मेरो कलम रोकिदैन

डिल्लीराम शर्मा आचार्य

लाटो छ मेरो कलम,र नै रोकिदैन
गरीब छ मेरो कलम तर नुहुदैन
भोको छ मेरो कलम शोषण गर्दैन
त्येसैले त निश्ठुर हृदय भित्र पनि नाच्छ मेरो कलम
हाकिम र शेठको दिमाग नाप्छ मेरो कलम
भीर पहरामा चड्छ मेरो कलम
विषलाई पिउदै पिउदै―
अमृतका बुद उकेल्छ मेरो कलम
आफू नांगिएर अर्कालाई सिंगारी दिन्छ मेरो कलम
तर कहिल्यै गल्दैन।
आज कसैका कुर्सीमा बसेर धाक जमाउँदैन
मेरो कलमपागलले दिमाग खटाए झैं
नाङ्गा तिघ्रा हल्लाउँदैन मेरो कलम
मैहू भन्ने युवतीले हल्लाए झैं ।
परिश्रमी छ मेरो कलम
अनि त सबैका ढोका खट्खटाइदिन्छ
पाषण हृदयको बज्र हो मेरो कलम
मुटु पनि टुक्राटुक्रा बनाई दिन्छ
भूँडीमा गिदीहुनेहरुको दास हो मेरो कलम
सम्झेर कहिले कही आफै रुन्छ।
हिजडा सामु झुक्तैन मेरो कलम
सत्यका अघि झुकिदिन्छ
सुन्दरीहरुलाई नचाउँदैन मेरो कलम
बरु सुन्दरीका आँखामा नाचिदिन्छ
मरेको छैन आज मेरो कलम
कतै मरेको हुं भन्नेहरुका अघि हाँसिदिन्छ।।

Leave a Reply