साताको खबर नेपालीमा

जनसङ्ख्या, शरणार्थी तथा बसाइ सराइ विभागका लागि अमेरिकी उप-सहायक विदेशमन्त्री केली क्लेमेन्ट्सले यस क्षेत्रका शरणार्थी र अन्य जोखिममा रहेका समुदायका बारे गम्भीर चासो आवश्यक रहेको बताएकी छिन् ।

भुटानमा उप-सहायक विदेशमन्त्री क्लेमेन्ट्सले सरकारी नेताहरूसाग भेटी भुटानलाई आˆनो लोकतान्त्रिक मूल्य मान्यता र मानव अधिकारप्रतिको प्रतिवद्धताको चिन्ह स्वरुप नेपालमा लम्बिएको अवस्थामा रहेको शरणार्थी समस्या समाधान अविलम्ब स्पष्ट कदम चाल्न आग्रह गरेकी थिइन् ।

भुटान सरकारले भुटानी नागरिकताका लागि वैध दाबी भएका शरणार्थीको स्वैच्छिक घरफिर्ती तथा पुनःसमायोजनका लागि कार्यविधिबारे द्विपक्षीय वार्तामा सकेसम्म छिटो थाल्ने आश्वासन दिएका थियो । काठमाडौंस्थित अमेरिकी दुतावासले जारी गरेको बिज्ञप्तीअनुसार भुटान सरकारले यस मानवीय स्थितिलाई र विशेषगरी अति जोखिममा रहेकाहरूको अवस्थालाई मानवोचित र समायोचित ढङ्गले समाधान गर्न अन्य बाटा पनि केलाउने कुरामा सहमति जनाएको थियो ।

उप-सहायक विदेशमन्त्री क्लेमेन्ट्सले भुटान र नेपाल सरकार सहमतिमा पुगेपछि अमेरिकी सरकार र अन्तर्राष्ट्रिय समुदाय शरणार्थीको फिर्ता र पुनःसमायोजनको व्यवस्थासम्बन्धी प्रक्रिया सम्बन्धमा सहयोग गर्न तयार रहेको बताएकी थिइन् ।

नेपालमा उप-सहायक विदेशमन्त्री क्लेमेन्ट्सले शिविरमा रहेका सबै शरणार्थीको पुनर्वास सम्बन्धमा र उनीहरूका लागि चीरस्थायी समाधान पत्ता लगाउने कार्यमा प्राप्त सहयोगका लागि नेपाल सरकारलाई अमेरिकी सरकारका तर्फबाट प्रशंसा जनाएकी थिइन् । उप-सहायक विदेशमन्त्री क्लेमेन्ट्सले भारत प्रस्थान गर्ने नयाँ तिब्बती आगन्तुकको सुरक्षित पारवहनको सुनिश्चितताका लागि र नेपाल बसोवास गर्ने तिब्बतीको आधारभूत अधिकारको सम्मानका लागि आग्रह गरेकी थिइन् । मन्त्री सोमबार अपरान्है वासिङटन फर्किएकी छिन् ।
_____________________
भुटानका साङंसदहरुको जिल्लामा आपतकालिन उद्दारका लागि बजेट दिने नदिने बारे मत बाझिएको छ । प्रकोप व्यचस्थापन विधेयक सरकारले अझ सम्म तयार नपारेको विषयलाई लिएर सांसदहरु रुष्ट देखिन्थे । फेसबुक च्याटमा एक सांसदले हामीलाई भने गृह मन्त्रि मिन्जुर दोर्जीले यस्तो विधेयक अर्को संसद बैठकमा पेश गर्ने बताएपछि छलफल रोकिएको थियो । तर अर्का मन्त्रि येसे जिम्बाले भने रकम तुरुन्त पठाउनु पर्ने बताए । विपक्षिले उनको पक्षमा बोलेको थियो ।

गत साल आगलागि र आधीका कारण भएको क्षतिले जिल्लास्तरमा पनि आपतकालिन उद्दार कोष रहनु पर्ने बहस जन्माएको हो । त्यस बेला केन्द्रिय स्तरबाट पिडीत सामु सहयोग पुग्न कैयौ दिन लागेको थियो ।
___________________
पैसा हिनामिना गरेको आरोपमा पक्राउ परेका भुटान नेसनल बैंकका २ जना कर्मचारीको सुवाइ गेलेफु डुंखाग अदालतले सुरु गरेको छ । तिनीहरुलाई भुटानी रुपया ११ लाख हिनामिना गरेको आरोप छ । उनीहरुलाई गत डिसम्बरमा पक्राउ परेका हुन ।

उनीहरुलाई पैसा हिनामिना गर्न सघाउने चिराङको एक व्यापारी भने अहिले सम्म पक्राउ परेको छैन । यस साता भएको पहिलो सुनुवाईमा सरकारका तर्फबाट न्यायधीवक्ताको कार्यलयले उनीहरु बिरुद्धको प्रमाण पेश गरेको छ ।
_________________________________
घरि घरि दोहोरि रहने घटना हो यो । भुटानमा फेरि पनि औषधिको अभाव भएको छ । थिम्पु अस्पतालमा मात्र अति आवश्यक ८२ औषधिहरु सकिएको छ ।

औषधि सकिएपछि औषधि पसलहरुले डाक्टरहरुलाई पत्र लेखी बजारमा पाउने औषधि मात्र विरामीलाई लेखिदिन भनेका छन । यसको मतलब के भने औषधि पसलहरु डाक्टरहरुलाई एउटा रोगको औषधि अर्कै लेख्न समेत बाध्य पार्न खोज्दैछन् ।

देशमा अभाव भएका १३७ औषधि मध्ये ८२ खालका औषधि कोलकाता बाट मगाइको छ भने अरु के हुने थाहा छैन । ब्लड प्रेसर, पेट, मुटुरोग, क्षयरोग, माइग्रेन, इपिलेप्सि जस्ता बिरामको पनि औषधि सकिएपछि बिरामीहरु त्यसै बस्न बाध्य छन् ।

औषधि आयात हेर्ने सरकारी निकाय drugs, vaccine and equipment division (DVED) ले देशमा भएका १२ वटा औषधि supplier हरुलाई गत तीन महिना देखि लगातार ताकेता गर्दा पनि औषधी देशमा भित्रन सकेको छैन ।
_________________________________
भुटानको Royal Insurance Corporation ले बिदेश पढ्न जाने भुटानी विद्यार्थिको लागि स्वास्थ्य विमा गरिदिने भएको छ । राजाको विशेष आदेशमा यो कम्पनिले यसो गर्न लागेको हो । यो सेवा हाल विदेशमा पढिरहेका भुटानी विद्यार्थीका लागि पनि उपलब्ध हुनेछ ।

Leave a Reply