देशै हराएपछि

नारी हृदय कसरी बुझ्न सक्छ? दिपकले त महनले जस्तो धोका दिंदैन होला?’ रमाले आफैलाई प्रश्न गरीगरी उत्तर खोजिरहेकी थिई।

ए! कति छिटो बाटो काटिएछ,कीरा,बख्खु लगाएका गाउ147लेहरू डोका,थुम्सेमा दाल,चामल, साग, छुर्पी बोकेर बजार भर्न जानेहरूको हुलहुल छुटिरहेको थियो। दुई तीनवटा घुम्ती पार गरेर रमा तिनै भरियाहरूसंग डम्फू बजारमा निस्किई। लामो झरीले गर्दा मानिसहरूको आवतजावत कम देखिन्थ्यो।

दुई तीन गल्छिडा पार गरेर रमा पसलमा पुगी। पसलमा ग्राहकहरूको निकै भिड लाग्नथालेको थियो। रमाले आमालाई केही बेरसम्म मालसामान बेचविखन गर्न सघाई। २ बजेको सरभाङ बस छुठ्न हरनले संकेत गरेपछि गेटपास बोकेर रमा बसस्टेन्डतिर लागी। सरकारले डुलफिरमा प्रतिवन्ध लगाउ147दै लगेको थियो। सरभाङ बजार भरेर रमा तीनदिनमा डम्फू आइपुगी। गाडीबााट उत्रिनासाथ सानीले दिपक पक्रापरेको कुरा रमालाईं सुनाई।

रमा छाँगाबाट खसी, बोली अवरुद्धभयो। हात गोडा लगलग काँपे। बसबाट ओर्लिने सबै यात्रीहरू आ–आफ्ना सरसमान बोकेर गन्तव्यस्थानतिर लम्किरहेका थिए। बेलुकाको चिसो सिरेँटोसँग मिसिएको तुवाँलेाले आँखा विझाइरहेको अनुभव भइरहन्थ्यो।

घामको ज्योति पँहेलो हुँदैगएर साँझले रातको संकेत दिइरहेको थियो। रमा एकोहोरो टोलाइरहेकी थिई।

रमा दिदी! किन सुर्ताउनु भएको? त्यो तपाइँको को पर्छ?’

‘रमा टोलाएको देखेर सानीले प्रश्न गरी। ‘त्यो कोही होइन, मेरो बालककालको साथी।’ रमाले पारि भित्तातिर हेर्दै छोटो उत्तर दिई।

‘त्यस्तो बदमास पनि साथी! मैले त सोचेकी पनि थिइन’ सानीले रमाका मुखतिर हेर्दै अझ झस्का हालिदिई।

‘हो सानी कहिले कही आफुले सोचेको भन्दा परिस्थितिले फरक बनाउन पनि सक्छ। त्यसैले त हामी परिस्थितिका दास भएर बाँच्नु पर्छ।’

‘त्यो हुनैसक्दैन, दिपक त्यस्तो छैन। उसले मलाई विश्वास दिलाएको छ। हैन परिस्थिति बदिलएको पनि हुन सक्छ। साच्चै म ऊबाट बलात्कृत मात्र भएकी हूँ त?” रमाले मनमनमा आफैलाई प्रश्न गरी। रमाका आँखा आँसुले भरिएका थिए। कुरा घुमाएर सानीले अगाडि थप्तै भनी ‘त्यस्ता–बलात्कारीलाई त सजाय दिनै पर्छ नि! पोहोर सालै पक्रा पर्ने थियो, जुठेकी छोरी रूपालाई समाउँदा सबै गाउँले मिलेर एक पल्टलाई माफ दिएका त हुन् । त्यस बज्यालाई । तर यो पाली त परिछाड्यो। पाप धुरिबाट कराउँछ’ भनेको यही त हो नि दिदी।

‘भो–भो जाउँ्क रात परिसकेछ……..’ भन्दै रमा भारी बोकेर सानीसँग बाटा लागी।

ढक्ढक् बाहिरबाट कसैले ढोका ढक्ढक्याएको आवाज सुनेर रमा ढोकातिर जाँदैथिई सिकुवाबाट रमेशले ‘ए रमा! रमा!’ भन्दै बोलायो।

“हजुर” भन्दै रमाले एकछिन स्वर चिन्ने कोसिस गरी अनि विस्तारै गएर ढोका खोली।

‘ए दिपक! भित्रै आउन।’ दिपकलाई देखेर एक्कासि रमा आत्तिदै भित्र बोलाई र भनी
‘म त पुलिस जस्तो लागेको थियो, आजकल दुःख दिन्छन् क्या।’

दिपक रमाका पछिपछि रमा सुत्ने कोठामा पुग्यो। रमा र दिपकबीच भर्खरैदेखि प्रेम सम्बन्ध आकुराउन थालेको थियो। सानैदेखि दिपक धेरै चक्चके स्वभावको ठिटो त्यही गाउँमा हुर्किदै आएको भएपनि रमाले उसलाई जीवन साथी नबनाए पनि प्रेम चाँहि आसध्यै गर्ने गर्थी। त्यसेको निहुबाट दिनेशले रमालाई त्याग्ने निर्णय लिएको थियो।

पूरै उपन्यास पढ्न यहाँ क्लिक गर्नुस । फन्ट : प्रिती

Leave a Reply