दृश्यले खिच्यो ।

म बसे भन्दा त्यस्तै सय मिटर पर । बालबालिकाको निकै ठूलो हुल छ । मैले धेरैलाई त्यसअघि नै देखेको हो तर अहिले खुट्याउन गार्हो् भैरा’छ । यिनीहरु त्यस्तै ८-१० वर्षका हुदा हुन् । दर्जनको संख्यामा छन् । वयस्कहरुको उपस्थिति छैन । कुने खेल जस्तो पनि छैन । केटाकेटीको हुल बढ्दै गएपछि त्यहा के भएछ भनेर जान्ने इच्छा जाग्यो ममा ।
+    +    +    +    +    +    +    +    +    +    +   +

विमला पीठो केलाउदैछे । अरुहरु कृष्ण र सोनाका वरिपरि उभिएका छन् । छेउमा पानीका बोतल, नाङलो, थाल र कचौराहरु छन् । भाडा-कराइ हुनु थ्यो भने त्यसलाई पक्का म पिकनिक ठान्थे तर भाडा-कराइ छैन ।

श्याम विशेष भेषमा सजिएको छ । उसलाई लाउन केवल कछाड र सेन्डो मात्र छ । उ बाहुन बनेको छ, अनि कृष्ण र सोना त्यस समयका लागि दुलाहा दुलही । ब्राम्हणको भुमिका निभाउन श्यामलाइ निकै धौ धौ परे पनि उ मुसुमुसु हासिरहेको देखिन्छ । लाग्छ उ यस भुमिकामा त्यति सिरियस छैन । सोनालाई आमाको साडीले निकै सुहाएको जस्तो देखिएको छ । उसको अनुहार प्रष्ट देखिएको छैन । कुनै सेतो धर्के कपडाले त्यो छेलिएको छ ।

ब्रम्हाण केही हतारमा छन् । बिमला पीठको नाङ्लो एकातिर राखेर हतार हतार ब्राम्हणको नजिक आइ र कानमा केही खुसुक्क भनी ।

कृतिका पनि छेवैमा ऊभिएकि थिइ । तर उ यस समारोहकि दर्शक मात्र । उसको उमेर यस्तो खेल खेल्न सुहाउने छैन । १५ लाग्न आटेकि कृतिका करिब दुइ हार पर बसेर यो खेलको मज्जा लिइरहेको छ । केही समय पहिले सम्म उसले पनि यस्ता धेरै खेला रमाइलो मानेर खेलेकि थिइ । उ आफै पनि केही पटक दुलही बनेकि थिइ । बच्चा उमेरमा विवाह जस्तो रमाइलो खेल अरु हुन सक्तैन, उसलाइ यसको ताजा अनुभव छ ।

कृतिका केही हुर्केकी छ, स्तनका भागहरु विस्तारै बढ्न थालेका छन् । उ सुकिला लुगा लगाउन थालेकि छ, अरुले गरेको नक्कल गर्न थालेकि छ । लिपस्टिक र गाजल अनुहारमा देखिन थालेको छ । सानो कालो टीकाले उसलाइ खुब सुहाएको छ । यी सबै उसको उदाउदो यौवनका लक्षणहरु हुन् । समय धेरै छैन अब उसले वयस्क हुने दिन । भन्छन १६औ वर्ष जीवनको चरमोत्कर्षको विन्दु हो । कुखुरे जोवन, यो उमेरमा नारीलाई विश्व सुन्दरी नै बन्न मन लाग्छ । राम्रो लाउने र खाने अनि नया-नया ठाउँ घुम्ने रहर यही विचमा आउछ ।

कृतिकाले अब विस्तारै सामाजिक परिपाटीमा घुलमिल हुनु पर्छ, घर व्यावहारमा हात हाल्नु पर्छ । यौन र यौवन मात्र हैन उसलाइ सामाजिक चालचलन र घर धन्धाले पनि वेर्न थालेको छ ।

तर यो पनि सत्य हो उसले वनावटी दुलही बनेको धेरै अघि हैन । उता बाबु-आमाले चाहे उसले साच्चैकि दुलही बन्ने दिन पनि त्यरि टाढा छैन । आज विवाह मण्डप भन्दा अलि पर बसेर उ वनावटी दुलही र आफुले साच्चै दुलहीको भुमिका निभाउनु पर्ने दिनको तुलना गर्दैछे । उसले यस्ता खेललाई चट्ट छोड्न पनि सकेकि छैन, मात लागेको छ । तर त्यहा खेल्ने दौतरी उसका उमेरका छैनन् । त्यसैले सामेल हुन पनि आट छैन ।

हिजो अस्तिका ती रमाइला दिन । त्यो उत्साह, त्यो मज्जा अब कहिल्यै आउदैनन । उसको भित्रि मन पोल्यो । उसलाई लाग्यो यसता खेल खेल्न पाए ती रमाइला दिन, त्यो आनन्द, त्यो रमझम फेरी पलाउने थियो । उसले यो बालखेल न छोड्न नै सकि न खेल्न नै । विवाह भन्दा उसलाई कता कति कुतकुती लाग्न थालेको छ । केही समय अघि मात्र दिदिले प्रेम विवाह गरेर गएको दृश्य उसका अगाडी छ । इलु-इलुका कहानी उसलाई थाहा हुन थालेको छ ।

उ आफू बसेको वरिपरि हेर्थी अनि फेरी विवाह मण्डप । हास उठ्यो, अर्को तर्फ फर्केर हासी । ठूलो आवाजमा हास्न पनि उसलाई मन लागेन । त्यो गिल्ला गरेको हुनेछ बालवालिकाहरुलाई । उ त्यसो गर्न रुचाउन्न । वस समारोहमा भाग लिन जाने हिच्किचाहटले उसले टाढैबाट त्यसको रमाइलो लिन चाहेकि छ ।

सिन्दुर हाल्ने समय उसको मन थामिएन । वेहिलिको शिरबाट सेतो कपडा अलि परसम्म टागिएको छ । यो कपडा समाउन उसलाई रहर लाग्यो । उठी, अघि गइ र समाइ । बेहुलाले सिन्दुर हालेको नाटक गर्योन । त्यो रातो हैन सेतो-खैरो देखियो । सायद त्यो बालुवा थियो । दुइ-तीन पटक बेहुलाको हात तलमाथि गरिरह्यो ।

म छेवैमा ऊभिएको थिए । कृतिकाले पुलुक्क मेरो अनुहारमा हेरी । लाजले उसको अनुहार रातो भयो । लाग्यो उसलाइ यो काम सुहाएन । उसले रुमाल त्यसै छाडी अनि अलि पर गएर अर्कैपट्टि फर्केर मुख छोपेर हास्ने थाली । उभिइला केटाकेटी त्यो देखेर हा-हा र हि-हि गरेर हासे अनि विवाह विचैमा छाडे । कराउन थाले ।

राखेका सामानमा कसैले लात्तले हाने, कसैले टिपेर फाले । दुलाहा-दुलही पनि खितितिति हास्दै दुइ दिशा दगुरे । विवाह सिद्धियो । विवाह उत्सव विचैमा भंग गरेकोमा मलाई पछुतो भयो, नरामइलो लाग्यो ।

कृतिका निकैबेर उभिइ रही । सबै केटाकेटी लाखापाखा लागे । एउटी बच्चीले म उभिएर उसलाइ हेरिरहेको सूचना दिएपछि कृतिका नफर्किनै दौडी । साझ झमक्क परेको थियो । म घर फर्के । कोठामा रेडियो बजिरहको थियो । रोडियोले विवाहको गाडी दुर्घटनामा परेर ४० जना मरेको खबर सुनायो ।

Leave a Reply