साताको खबर नेपालीमा

गत सोमबार भुटानमा दोस्रो चरणको स्थानीय चुनाव सम्पन्न भएको छ । यसै वर्षको सुरुमा चार ठुला शहरमा चुनाव सम्पन्न भएको थियो । यस चुनाव पछि भुटानमा मत मार्फत प्रतिनिधी चुन्ने पहिलो अभ्यास पूरा भएको छ ।

३ लाख ४७ हजार १ सय ३३ मतदाता मध्ये करिब ५५ प्रतिशतले मात्र मताधिकार प्रयोग गरे । यस पटक ३०५ वटा ब्लक, ख वर्गका शहर अनि यस अघि उम्मेद्वार नभएर चुनाव हुन नसकेका शहरी इलाकामा चुनाव भएको हो । अझ पनि केही स्थान उम्मेद्वार नभएका कारण चुनाव भएन भने केही ठाउ एक जना मात्र उम्मेद्वार थिए ।

१ हजार ३ छोक्पा, ५ सय ८२ कारबारी र ५ सय ७८ मण्डल सहित २ हजार १ सय ८९ गम्मेद्वार मैदानमा थिए । १ हजार १ सय ३ मतदान केन्द्रमा ५ हजार ४ सय ७५ कर्मचारी खटिएका थिए भने २ हजार ९ सय ६५ Electronic Voting Machine प्रयोग भएको थियो । यस निर्वाचनका लागि ३० करोड खर्च भएको थियो ।
_____________________________

भुटानमा जलविद्युत परियोजना फैलाउदै जादा कामदारहरुको माग बढेको छ । भुटानको लागि कामदारको स्रोत भनेको भारत मात्र भएकोले हिजो आज भुटान काम गर्न जाने भारतीयहरुको भीड बढ्न थालेको छ । हिजो आज गेलेफु अस्पतालमा कामको लागि आवश्यक स्वास्थ्य प्रमाणपत्र लिने भारतीयहरुको भीड अत्याधिक बढेको छ ।

तर सिमित डाक्टर र स्वास्थ्यकर्मीहरुको अभावका कारण प्रमाणपत्र लिन आउने सबैले सेवा पाउन सकेका छैनन् । डाक्टरहरु विरामीलाई जाच्न छाडेर स्वास्थ्य परिक्षण गर्ने आउने कामदारहरुको जाच गर्न थालेका छन् ।

कामदार पठाउने ठेकेदारहरुका अनुसार भुटानमा केही महिना देखि जलविद्युत परियोजना कामदारहरुको माग ह्वात्तै बढेको छ । तर त्यसको लागि आवश्यक पर्ने स्वास्थ्य प्रमाणपत्र निकाल्न गार्हो् छ । उनीहरुले कामदारको स्वास्थ्य जाच गरेर प्रमाणपत्र दिनका लागि छुट्टै डाक्टरहरुको व्यावस्था गर्न माग गरेको छन् ।

दैनिक २०० भन्दा बढी कामदार स्वास्थ्य जाचको लागि उक्त अस्पतालमा आए पनि ६० जनाले मात्र सेवा पाउन सकेका छन् ।

__________________________

तल्लो सदन National Assembly ले रक्सी र गाडी आयातमा कर बढाएको केही दिन बित्न नपाउदै माथिल्लो सदन National Council ले जमिनको कर बढाउन प्रस्ताव गरेको छ ।

National Council का सदस्य सोनाम दोर्जीले दर्ता गरेको प्रतावमा भनिएको छ, केही बर्षको अवधिमा जमिनको दाम आकासिएको कारण करको दरमा पनि परिवर्तन गर्नु पर्ने हुन्छ । भुटानमा कैयौ बर्षदेखि जमिनको करमा परिवर्तन गरिएको छैन ।

भुटानमा केही साल यता बढेको बसाइ सराइका कारण सहरमा जमिनको भाउ आकासिएको छ भने गाउतिर जमिनको दाम घटेको छ ।

_________________________________

जुन २७ तारिक का दिन थिम्पुमा एक २५ वर्षे युवकले अर्का १७ बर्षे युवकलाई छुरा प्रहार गरि सख्त घाइते बनाएको छ । घाइते युवकको थिम्पु अस्पतालमा उपचार भैरहेको छ ।

अपरान्है ५ बजे हङकङ मार्केटमा भएको उक्त घटनामा घाइते युवकको छातीको दाहिने तिर ठुलो चोट लागेको छ ।

प्रहरीका अनुसार २ युवा समुहविच भएको ग्याङ फाइटमा ती युवकमाथि छुरा प्रहार भएको हो । छुरा प्रहार गर्ने युवाक अझ सम्म फरार छ । प्रहरीका अनुसार उक्त युवक यस अघी पनि यस्ता धेरै घटनाहरुमा संलग्न रहेको पाइएको छ ।
_______________________________

प्रधान मन्त्रि जिग्मे थिन्लेले सरकारको गत बर्षको गतिबिधि समेटिएको बार्षिक प्रतिवेदन शुक्रबार बसेको संसदको संयुक्त बैठकमा पेश गरेका छन् ।

गत बर्ष भएका उल्लेख्य घटनाहरुको बर्णनबाट सुरु गरेका थिन्लेले राजा जिग्मे खेसरले बिहे गर्ने भनेर गरेको घोषणालाई सबैभन्दा ठुलो उपलब्धिका रुपमा राखेका छन् । त्यसपछि राजा जिग्मे सिंगेले पाएको वातावरण संरक्षण सम्बन्धि पुरस्कार र सरकारले गरेको दशौ पञ्च बर्षीय योजनाको मध्यावधि मुल्यांकनलाई गतिला उपलब्धिका रुपमा राखेका छन् ।

सरकारको प्रतिबेदन अनुसार २०१० मा ९४ प्रतिशत बालबालिकाले स्कुल भर्ति पाए । पुनाखामा १०० प्रतिशत पुगेको छ । हरेक जिल्लामा कम्तिमा २ वटा एम्बुलेन्स पुगेको छ, ९३ प्रतिशत गाउमा शुद्ध खानेपानि पुगेको छ अनि २०५ मध्ये २०३ ब्लकमा मोबाइल सेवा पुगेको छ । रहल २ ब्लकमा आगामी डिसम्बर सम्ममा पुर्या्इने छ ।

उनले संसदको निर्देशन अनुसार भ्रष्टचारमा मुछीएका स्वास्थ्य मन्त्रायका केही कर्मचारीमाथि कारवाही भएको बताए । गत वर्ष भुटानमा ४० हजार पर्यटक भित्रिए । यो सोचे भन्दा ५ हजार बढी हो । बेरोजगार दर ३.३ प्रतिशत बाट झरेर ३.१ प्रतिशतमा पुगेको छ ।

उनले आफ्नो रिपोर्टमा भुटानी शरणार्थी समस्या हलका लागि नेपालसित चाडै बार्ता गर्ने बताए । केही महिले अघि नेपाल भ्रमणका क्रममा नेपाली समकक्षी झलनाथ खनालसित यसबारे बार्ता भएको पनि उल्लेख गरे ।

Tags:

Leave a Reply