अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार २००९
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार २००९
ई.सं. २००९ को पुरस्कारका लागि हुने मूल्याङ्कनमा समावेश गर्न तल उल्लिखित शर्तहरू पूरा गरी पुस्तकहरू यस पुरस्कार समितिमा पठाउन समस्त साहित्यकर्मीहरूमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एवार्ड कमिटी हार्दिक अनुरोध गर्दछ। यो पुरस्कार प्रत्येक दुई वर्षमा एकपटक प्रदान गरिने छ। पुरस्कार प्रदान गर्ने सालभन्दा अघिका दुई वर्षभित्र प्रकाशित साहित्यिक पुस्तकहरू मात्र पुरस्कारका लागि योग्य हुनेछन्। त्यस्ता पुस्तकमध्ये सबैभन्दा उत्कृष्ट साहित्यिक कृतिलाई प्रस्तुत पुरस्कार प्रदान गरिनेछ। नगदका साथै पुरस्कृत साहित्यकारलाई सम्मान–पत्र पनि प्रदान गरिने छ ।
पुरस्कारहरू
१. अन्तर्राष्ट्रिय नेपाली साहित्य सर्वोत्कृष्ट पुस्तक पुरस्कार
पुरस्कारको राशी युएस्डलर १५००.०० र अनेसासको १०० डलर बरावरको आजीवन सदस्यता
२. सर्वोत्कृष्ट नारी हस्ताक्षरका लागि अनेसास डिल्लीराम तिमसिना स्मृति पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर ४००।०० र सम्मान–पत्र
३. सर्वोत्कृष्ट नव प्रतिभाका लागि अनेसास डिल्लीराम तिमसिना स्मृति पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर ३१०।०० र सम्मान–पत्र
४. सर्वोत्कृष्ट नेपाली गीती कविताका लागि अनेसास हरिभक्त कटुवाल स्मृति पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्र
५. सर्वोत्कृष्ट बालसाहित्यका पुस्तकका लागि अनेसास शारा उत्कृष्ट बाल पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्र
६. सर्वोत्कृष्ट हास्यव्यंग्यका पुस्तकका लागि अनेसास अनन्त उत्कृष्ट पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्र
७. सर्वोत्कृष्ट धवलागिरि अञ्चलका पुस्तकका लागि अनेसास रोहिणी शर्मा सर्वोत्कृष्ट पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्र
८. सर्वोत्कृष्ट गन्डकी अञ्चलका पुस्तकका लागि अनेसास गन्डकी अञ्चल सर्वोत्कृष्ट पुस्तक पुरस्कार
पुरस्कारको राशी ने रु २००।००
९. सर्वोत्कृष्ट वाग्मती अञ्चलका पुस्तकका लागि अनेसास ल73मण सत्याल सर्वोत्कृष्ट पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्र
१०. सर्वोत्कृष्ट नारायणी अञ्चलका पुस्तकका लागि अनेसास गोविन्द गिरी “प्रेरणा” सर्वोत्कृष्ट पुस्तक
पुरस्कार
पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्र
११.सर्वोत्कृष्ट जनकपुर अञ्चलका पुस्तकका लागि अनेसास ठाकुर प्रसाद रेग्मी सर्वोत्कृष्ट पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्र
१२. सर्वोत्कृष्ट कोशी अञ्चलका पुस्तकका लागि अनेसास चेतनाथ घिमिरे सर्वोत्कृष्ट पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्र
१३. सर्वोत्कृष्ट मेची अञ्चलका पुस्तकका लागि अनेसास सीता पान्डे सर्वोत्कृष्ट पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्र
पुरस्कारका लागि पूरा गर्नुपर्ने शर्तहरूः
१. नेपाली भाषामा लेखिएको साहित्यको गद्य एवम् पद्य दुवै क्षेत्रका सबै विधाहरूः कथा, निवन्ध, प्रवन्ध, यात्रा साहित्य, साहित्यको इतिहास, समालोचना, साहित्यकारहरूको जीवनी, नाटक, एकाङ्की, कविता, सबै प्रकारका काव्यहरू आदि कृतिहरू पुरस्कारका लागि योग्य हुनेछन्, तर कृति आफैमा पूर्ण हुनुपर्नेछ। अर्थात् कृतिको रसास्वादनको लागि अन्य उपकरण (जस्तै अडियो, भिडियो प्लेयर) आदिको आवश्यक नपर्ने हुनुपर्नेछ।
२. ई.सं. २००९ को पुरस्कारको लागि जनवरी १, २००७ देखि डिसेम्बर ३१, २००८ भित्र पहिलोपटक प्रकाशित भएको कृति मात्र पुरस्कारका लागि योग्य हुनेछ। सो मितिभन्दा पहिले प्रकाशित भई सो अवधिमा पुनर्मुद्रण भएका कृतिहरू पुरस्कारका लागि योग्य हुने छैनन्, तर साहित्यकारका आफ्नै रचनाहरू (पहिले फुटकर रूपमा अन्यत्र प्रकाशित भइसकेको भए पनि)को संग्रह यदि माथि उल्लिखित अवधिभित्रै पहिलोपटक प्रकाशित भएको हो भने पुरस्कारका लागि योग्य हुनेछ।
३. पुरस्कारका लागि कृति पठाउँदा ६ प्रति पठाउनुपर्ने छ। प्राप्त कृतिहरू फिर्ता गरिने छैनन्।
४. पुरस्कारका लागि कृति पठाउँदा एउटा आवेदन र साहित्यकारको संक्षिप्त जीवनी पनि संलग्न गरी पठाउनुपर्ने छ। आवेदनमा अन्य कुराका अतिरिक्त प्रस्तुत पुस्तक लेखकको मौलिक कृति हो भन्ने कुरा स्पष्ट उल्लेख गर्नुका साथै लेखक महिला सहभागी भए सो र पुरस्कारका लागि पठाइने कृति लेखकको पहिलो प्रकाशित पुस्तक भए सो समेत खुलाउनुपर्ने छ। त्यस्तै कुनै आञ्चलिक पुरस्कारको लागि पनि हो भने पनि लागि पनि पेश गर्नेले लेखक त्यो अञ्चलको भन्ने कुरो पनि सप्रमाण उल्लेख गर्नुपर्छ। त्यस्तै वाल साहित्यको र हास्यव्यंग्य वा गीति साहित्यको पुस्तक भए सो समेत खुलाउनु पर्नेछ। आवेदन लेखकबाहेक अरुले पठाउने अवस्थामा लेखकको स्वीकृति लिएर पेश गर्नुपर्नेछ, तर स्वर्गीय साहित्यकारको हकमा निजका नजिकका नातेदारले आवेदन दिन सक्नेछन्।
५. ई.सं. २००९ को पुरस्कारको लागि कृति पठाउँदा जनवरी १५, २००९ भित्र तल उल्लिखित ठेगानामा आइपुग्ने गरी पठाउनुपर्ने छ। पुरस्कारको विजयीको घोषणा सन् २००९ को भानुजयन्तीका दिन गरिने छ र पुरस्कारको वितरण सो वर्षकै देवकोटाजयन्तीका दिन गरिने छ।
६. अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको एवार्ड कमिटीका वहालवाला पदाधिकारीहरू र निजका नजिकका परिवारका सदस्यहरू (आमा, बावु, छोरा, छोरी)ले पुरस्कारका लागि आवेदन गर्न पाउने छैनन्। नजिकका परिवार सदस्यहरूको कृति पुरस्कारका लागि पठाउनुअघि त्यस्तो पदाधिकारी एवार्ड कमिटीबाट अलग हुनुपर्ने छ।
७. पुरस्कारको लागि कृतिहरूको मूल्याङ्कनमा अनुचित प्रभाव पार्ने प्रयास गरेको पाइएमा त्यस्तो साहित्यकारको कृति पुरस्कारको निम्ति अयोग्य ठहरिने छ।
स्पष्टीकरण
१. मूल्याङ्कनका आधारमा यौटा पुस्तकले एक पटकमा यौटा मात्र सुरस्कार पाउनेछ। एउटा पुरस्कारका लागि छानिएका साहित्यकार त्यसपछिका वर्षहरूमा अर्को पुरस्कारका लागि अयोग्य हुनेछैन, तर एउटै साहित्यकारलाई एउटै पुरस्कार दोस्रोपटक प्रदान गरिने छैन। कुनै पनि पुरस्कारमा प्रतिद्वन्द्वी न भएमा त्यो पुरस्कारको रकम अनेसासपुरस्कारअक्षयकोषमा जम्मा हुनेछ।
२. संयुक्त लेखन कृतिहरू पनि पुरस्कारका लागि योग्य हुनेछन, तर उत्कृष्ट नारी हस्ताक्षर र उत्कृष्ट नव प्रतिभा पुरस्कारका हकमा संयुक्त रूपमा रचिएको कृतिका सबै लेखकहरू पुरस्कारले लक्ष्य गरेको दायराभित्रका हुनुपर्नेछ। मरणोपरान्त पुरस्कार प्रदान हुने अवस्थामा नजिकको हकवालालाई प्रदान गरिने छ।
३. कुनै पनि पुस्तकको संस्करण लेखिने पृष्ठमा लेखिएको प्रकाशन मितिलाई मान्यता दिइनेछ। विक्म संवत्को वर्ष मात्र उल्लेख गरी प्रकाशन भएका पुस्तकहरु ई.सं.का दुवैसाल भित्र पर्ने देखिएमा संस्थामा प्राप्तभएको मितिको वर्षको प्रतिस्पर्धामा मात्र समावेश गराइनेछ र एकपल्टको मूल्याङ्कनमा समावेश भैसकेको पुस्तकहरुलाई अर्को पटक समावेश गराइने छैन।
४. अन्चल एवार्डहरुमा लेककको पुस्तकमै भएको जन्म स्थानको आधारमा कृतिलाई त्यो अन्चलको कृति
मूल्याङ्कनको वर्गमा राखिनेछ। पुस्तकमा लेखकको जन्मस्थान लेखेको छैन भने मनोनयनकर्ताले लेखकको
सप्रमाण जन्मस्थान खुलाएर पठाएको जन्मस्थानलाई मान्यता दिइनेछ।
५. कुनै पनि एवार्डको लागि नोमिनेशन गर्नेले नोमिनेशन फाइल गर्दा अनेसासको निर्णय फाइनल हुनेछ, त्यो
नै मेरा लागि स्वीकार्य हुनेछ, त्यसमा कुनै बाधाविरोध जनाउने छैन भन्ने कुरा निवेदनमा खुलाउनुपर्नेछ। त्यो
मनोनयनकर्ताले नखुलाएर त्यसै पठाएको भए पनि मूल्याङ्खनमा लिइनेछ तर अनेसास एवार्ड कमिटीको निर्णय नै फाइनल हुनेछ। एवार्ड कमिटीमाथि प्रतिस्पर्धीको उजुरी लाग्न सक्नसकनेछैन।
६. निष्पक्ष मूल्याङ्कन गराउनका लागि जजहरुलाई गोप्य राखिनेछ। गोप्यता भङ्ग गर्ने जज वा एवार्ड कमिटीका सदस्यमाथि यथोचित कार्यबाही हुनेछ। एवार्ड कमिटी बाहेक अनेसासका पनि कुनै पनि पदाधिकारीलाई यी गोप्य कुराहरु थाहा दिइनेछैन।
७. पुस्तकहरुको विधा र क्षेत्र छुट्ट्याउने काम एवार्ड कमिटीका एक जनाले सदस्यले गरेपछि अर्को कुनै एवार्ड कमिटीका सदस्य वा उनले तोकेका गोप्य व्यक्ति एक जनाले डबल चेक गरेर मात्र एवार्डकमिटीमा राख्ने र त्यसरी एवार्ड कमिटीले एप्रुभ गरेको एवार्डको लागि क्वालिफाइड लिस्ट बमोजिका मूल्याङ्कन सामग्री जजकहा पठाइनेछ।
८. पुरस्कारको लागि कृति पठाउनुपर्ने ठेगाना :
INLS Award committee
311 Ross Lane
Collegeville PA 19426
९. अन्य कुनै जानकारी आवश्यक परेमा अन्तर्राष्ट्रिय नेपाली साहित्य पुरस्कार समितिमा सम्पर्क राख्नुहोला।
INLS Award Committee Email: inlsaward@googlegroups.com
Visit: http://www.inls.org
सुमनराज तिमसिना
पुरस्कार समिति
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्गटन डिसी
(610) 209 6459