साताको खबर नेपालीमा

अमेरिकाको मासाचुसौ राज्यको West Springfield शहरमा आएको टोर्नाडो नामको हावा हुरीले सयौ पुनर्स्थापित भुटानीहरुको विजोग बनाएको छ ।

गत बुधबार आएको सो हावाहुरीले त्यस शहरका अधिकांश घरहरु भत्काएको छ भने कार र अन्य सम्पतिमा पनि क्षति पुर्याीएको छ ।

स्थानीय सरकारी अधिकारी र अमिरिकी रेडक्रसले विस्थापित भुटानीहरुलाई नजिकैको स्कुलमा अस्थायी बसोबासको व्यावस्था गरेको छ । करिब १०० भुटानीहरु यसतो अस्थायी घरमा बसिरहेका छन् । हावा हुरीबाट त्यस शहरमा कम्तिमा ३ जनाको मृत्यु भएको समाचार आए पनि कोही पनि भुटानी घइते भएको र मरेको खबर छैन ।

१६ बर्ष अघि पनि त्यस शहरमा यस्तै हावाहुरीले ४ जनाको ज्यान लिएको थियो ।

____________________________________________________

भुटानको संसदले शुक्रबार भुटानी शरणार्थी बारे छलफल गरेको छ । यस बर्षको बर्खे अधिवेशन मे २० मा सुरु भएको हो ।

प्रधान मन्त्रि जिग्मी थिन्लेले सरकारीले गरेको कामबारे जानकारी दिने क्रममे भुटानी शरणार्थी बारे पनि कुरा राखे पनि सामान्य छलफल भएको हो । उक्त अवसरमा प्रधान मन्त्रि जिग्मी थिन्लेले समस्या समाधानको लागि पश्चिमा देशले देखाएको सदासायता प्रति आभार व्यक्त गरे । उनले अमेरिका लगायत पश्चिमा देशहरुलाई समस्या समाधानको लागि पुनर्थस्पना कार्यक्रम सञ्चालन गरेकोमा धन्यबाद व्याक्त गरे ।

हरेक संसद अधिवेशनमा भुटानी शरणार्थी बारे सामान्य छलफल हुन्छ । सरकारले शरणार्थी समस्या बारे भएका पछिल्ला प्रयास बारे जानकारी दिएर औपचारिकता पूरा गर्ने गरेको छ ।

त्यस्तै प्रधान मन्त्रि जिग्मी थिन्लेले सरकारले राजाको बिहेका लागि भव्य तयारी थालेको जनाएका छन । उनका अनुसार यो जनताको माग हो । मे २० मा राजाले आफूले बिहे गर्न लागेको जानकारी संसदलाई गराउदा सरकारलाई भव्य कार्यक्र नगर्न भनेका थिए ।

________________________________________________________

नो अब्जेक्सन सर्टिफिकेट अर्थात सेकुरिटी क्लियरेन्स जारी गर्ने प्रकृयालाई सजिलो बनाउन सरकाले बिहिबारबाट अनलाई सेवाको सुरुवात गरेको छ । अब उसको भुटानीले NOC निकाल्न थिम्पु पुगिरहनु पर्दैन ।

जिल्ला तहबाट जारी गरिदै आएकोमा निर्वाचित सरकार आएपछि NOC थिम्पु, गृह मन्त्रालयबाट मात्र जारी गर्न थालिएको थियो ।

NOC को लागि निवेदन भर्न अब www.scs.rbp.gov.bt मा लग अन गर्नु पर्नेछ । यसको १२ घण्टा भित्र NOC जारी गरिने सरकारको दावी छ । यो सेवा सुरु भएपछि घण्टाको १०० भन्दा बढीले निवेदन दर्ता गरेका छन् ।

______________________________________________________

यही जुन २७ को दिन भुटानमा दोस्रो चरणको स्थानीय निर्वाचन हुदैछ । यस बर्षको शुरुमा देशका मुख्य चार शहरमा स्थानीय निकायको चुनाव भएको थियो । थिम्पु, साम्ड्रुप जोंखर, गेलेफु र फुन्छोलिङ पछि दोस्रो चरणमा सबै स्थानिय निकायमा चुनाव हुन लागेको हो । यी शहरहरुमा यस बर्षको शुरुमा चुनाव भएको थियो ।

मे २४ मा तय गरिएको भए पनि चुनाव लड्न चाहाने केहि उम्मेद्वारलाई निर्वाचन आयोगले रोक लाए पछि राजासित आपति पुर्याोएका थिए । निर्वाचन आयोगले उनीहरुलाई राजनितिक पार्टीमा संलग्न रहेको आरोप लाएको थियो । राजाको आदेशमा निर्वाचन आयोगले चुनावको मिति सारेको हो । भुटानको स्थानीय निकायमा राजनैतिक प्रतिनिधित्व हुने छैन ।

राजाको आदेश पछि पहिले चुनाव लड्न नपाउने सबै उम्मेद्वाहरुलाई पनि अब चुनाव लड्न दिइने भएको छ । यस चुनावमा 2194 उम्मेद्वार रहेका छन तर पनि ३२८ गाउ समिति सदस्य पदमा उम्मेद्वारी परेको छैन ।

________________________________________________________

केही समय अघि भएको भीषण आग्लागीबाट पीडित भएका झापाको गोलधाप र मोरङको शनिश्चरेका भूटानी शरणार्थीका लागि ११ लाख बैसट्ठी हजार ६ सय छयहत्तर रुपैयाँ वितरण गरिएको छ ।

पुनर्बासका क्रममा विभिन्न देशमा पुगेका भूटानीहरुबाट भूटान मिडिया सोसाइटीले संकलन गरेको उक्त रकम दुबै शिविरका ४३८३ जना अग्निपीडितलाई तीन चरणमा वितरण गरिएको हो ।

संकलन गरेको राहतबाट गोलधापमा सात लाख अठासी हजार चालीस रुपैयाँ र शनिश्चरेमा तीन लाख उनन्पचास हजार आठ सय साठी रुपैयाँ नेपाल सरकारका प्रतिनिधि तथा शिविरमा कार्यरत संघ-सस्थाका प्रतिनिधि तथा शिविर व्यवस्थापन समितिको उपस्थितिमा वितरण गरिएको सोसाइटीले जनाएको छ ।

राहत वितरण कार्यक्रममा बोल्दै नेपाल सरकारका प्रतिनिधि तथा शरणार्थी समन्न्वय इकाई, गोलधापका इकाई प्रमूख पशुपति निरौलाले गैर आवशीय नेपालीसमेतलाई संलग्न गरेकोमा सासाइटीप्रति आभार प्रकट गरेका थिए ।

पीडित बाल–बालिकाकालागि प्रति व्यक्ति २४० रुपैयाँ तथा बयस्कलाई प्रति व्यक्ति २६० रुपैयाँ वितरण गरिएको छ । परिवारमा एक जनामात्र सदस्य हुनेलाई थप ५०० रुपैयाँ प्रदान गरिएको थियो । संकलित राहतमध्ये दुई लाख छपन्न हजार सात सय अठार रुपैयाँ भने अष्ट्रेलियामा बसोबास गर्ने गैर आवासीय नेपालीबाट त्यहाँ रहेका भूटानी पर्शुराम शर्मा लुइटेलको नेतृत्वमा संकलन गरिएको हो ।

सोसाइटीका अनुसार सबैभन्दा बढी रकम नर्वेबाट उठेको थियो भने गोलधापमा भएको आग्लागीबाट विस्थापित भएका चार जना स्थानीयलाई पनि पीडित शरणार्थीलाई जस्तै रकम वितरण गरिएको छ ।

नर्वेबाट संकलित राहत गोलधाप शिविरका ६७६ जना बाल–बालिकालाई वितरण गरिएको थियो भने गैर आवाशीय नेपाली समुदायबाट संकलन भएको रकमबाट संचार खर्चस्वरुप प्रति व्यक्ति ३०० रुपैयाँका दरले दुबै शिविरका केही स्वयमसेवकहरुलाई वितरण गरिएको थियो ।

Leave a Reply