साताको खबर नेपालीमा
थिम्पुको सर्विथाङमा निर्माणाधिन IT Park मा गत जुन २० मा तोडफोड भएको छ । पार्को २ पट्टीबाट छिरेको एक समुहले सुरक्षामा खटिएकालाई कब्जामा लिएर तोडफोड गरेको हो । बाबेसा ग्याङ नाम गरेको समुहले तोडफोड गरेको शंका सुरुमा गरिए पनि प्रहरीको खोजीले त्यहीका कामदारले त्यसो गरेको हुन सक्ने देखिएको छ ।
१५-२० जनाको समुहले करिब १०० वटा सिमेन्टको बोरा काटिदिएको छ, बिजुलीको तार काटेको छ, झ्यालका सिसाहरु फुटाएको छ, कागज पत्रहरु जलाएको छ अनि पानी राख्ने ट्यांकहरु दुलो पारिदिएको छ ।
रोयल थिम्पु कलेजमा पढ्ने एक बिद्यार्थीलाई प्रहरीले त्यस घटनामा संलग्न रहेको शंकामा पक्राउ गरेको थियो तर पछि छोडेको छ । केहीदिन अघि प्रहरीले सोही स्थानबाट एक बेरोजगार युवालाई फलामको रड चोर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट बिहान ती कलेजका विद्यार्थी केटालाई पक्रेको कारण खोज्दै निर्माण क्षेत्रमा पुगेका थिए । प्रहरीले यसकै आधारमा पछिल्लो घटनामा पनि बाबेसाका युवाहरुको हात रहेको शंका गरेको हो ।
तर काटिएका सिमेन्टका बोरा रहेको स्थानमा एक कामदारको जुत्ता पनि भेटिएपछि प्रहरीले तोडफोडमा कामदारको हात रहेको हुन सक्ने अनुमान पनि गरेको छ । त्यहाका १९ जना कामदारलाइ केही समय अघि ठेकेदारले पैसा नदिएको भन्दै भाग्न खोज्दा पक्रेर काममै फर्काइएको थियो ।
___________________________________
संविधानमा देशको समानुपातिक विकास सरकारको लागि बाध्याकारी भनेर लेखिए पनि त्यसो गर्न नसकिने एक मन्त्रिले बताएका छन् । सांसदहरुको प्रश्नको जवाफमा works and human settlement मन्त्रि Yeshey Zimba ले भने विकासका आयोजनाहरु व्यापारको गति र लगानिकर्ताको चाहाना अनुसार अघि बढ्छन् ।
देशको दशौ पञ्च बर्षीय योजनामा शहर र गाउको समानुपातिक विकास गर्ने लक्ष्य राखिएको छ । यस वर्षको लागि सरकारले ल्याएको बजेट त्यससंग मिल्दो जुल्दो छैन । सरकारका अनुसार अबको १० बर्षमा भुटानको ५० प्रतिशत जनसंख्या शहर केन्द्रित हुनेछ । यसलाई ध्यानमा राखेर शहर केन्द्रित विकास योजना र रोजगारको अवसरहरु सृजना गर्न सरकार शहर केन्द्रित रहेको हो ।
थिम्पु र फुन्छोलिङ देशका दुइ प्रमुख व्यापारिक केन्द्र बन्दै गएको अवस्थामा सरकारले यी शहर केन्द्रित आयोजना ल्याउनु आवश्याक छ – ती मन्त्रिले भने । विकास योजनाहरु गाउमै लगे पनि शहरतिर हुने बसाइसराइ नरोकिने उनले थपे ।
_________________
विजुलि बेचेर धनी बनेको भुटानमा विजुली बाल्ने नपाएका कथाहरु बेला मौका बाहिर आउने गर्छन् । वाङदी फोड्राङको यसतै कथा छ । गत बर्षको अक्टोबरमा त्यहा विजुली पुर्यााइयो । मानिसले rice cookers र विजुलीबाट चल्ने अन्य सामाग्रीहरु किने ।
तर आज ती मानिस फेरी पुरानै तरिकाले जीवन जीउन बाध्य छन् । यसको मुख्य कारण भनेको पटक पटक बत्ति जानु हो । कतिपय अवस्थामा स्थानीय बासिन्दाले राइस कुकरमा बसाएको तर बत्ती गएर आधा पाकेको खाना खाएको कथा सुनाउछन् ।
उनीहरुका अनुसार ५ दिन बत्ती आयो भने अर्को १२ दिन आउदैन । पैसा हुनेले बरु सोलार प्यानलहरु राख्न थालेका छन । उज्यालोको लागि धेरैले मम बत्ति र मट्टितेलबाट बाल्ने बत्तिहरु राख्ने थालेका छन् । गतसाल गाउमा विजुली आउदा गाउले मख्ख थिए तर त्यो खुशि आज हराएको छ ।
Bhutan Power corporation का अधिकारीहरु यसरी घरि घरि बत्ति जानुमा पहिरो, हावा हुरी र त्यस्तै अरु प्राकृतिक कारणहरु रहेको बताउछन् ।
____________________________
मोङगार जिल्ला अन्तर्गत गोङ्दु ब्लकका मण्डल पदका उम्मेद्वार उगेन दोर्जीलाई निर्वाचन आयोगले चुनाव लड्न नदिने निर्णय गरेको छ । आयोगको चुनावसंग सम्बन्धित मुद्दा हेर्ने विभागले दोर्जीलाई भ्रष्टचारमा संलग्न रहेको भन्दै यसतो निर्णय सुनाएको हो ।
दोर्जीका प्रतिद्वन्दी छेवाङ तोब्गेले उनीबिरुद्ध भ्रष्टचारको आरोप लाउदै मुद्दा दर्ता गरेपछि आयोगले यसतो निर्णय गरेको हो । मे २३ मा भएको चुनावपुर्व मतदानमा तोब्गे दोर्जीबाट १ मतले हारेका थिए । त्यसबेला दोर्जीले ६ जना लाई वियर दिएर मत जितेका थिए । स्मरण रहोस भुटानमा एउटै गाउबाट २ जना मण्डलका उम्मेद्वार हुन नपाउने व्यवस्था छ । त्यसो भयो भने उम्मेद्वार छान्न पनि एक पटक चुनाव पुर्व मतदान हुन्छ ।
उगेन दोर्जीले त्यो घुस नभइ कामको ज्याला लिन आएका कामदारलाई चियापानी दिएको मात्र हो भनेका छन् । आयोगले यसलाई घुस ख्वाएको भन्दै दोर्जीलाई ६००० फाइन तोकेको छ भने अरु ६ जनालाई प्रतिव्याक्ति ३००० फाइन तोकेको छ ।
_________________
थिम्पुमा पानीको चरम अभाव सृजना भएको छ । अधिकांस धारामा पानी आउदैन यतिखेर । वर्खा सुरु हुनुभन्दा पहिलेको सुख्खा मौसममा हुने यो अभाव थिम्पुको लागि कुनै नौलो हैन । गएको २ वर्षदेखि यसतो समस्या देखिन थालेको हो ।
१ लाख २४ हजार जनसंख्या रहेको थिम्पुमा ८५ हजार मानिसलाई मात्र पुग्ने दैनिक १ करोड १५ लाख लिटर पानी २ वटा प्लान्टबाट सप्लाई हुन्छ । हाल थिम्पुको पानीको माग १ करोड ६७ लाख ४० हजार लिटर हो ।
भुटानमा जुलाई र अगष्टमा पानी पर्छ । November देखि January सम्म सुख्खयाम हो र वर्षामा जम्मा गरिएको पानी उक्त सुख्खा याममा सप्लाइ गरिन्छ । January पछि हिउ पग्लेर आएको पानीले केही समयका थेग्छ ।
थिपु मेयर किन्ले दोर्जीका अनुसार भारत सरकारबाट ३ करोड रुपया खाने पानि योजना निर्माणका लागि सहयोग स्वरुप प्राप्त भएको छ ।