केटी माग्न जाँदा
रातभरी अनिद्राले सतायो । टाउको भनन घुमे जस्तो हुन्छ । बिहान चक्कर लागेर महेश हिन्न सकेन । कतिन पिए जस्तो गरी धङधङे लागेको छ । उसैलाई थाहा छैन, कारण । उ सधै सुत्ने कोठा पनि हैन, पलङ पनि । विरानो ठाउँमा छ । उसलाई कुनै रोग लागेको हैन, न पेय पदार्थको माद । जन्तर मन्तर वा भुत प्रेतमा विश्वास नगर्ने भएका कारण उसलाई त्यसप्रति पनि शंका छैन । राती अबेर सम्म बेनिद्रा छट्पटाइरह्यो । मनमा के के कुरा खेली रहे । जीन्दगीकै विषयमा, जीवन जीउने विषयमा ।
अघिल्लो दिन विहानदेखी नै उसको मन पोलेको हो । धेरै छटपटाहट, पीडा अनि आत्मा ग्लानी । गरेका काममा कति पनि सन्तुष्टी छैन । काममा ध्यान गएन । मनको पीडा अक्षरमा पोख्न खोज्छ तर हातले कलम समाउदैन, सही अक्षर बन्दैन, उपयुक्त शब्द निस्कदैन । उसलाई एकलै बसेर रुन मन लाग्यो । वन-जंगल, हरिया रुखपात र प्रकृतिलाई रोएर सुनाउन मन लाग्यो । मनको बह पोख्न मन लाग्यो । निक्षाम ठाउमा बस्ने रहर जागेको छ, दिनदिनैको कोलाहल र चहलपहलबाट धेरै टाढा । तर बाध्येता हो, चाहेर पनि उसले त्यस्तो ठाउँ पाउने अवस्था छैन । मनको बह दबाएर राख्नु छ उसलाई ।
अघिल्लो दिनभरी बसको यात्रामा मन पोलिरह्यो । यात्राभर अनेक थरी कुरा मनमा खेलायो । विगतका दिनहरु संझ्यो । ती कति रमाइला र खुशीका दिन थिए । मनमा उमंग थियो, जीउमा जागर थियो अनि सोचेका हरेक कुरा पुगेका थिए । आफन्त, नातेदार वा साथी संगी कसैको सहायता बिना पनि उसले कैयन सफलताका पाइला सारेको थियो । कति धेरै गर्ने जागर थियो – २४सै घण्टा काम गर्न सक्ने खुबी थियो । थालेको काम फत्ते नगरी उ कहिल्यै पछि हट्नु परेको थिएन ।
ती सफलताका दिनहरु इतिहास बने जस्तो लाग्छ महेशलाई आज । फर्केर आउने आश थोरै छ, यद्यपि विश्वास छैन । मौका आउँछ पर्खदैन भने झै उसलाई लागेको छ, उसले मौकामा गर्नु पर्ने काम गरेन । काम यती धेरै गर्योई, कुन छुटाएको छु भन्ने उसले सोच्न भ्याएको थिएन । १८ बर्ष हुदा परिवारबाट अलग रहेर आफै जीउन उसले सिक्यो । एउटा स्वावलम्बी र स्वतन्त्र जीवन अनि समाजको जिम्मेवार सदस्य ।
महेशले समाजमा एउटा आन्दोलन नै हाकेको थियो । हरेक बिषयमा समाजको आखा खोल्ने उसको त्यो आन्दोलनले ठूलै परिवर्तन ल्याएको थियो । सहती रुपमा हेर्दा ठूलो हल्ला नै त भएको हैन तर समाजका हरेक सदस्यलाई कुनै पनि बिषयमा सचेत बनाउने अभिभारा जो स्वयं संहालेको थियो, त्यो भन्दा अघि कसैले पनि गर्ने आट गरेको थएन । रात दिन त्यसैमा लागि मात्र परेन उ कैयौ दिन भोकै पनि बस्यो तर थालेको आन्दोलनबाट कति पनि पछि हटेन, यात्रबाट कतिपनि विचलित बनेन ।
समाजमा उसलाइ नचिन्ने कमै थिए । हिजो एक आखाले पनि नहेर्ने, गन्ति सम्म नगर्नेहरु उसका सफलताबाट अवाक भ’का छन् । हिजो नमस्कार नभन्दा गाली खाएकाबाटै महेश नमस्कार पाउन थालेको छ । इज्जत, नाम, दाम सब पा’को छ । भौतिकरुपमा अपुग उसका लागि केही छैन । आफैले सृष्टी जोडेको हो, चाहेको खण्डमा अरु पनि जोड्न सक्छ । आँट छ, जागर छ, साहस छ । उसलाई लाग्छ, यो आँट, जागर र साहस जिन्दगी भर रहने छ अनि विश्वास छ उसले त्यस्तो प्रणलाइ जीवन्तता राख्छ ।
ढोकामा कसैले ढकढक गर्योव । उ झल्यास्स भयो । तन्द्रा छुटेको छैन । जीउ भारी भ’को छ । विगतका कल्पना सपनासरी छन् । बाहिरबाट उसलाई कसैले बोलायो । चिया खाजा खाने बेला भएछ । कता कता अप्ठेरो लाग्यो उसलाई, अर्काको घरमा बोलाउनु पर्ने बेला सम्म सुतेछ । अद्यपि उसमा उठ्ने जागर छैन । करले उठ्यो । उ घुम्न हिडेको हो, चिया खाजा खाएर साथीहरुका साथ नयाँ ठाउँको भ्रमणमा जानु छ । मनको पीडा लुकाउनु सिवाय अरु उपाय छैन । फूर्ती देखिनु छ नत्र साथीहरुले नै अल्छी भन्लान भन्ने डर छ ।
उकालोमा कार बेगले दौडदैछ । घुमाउरो पहाडी बाटो, निकै रमाइलो छ । बायाबाट तल उपत्यकामा बसेको रमणीय शहर झलमल्ल देखिएको छ । छेउछाउ गुरास र अरु धेरै फुल फुलेका छन् । चराचुरुङगीको मीठो स्वर गुञ्जीदैछ । यी सबै दृश्यहरुले भने महेशको मन तान्न सकेको छैन । उ आफ्नै कल्पनामा डुबेको छ ।
दोस्रो पटक उसको प्रयास विफल भएको छ, त्यो पनि एउटै विषयमा – जीवन संगिनीको खोजीमा । पढ्दा ताका कैयौ केटी साथीहरु थिए तर प्रेमिका बनाउने ध्याउन्नमा उ लागेन । प्रेम प्रगतिको बाधक हो भन्ने विचार उसमा कसैले रोपिदिएको थियो । कैयौ बर्षसम्म उसले यो विचार परिवर्तन गर्ने मौका पाएन । व्यस्तताका कारण यतातिर सोच्न पनि भ्याएन । त्यसको परिणति अहिले भोग्दैछु जस्तो लाग्छ उसलाई ।
उसलाइ राम्रो थाहा छ, बिहेको बिषय गहन हो । महिलाले आफ्नो पुरै परिवार, आफन्त त्यागेर उसंग आउने छिन । आफू त्यसो गर्न सक्ने कल्पनासम्म पनि गर्न गार्होो छ । महिलाले आफ्नो पतिका लागि गर्ने त्यो त्याग र बलिदान सामान्य ममता र दैनिक व्यवहारले मात्र पूर्ति हुन्न । महिलाले आफ्नो थर र गोत्र मास्दैछन । दश महिना बोकेर, अनेक दु:ख सहेर छोराछोरी हुर्काए पनि समाजले तिनलाई बाबुका मात्र छोराछोरी जस्तो ठान्छ । उसले सुनेको छैन कुनै पनि छोराछोरीले आफ्नी आमाको थरलाई निरन्तरता दिएको । आफ्नो वंशलाई नै तिलाञ्जली दिन सक्ने आमाको त्यो त्यागप्रति उ अगाध आस्था राख्छ । कता कता उसलाई आफू आमाको थरमा जान मन लाग्छ तर सामाजिक संस्कार अनुसार त्यो सम्भव छैन, रातारात उसले त्यसलाई परिवर्तन गर्न सक्ने पनि हैन । के विश्वास पालेको छ भने, उसका सन्तानले सिर्फ उसको मात्र थर ग्रहण गर्ने छैनन् । उसलो सोचेको यो धेरै मध्ये एउटा सामाजिक आन्दोलन हो ।
हिजो दोस्रो चाटि उसको विवाह प्रस्ताव असफल भयो । भाग्य नै त्यस्तो भनौ वा उ असक्षम, छुट्याउन उसलाई गार्हो भएको छ । उसले सुनेको थियो केटीहरु आफ्नो पति छान्ने क्रममा निकै संवेदनशील हुन्छन् । उनीहरु धेरै प्रगति गरेका र सक्षम पति चाहान्छन् । त्यसो त केटाहरु पनि त्यही चाहान्छन् ।
पहिलो प्रयासमा उसले आफ्ना प्रगतिका कथाहरु सबै बताएको थियो । आफ्नो कामको बारे राम्रो जानकारी दिएको थियो । उत्तर अप्रत्यासित आयो – कस्तो फुर्के केटो रै’छ । आफ्नै बारे पुराण लाउने । दोस्रो प्रयासमा उसले आफ्नो बारे केही बताएन तर उत्तर फेरी अनौठो नै आयो – यतिका उमेरसम्म केही गर्न नसक्नेले कसरी श्रीमति पाल्छन् ? भन्दा पनि नहुने, नभन्दा पनि नहुने कस्तो अनौठो परिस्थिति ।
महेशले यो बुझ्न सकेन कि केटीहरु प्रगति वा अधोगति हैन, आफ्नो हुनेवाला पतिप्रति विश्वास्त हुन चाहान्छन् । विश्वास नै दाम्पत्य जीवनको आधार हो, सुखी जीवनको मेरोदण्ड । विश्वास भनेर हुदैन, देखाएर देखिदैन, गरेर प्रमाणित हुनुपर्छ । व्यवहार विश्वासको आधार हो, पारिवारिक जीवनको पूर्वाभास ।
गाडि घच्याक्क रोकियो । महेश झसंग भयो । निद्राबाट व्युझे झै भयो । गाडी त पहाडको चुचुरोमा पुगेछ । उपत्यकाको रमणीय दृश्य हेर्न साथहरुसंगै उ पनि गाडीबाट बाहिर निस्क्यो । चिसो हावा बही रहेको थियो । मन हलुका भयो, शितल भयो ।
धेरै राम्रो लेख ।
महेस लाई मेरो यो सन्देश सुनाईदिनु।
जोई भाग्यले जुर्याउ छ र याद गर्नु त्यो सधै संयोग हुन्छ। माया बिना को बिवाह सधै अपुरो छ। अनि खोजेर भेटेको माया भन्दा जुरेको बढ़ी खपाउ र भरपर्दो हुनछ। भनीन्छनी देखेको ले हुदैन, लेखेको हुनुपर्छ। त्यसै ले सबर गर्नु। पिर नमान्नु। हुन त सबैलाई आफ्नै पिर ठुलो। झन असफलताको पिर त कति हो कति। त्यी माथी आइमाई मान्छे को कुरा त खपि नासाकनु हुनछ। तैपनि समयको गति रोक्न सकिन्न क्यारे, जिवन अघि बड़नै पय्रो नि, की कसो।
kt is not a substance that a person can borrow. the story looks interesting to convincing that its by fate and chance that one gets her or his pair. Nepali tradition has to be deleted and lets build a new culture.
i admire the feelings of mahesh for his respect to women for her devotion and dedication towards her husband. lets learn to follow that.