मेरो देश

डिल्लीराम शर्मा आचार्य

यो मेरो माटो,
यो मेरो देश
मेरा पुर्खाका परिश्रमले सिर्जेको
दुईथोपा खून र पसिनाले भिजेको
नङमासुको सम्बन्ध―
न्यानु भाइचारा एवं विश्वबन्धुत्व गाँसिएको
यहाँ को होचो, को अग्लो?
को नयाँ को पुरानु?
को धनी को गरीब?
को बलवान को निरिह?
असमानताको दृष्टिहुनेहरु अहम्ताको
घुम्टो ओडेर ―
डुलेका आडम्बरीहरु
देख्छन् थरीथरी।
आजकल मुस्कुराउनेहरु मात्र छन्
केवल विलासका पोकाहरु देखेर
यो माटामा नाच्नेहरु थुप्रै हुन्छन् तर
पाइतालाले होइन टाउकाले टेकेर।
यो मेरो माटो
यो मेरो देश
धनसिरी र टिष्टाले छेकेको
सुन्दर हरियाली भित्र भित्रै
राजर्सी कीटाणुका गहिरा प्वालहरु देख्दा
कमिलामा प्वांख उम्रे पछिका छिचिमिरा र्झै
अन्ध धुन्ध उड्नेहरुका स्वतन्त्रताले बहकाएर
दिशाहीन भएका यात्रीहरु
अब–बहकाएर होइन
स्वतन्त्रता, अश्तित्वि र चिहानको खोजिमा
हामी एक पल्ट जुट्नै पर्दछ।

Leave a Reply