साताको खबर नेपालीमा
भुटानमा रेबिस रोगको घटनाहरु बढ्न थालेको छ । भुटानका मिडियामा गत छ महिनामा मात्र यस्ता केही घटना दोहोरिएको समाचार प्रकाशित भएका छन । पछिल्लो घटनामा गेलेफु च्वबारी बस्ने जिग्मेलिङ लवर सेकेन्डरी स्कुलका एक विद्यार्थी यस रोगबाट मरेका छन् ।
स्थानीय प्रशासनले कुकुरहरुलाई रेबिस बिरुद्धको खोप लाउने तथा यस रोग बारे जनचेतना जगाउने बताए पनि यसो हुन सकेको छैन । रोगबारे कम जानकारी भएका कारण स्थानीय बासिन्दा कुकुरले टोके पनि अस्पताल नजाने र रोगले अन्तिम अवस्था बनाएपछि मात्र डाक्टरकहा पुर्या उने चलन छ ।
समाचार अनुसार यी विद्यार्थीलाई अस्पताल पुर्यालउदा रोगले गाजिसकेको थियो । उपचार हुन नसके पछी उनको अस्पतालमै निधन भएको हो । घटना पछि गाउका २० भन्दा मानिसहरु रेबिज बिरुद्धको खोप लाउन अस्पताल दौडिएका छन् ।
______________________
गत बुधबार भुटानी शरणार्थी शिविर बेल्डागी ३ मा एक जनाको हत्या भएको छ । सेक्टर सी ४ का २१ वर्षीय राम बहादुर गुरुङलाई उनकै घर नजिक साझ ९ बजे अज्ञात व्याक्तिले गोलि हानी हत्या गरेको हो ।
गोलि लागेका घाइते गुरुङको अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । गुरुङको छातीमा तीन राउण्ड गोली प्रहार गरिएको थियो । तेस्रो देश पुनर्स्थपना सुरु हुनेबेला शान्ति कायम गर्न भन्दै प्रहरी बल क्याम्पमै राखे पनि त्यहा शान्ति आउन सकेको छैन ।
हत्याराको खोजी भैरहे पनि प्रहरीले घटनाबारे कुनै पत्तो पाउन सकेको छैन ।
___________________
भुटानले न्यु जि ल्याण्ड भुटानी कामदार न पठाउने निधो गरेको छ । गत साल नै न्यु जिल्यण्डले २ हजार भुटानीलाई कृषी क्षेत्रमा काम दिने प्रस्ताव गरेको थियो ।
भुटान सरकारले भुटानीलाई त्यहा तल्लो स्तरको काम लाउने भन्दै पठाउन नमानेको हो । उसले राम्रो स्तरको काम दिए मात्र भुटानीलाइ पठाउने जनाएको हो । यसबाट कृषी क्षेत्रमा आएका नया प्रविधिबारे सिक्ने मौकाबाट भुटानी कृषक बञ्चित भएका छन् ।
भुटानीहरु न्यु जिल्याण्ड आउन पाएका भए ६ महिनाको अवधिमा भुटानी रुपया ६० हजार भन्दा बढी कमाउथे । अहिले भुटानी कृषको औषत कमाइ २५ सय भन्दा कम छ ।
_______
भुटानले सार्क स्तरीय बाल हिंसा बिरुद्धको सञ्जाल South Asia Initiative to End Violence Against Children (SAIEVAC) खडा गर्नेमा सहमति जनाएको छ ।
काठमाडौमा केन्द्रीय कार्यलय हने यस संस्थाले आगामी ५ वर्षको कार्ययोजनामा बाल बालिका विरुद्ध कुनै पनि स्थानमा हुने शारिरिक, मानसिक र यौन हिंसा, भेदभाव, दुर्व्यावहारलाई अन्त्य गर्ने लक्षय राखेको छ । गएको २० वर्ष सबै अधिकारहरुबाट बञ्चति भएका भुटानी बालबालिकाले यसबाट पनि धेरै आश गर्ने ठाउँ भने छैन ।
______________
भुटानमा छिपेर रहेको भ्रष्टचारका तस्वीरहरु विस्तारै सतहमा देखिन तालेका छन् । Royal Audit Authority ले निकालेको पछिल्लो विवरणमा Bhutan Development Finance Corporation मा २००८ मात्र २० करोड भुटानी रुपया हिनामिना भएको छ । Bhutan Development Finance Corporation लाई अहिले Bhutan Development Bank नामकरण गरिएको छ ।
लोन दिदा, नया दर्बन्दी सृजना गर्दा, ठेका पट्टा दिदा यस्ता भ्रष्टचारहरु भएका हुन् । भ्रष्टचारमा संस्थाका उपमहानिर्देशक Ugyen Dhendup, महानिर्देशक Nawang Gyetse अरु केही प्रबन्धकहरु संलग्न रहेको हुनसक्ने Royal Audit Authority ले जनाएको छ ।
सो संस्थाले उसको केन्द्रीय कार्यलय बनाउने क्रममा पनि साढे पाच करोड हिनामिना गरेको भेटिएको छ । सुचना जारी नगरी चिनेको ठेकेदारलाई कार्यलय बनाउने ठेक्का दिइएको थियो ।
______________________
देशमा बढ्दै गएको औषधी अभाव बारे सांसदहरुले बिहिबार संसदमा कुरा उठाएका छन् । सांसदहरुको प्रश्नमा स्वास्थ्य मन्त्रिले यसतो समस्या फार्मेसीहरुले ठूला औषधी व्यापारीहरुसित सम्बन्ध स्थापना गर्न नसक्दा सृजना भएको बताए । औषधिको अभाव सधै भैरहने भन्दै मन्त्रालय यसको निदानको उपायको खोजीमा रहेको उनले बताए ।
देशमा केही महिना देखी औषधिको अभाव भएको छ । थिम्पु अस्पतालमा मात्र अति आवश्यक ८२ औषधिहरु सकिएका छन ।
औषधि सकिएपछि औषधि पसलहरुले डाक्टरहरुलाई पत्र लेखी बजारमा पाउने औषधि मात्र विरामीलाई लेखिदिन दबाब दिना थालेका छन् । देशमा अभाव भएका १३७ औषधि मध्ये ८२ खालका औषधि कोलकाता बाट मगाइको छ भने अरु के हुने थाहा छैन । ब्लड प्रेसर, पेट, मुटुरोग, क्षयरोग, माइग्रेन, इपिलेप्सि जस्ता बिरामको पनि औषधि सकिएपछि बिरामीहरु त्यसै बस्न बाध्य छन् ।
औषधि आयात हेर्ने सरकारी निकाय drugs, vaccine and equipment division (DVED) ले देशमा भएका १२ वटा औषधि supplier हरुलाई गत तीन महिना देखि लगातार ताकेता गर्दा पनि औषधी देशमा भित्रन सकेको छैन ।