मेरो यहाँ कोही छैन त?

डिल्लीराम शर्मा आचार्य

चिम्ली लोचन विज्ञले तप गरून् प्रासाद ठूला चुनी
त्यस्कै वक्षसभित्र नेत्र दुइटा बल्छन् खुबै दन्दनी।
रुन्छन् आज भिखारिका सपुतती आवाज चर्को छ जो
मर्नेले पछि देख्छ माथि रसिलो स्वर्गीय आनन्द भो।।

नेपालीहरुको छ गौरव यहाँ हाँसेर बाँच्छन् कति
झाछर्न् आँसु यही शिला,जमिनमा के भो र यो उन्नति।
काव्यैको रसपान गर्दछु भनी माथी चडको थिए
ती नारी पनि तल्तिरै सुतिदिइन् एक्लो बलैले जिए ।।

आऊ बाहु समाइ तान मजले खैचीदिने को छ र ?
भन्दै ती अवला लता कुसुमका गुच्छा फुलेकातिर।
सर्थिन् थर्थर काप्दथिन् शशिमुखी एकान्त खोजीकन
नाश्यो आज विधानले बसगरी फोस्रो भयो जीवन।।

थोरैमात्र मलाइ ती प्रकृतिले सौगातको रूपमा
टक्य्राइन् तर झार्न ठाउँ रसिलो मिल्ला भनी धूपमा।
दौढे तैपनि खालिठाउँ छ कतै? झार्छु लगी देशमा
भन्दा ठाउँ मिलेन मातृ टुहुरो भै बाँच्छू प्रवाशमा।।

सम्झीदा पनि लाज लाग्छ मनमा प्राचीनका ती कथा
काव्यैभित्र म लुक्न सक्तछु बरू त्यस्मै बनाई चिता।
न्यायै संगत छैन भन्न सजिलो विद्वानले भन्दिऊन्
झुल्केका नभका नक्षत्रहरुमा दाजेर सन्तुष्ट हुन्।।

कालो छू अरु भिन्न हुन् स्वरुपका गोरा हँसीला हऊन्
भौतिक् सम्पति छैन रिक्तछ सबै लुट्यो सबै देशमा।
खाली हात छ रामराम जपदै बाँचीरहेछु यहाँ
मेरो राष्ट्र भए समान रुपले उड्थे म आकाशमा।।

सुन्नेको दुइ नेत्र बन्द छ यहाँ बोल्ने कहाँ देख्तछ?
भाग्यैको अब तार छिन्न छ कति? त्यस्को विधाता भए।
भन्द्यौ मित्र पवित्र त्यो हृदयले कल्याण होला बरु
त्यै मात्रै अब सुन्न बाकिछ फगत् अन्याय खप्तै मरूँ।।

Leave a Reply