प्रेम

जेष्ठ महिना । प्रचण्ड गर्मी । काठमाडौंमा पानी नपरेको निकै भएका कारण गर्मी निकै बढेको छ । कतिपय विद्यालयहरु विदा गरिएका छन् । विद्यार्थीहरु कक्षामै विरामी पर्न थालेपछि स्कुलहरु प्राय विहान बेलुकि मात्र लाग्छन् ।

प्रिन्स्टन स्कुलकि छात्रा हो इना । कक्षा दशमा पढ्छे । उमेर चढेको छैन । खान लाउन पुगेकी, सम्पन्न परिवारमा हुर्केकी इना निकै ठूली छे, डाडीलि छे । पाच फिट अग्लो जिउ निकै मिलेको छ । विस्तारै उ आफूलाई सुन्दरी देखाउन समय खर्चिन थालेकि छे । स्कुलका अविवाहित शिक्षकहरु इनाप्रति निकै मोहित छन् । तर आपचारिक रुपमा इनालाइ मन पराउने कमै छन् । व्यावहारमा उ निकै कमजोरी छे । एक त पढनमा कमजोरी, त्यसमा पनि चढ्दो उमेरका कारण उसले पढ्न भन्दा आफूलाई सुन्दर देखाउनेतिर लागेकि । फेसन र अक्कल-झक्कलले उसलाई गाजेको छ । पढाइमा अरु असर परेको छ ।

बेलुकिको समय । इनाले प्रेम पत्र नलेखिको निकै भएको थियो । सुवोधबाट धेरै आए तर उसले तिनको उत्तर दिन भ्याएकि छैन । होमवर्कको बेफुर्सदीले गर्दा उसलाई पत्र लेख्ने समय छैन । संयोग आज विदाको दिन । उसले धत मारेर पत्र लेखी । भोलिबाट परिक्षा सञ्चालन हुदैछ । उसलाई त्यसको त्यति वास्ता भएन ।

उसले लेखी घर व्यावहारका कुरा । माया प्रीतिका कुरा । कुखुरे बैशमा हुर्केको यौन-प्यासका कुरा । रोमियो र जुलियसको फिल्मका कुरा, जुन उसले सुबोध संगै बसेर हेरेकि थिइ । त्यसले नै उसलाई प्रेमको लडाई सिकाएको थियो । पत्रमा अरु थपी आमा-बुबाको हप्काइ-दप्काइ र साथी भाइले गरेको उनीहरुको प्रेमको इर्ष्या, डाह र खिसि ।

पत्रको मुख्या विषय थियो गत सालको घटना । त्यसबेला इना र सुबोध एकै होस्टेलमा बस्थे जहा उनीहरुको प्रेको कथा सुरु भएको थियो । उनीहरुको प्रेम प्रसंगका कारण स्कुलमा समस्या आएको भन्दै प्रशासनले उनीहरुलाई स्कुलबाट केही समयका लागि निलम्बित गरेको थियो । उसले यसलाई आफ्नो प्रेममा उत्साह थप्ने काम भएको ठानी । रोमियो र जुलियसला प्रेमका खातिर दु:ख पाएको कथा उसलाई थहा थियो । सुबोध यसै साल कक्षा १० को जाच दिएर स्कुलबाट विदा भैसकेको छ । यसले यी दुइको भेट थोरै हुने गरेको छ ।

गत साल भएको काण्डमा उसले जिपि सरलाई मुख्य दोषी देखेकि थिइ । आज पत्रमा पनि उसले जिपी सर र स्कुल प्रशासन विरुद्ध धेरै शब्द लेखि । र अन्त्यमा भनि, “यस्ता अवरोधहरु रोमियो र जुलियसले पनि पाएका थिए तर उनीहरुको प्रेम अमर रह्यो । हाम्रो पनि यस्तै अपेक्षा गर्छु ।”

पत्र तयार भए पनि सुबोधकोमा कसरी पुर्याशउने भन्ने चिन्ता पर्योछ उसलाई । एक दिन । दुइ दिन । साता वित्यो । पत्र पुर्याचउने माध्यम फेला परेको छैन । खल्तीमा पत्र बोकेर हिड्दा मनमा छटपटी बढ्न थाल्यो । गत सालको घटनाले उसका हुलाकी साथीहरु टाढीएका छन् ।

बस ! त्यो दिन पनि आयो । परिक्षा सकेर स्कुल बसमै घर फर्कदै गर्दा स्कुल भन्दा करिब २०० मिटर पर । सुबोधलाई देख्ने आशामा उ हरदिन झ्यालको छेउमा बस्थी सधै गाडीमा । आज धेरैदिन पछि सुबोधको दर्शन भो । विपरित दिशाबाट सुबोध आउदैछ । बसको बेग निकै कडा छ । उसले हतार हतार पत्र निकाली र सुबोधले देख्ने गरी बाहोर फालिदिई । पत्र हावामा लर्खराउदै अलि पर पुगेर भइमा खस्यो । गाडीको हावाले त्यसलाई झण्डै बागमतिमा झार्योप । भिरालो ठाउमा केही सिन्काहरुले त्यसलाई अडाए । मायाको डोरी दरो हुन्छ भने झै त्यति साना सिन्काले निकै लामो पत्रलाई अडाएको छ ।

बाइकमा हुइकिएर आएका प्रिन्स्टन स्कुलकै व्यवस्थापन प्रमुखको आँखा त्यस पत्रमाथि पर्योड । सुबोध आइपुग्नु भन्दा पहिले नै उनले त्यो पत्र टिपेर उसरी नै बाइकमा हुइकिए । क्षणभरमा आइपुगेको सुबोध नियास्रो अनुहार लाएर फर्क्यो ।

उसको मुटु काम्यो । अबको प्रतिकृया के हुने हो थहा छैन । रिसले उसको दिमाग तात्यो तर गर्न सक्नु केही छैन । अब आउन सक्ने परिस्थितिको सामना कसरी गर्ने भन्ने उसले सोच्न सकेन । उसले यति सोच्न सक्यो, त्यो शिक्षक उसको प्रेम जीवनको बाधक हो । उसलाई थहा छ, उक्त शिक्षकले उनीहरु दुइलाई संगै हिडेको देख्न सकेको हैन ।

युवायुवतीको प्रेम जीवनबारे शिक्षकहरुलाई के चासो । त्यसमा पनि उसको विद्यालयबाट विदा भैसकेको सुबोधको त उसलाई मतलब पनि न हुनु पर्ने । तर यहा हुन्छ । यो नेपाली संस्कृति हो । अर्काले के गर्यो  भन्ने चासो हुन्छ यहा । विद्यार्थी जीवनकि प्रेम यहा अपराध सरह हुन्छ । त्यसैले अभिभावक, शिक्षक वा आफन्तबाट हप्काइ-दप्काइ मात्र हैन, पिटाइ खान्छन विद्यार्थी । वैसालु उमेरमा कसलाई यौन र प्रेमका कथा बुन्न मन पर्दैन र ! तर उमेर ढल्केकाहरुले यसलाई बुझ्दैनन् । युवायुतीहरुको प्रेम जीवनको आनन्द लुट्न खोज्नेहरु र उमे ढल्के पनि युवतीहरुप्रति मरिहत्ते गर्नेहरुले तिनको प्रेम प्रसंगलाई बहाना बनाउने गर्छन ।

गत साल मात्रै निकै चर्चाको विषय बनेकी इनाले फालेको त्यो कागजको टुक्रालिन ती शिक्षकलाई उत्साहित पारेको हुनुपर्छ । उसले त्यो गर्नु पर्ने अनिवार्यता त केही थिएन तर पुरानो कथा यसमा जोडिएकि कारण उसमा यसप्रति चासो बढेको हुनुपर्छ ।

सुबोधको सातो उडेको छ । उसको अनुहार रातो भयो । शिक्षकप्रति उठ्नुसम्म रिस उठ्यो तर गर्न सक्नु कही थिएन । उ कति सम्म अवाक भयो भने कताबाट आएको थियो र अब कता जाने सबै बिर्स्यो । उ घर तर्फ लाग्यो ।

भोलिपल्ट शनिबार सुबोधले अर्की केटीसाथी मार्फत इनालाई घटनाबारे जानकारी दियो । फोनबाट भन्ने आट उसले गरेन किनकि त्यो इनाका बुबा-आमाको कानमा पनि पर्न सक्थ्यो । खबरले इना पनि विचलित भइ । उसका ओठ सुके, जीउ डरले काप्यो । उसले पनि अब के गर्ने भन्ने उपाय निकाल्न सकिन ।

व्यवस्थापक सो पत्र स्कुलमै छाडेर कतै गएका थिए । त्यो साझ उनी घर पनि फर्केनन् । उनी शनिवार मात्र घर फर्के । थहा भयो अमर्यादित भाषा बोल्ने एउटा हुल युवाहरु दुइ-चार पटक घरमा आएका थिएछन्, उनलाई खोज्दै । घरमा नभेटेपछि केही जानकारी पनि नछाडी उनीहरु फर्केका थिए । उनीहरुले व्यक्तिगत काम मात्र भनेका थिए । यस्ता धेरै हुलहरु आइरहेने भएकाले परिवारका अन्य सदस्यले पनि त्यति चासो दिएनन् ।

उता इना र सुबोधको शनिवार भने तमासले वित्यो । खान-पिउन छाडेर इना दिनभर टोलाएर सुतिरही । परिवारका अन्य सदस्य घर बाहिर गएका हुनाले उसको यो व्यवहारबारे सोध्ने कोही भएन । साझ आमाले सोध्दा विसन्चो भयो भनेर उसले टारी । सुबोधको त्यही हाल थियो ।

आइतबार बिहान पनि व्यवस्थापकको घरमा त्यो हुल फेरी देखा पर्यो  । त्यो समुहले उनले शुक्रवार खोलाकिनारबाट टिपेको पत्र फिर्ता गर्न भन्यो । त्यसो नभए ज्यानसम्मको धम्की दियो । युवाहरु हट्टा-कट्टा छन् तर व्यवहार र भाषा रुखो र निकृष्ट । उनले सो पत्र स्कुलमा राखेको र लिन दिउसो स्कुलमै आउन भने ।

विहान १० बजे । स्कुल परिसर । यहा सुरु भएको छ, एउटा फिल्मी कहानी । सुबोध र इनाले पनि यस्तो कहानी कुनै फिल्मा पनि हेर्न भ्याएका थिएनन् होला ।

बाइकको ठूलो आवाज निकाल्दै चार युवाहरु स्कुलगेटबाट भित्र पसे । गेटमा क्षति पुगेपनि गार्डले केही भन्न सकेन । ती युवाको पहिरनले पने सज्जन मान्छेको परिचय दिदैनथ्यो । कसैको लामो केश, कसैको चिन्डे । रंगाएको । कानमा मुन्द्रा ।

उनीहरुले इनालाई बोलाए । उनीहरुवीच केही खास-खुस कुरा भयो । इना फर्केर कक्षामा गइ । ठिटाहरु सरासा प्रिन्सिपलको कक्षामा पसे । चिठ्ठी मागे । आफू इनाको फुपुको छोरा दाइ भएको एउटाले आफ्नो परिचयमा बतायो । प्रिन्सिपले पत्र माग्नुको कारण मागे । तर केटाहरु धम्क्याउन थाले । त्यो व्यक्तिगत भएका कारण, अरु नबोल्न तर पत्र तुरुन्त दिन केटाहरु कराइरहेका थिए ।

प्रिन्सिपललाई त्यो सह्य भएन । पत्र दिन इन्कार गर्दै प्रिन्सिपलले इनाका आमा-बुबालाई नै पठाउन अनुरोध गरे ।

वातावरण एकाएक बदलियो । केटाहरु मुखमा आए जति बोल्न थाले । हो-हल्ला भयो । शिक्षक र विद्यार्थी कक्षा छाडेर बाहिर निस्के । ती चार युवाले स्कुल वरिपरि यस्तो वेगमा बाइक कुदाए कि अरु शिक्षकहरुलाई साना विद्यार्थी जोगाउ हम्मे पर्योे । उनीहर फनफनी स्कुल वरिपरि मात्र घुमिरहे । ठिटाहरुसित बोल्न सक्के स्थिति नदेखेपछि प्रिन्सिपलले इनालाई बोलाए । इनाकै अघि उसको घरमा फोन गरेर प्रिन्सिपलले स्कुलको वातावरणबारे जानकारी गराइयो र तुरुन्त स्कुल आउन अनुरोध गरियो । प्रिन्सिपलले सुबोधको घरमा पनि जानकारी गराए ।

बाहिर हल्लि-खल्लि झन बढ्दै थियो । हेर्नेको भीड जम्मा भैसकेको थियो । ठिटाहरु व्यवस्थापकलाई मार्ने धम्की दिन थाले ।

केही क्षणमै इनाका बुबा-आमा स्कुल आइपुगे । सुबोध र उसकी दिदि पनि आइपुगे । उनीहरुलाई सरासर भित्र लगियो । वैठक बस्यो । स्कुलका पुराना शिक्षकहरु, प्रिन्सिपल र व्यवस्थापन समितिका अधीकांस सदस्यहरुको उपस्थिति छ । प्रिन्सिपलले घटना बारे जानकारी गराए अनि पत्र पढेर सुनाए । त्यहा इनाले केही शिक्षहरुलाई गाली गरेको थिइ । पत्रको भाषा सुनेर सबै चकित भए । पुराना घटनाबारे जानकारी थियो, त्यसले इना र सुबोधको जीवनमा पारेको असरबारे निकै मार्मिक र विश्लेषणात्मक टिप्पणी थियो ।

अरुले केही बोल्न नभ्याउदै इना र सुबोध तुरुन्त विहे गर्न राजी भएको भन्दै कराउन थाले । लाग्छ, उनीहरु केटाकेटीले गर्ने विवाह खेल खेल्न लागेका छन् ।

वैवाहिक सम्बन्ध, पारिवारिक जिम्मेवारीलाई सानो अंशमा पनि बुझ्ने नभ्याएका यि कलिला दिमागले काचो बैशका कारण कालान्तरमा वैवाहिक जीवन कति बोझिलो हुन्छ भन्ने नबोझिकन चुल्बुले बैशको पागलपनमा उफ्रदैछु भन्ने कहा सोच्न भ्याएको होला त । कलिलो उमेरमा आफूले राखेको सम्बन्धले आफ्नो भविष्यलाई कसरी साघुरो बनाउदैछ भन्ने न यिनीहरुले बुझ्न सके न शिक्षहरुले नै बुझाउन सके । सुबोध आफू तुरुन्त विवाह गर्न तयार रहेको भन्दै कराइरहिको थियो र पनि उसलाई कसैले पनि रोक्ने प्रयास गरिरहेको थिएन ।

अभिभावक पनि केटाकेटी पक्षमा लागे । उनीहरु आफ्ना छोराछोरीले गल्ती गरेको स्वीकार्न राजी भएनन् । अब केटा र केटी पक्षविच जुहारी चल्यो । सुबोधकि दिदीले आप्नो भाई त्यसको बदमास नभएको तर इना जस्ती नकचरी केटीले उसलाई विगारेको आरोप लगान । उता इनाका बुबा आमा पनि के कम, सुबोध नै फटाहा भएको र आफ्नी छोरीको भविष्य विगारेको आरोप लगाए ।

दुइ पक्षविच निकैबेर जुहारी चल्यो । आफ्नै बच्चा राम्रो तर अर्कोले नै बिगारेको आरोप-प्रत्यारोप चलिरह्यो । उनीहरुले शिक्षकहरुले नै विद्यार्थीलाई राम्रो शिक्षा दिन नसेको कारण यस्तो परिस्थिति आएको आरोप लाए पछि शिक्षकहरु पनि केही बोल्न सकेनन् । चुपचाप सुनिमात्र रहे ।

अभिभावाहरु स्कुल छिरेपछि बाइकमा तमासा देखाउने ठिटाहरु कहिले भागे, पत्तो भएन । बाहिर वातावरण सुनसान भैसेकेको थियो तर भित्रको वातावरण भने झन बिग्रने संकेत देखिदै थियो । छलफलबाट समस्याको हल ननिस्कने छाट देखेपछि प्रिन्सिपलले आफ्नो निर्णय सुनाए –

तपाइहरुका छोरा-छोरी सोझा छन, अञ्जान छन् । यसमा हामी दोषी छौं । म क्षमा याचना गर्छु । अनि आज उप्रान्त इनालाई यस स्कुलमा भर्ना गरिने छैन । आजबाट उ यस स्कुलकि विद्यार्थी रहने छैन ।

Leave a Reply