साताको खबर नेपालीमा
Bhutanese Association in South Australia (BASA) र अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अष्ट्रेलियाको संयुक्त आयजनामा आइतवार एड्लेडमा एक विशेष कार्यक्रमविच १९८औ भानु जयन्ति मनाइयो ।
नेपाली र भुटानी समयदायबाट करिब ५० जना कार्यक्रममा सहभागि थिए भने १६ जना स्रष्टाले आ-आफ्नो रचना वाचन गरेका थिए । वाचनबाट उत्कृष्ठ ठहरिएको राजु उपाध्याय कविता यसै महिना लन्डनमा हुने अनेसासको दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा सहभागि गराइने छ । इतिहास, माया प्रिती, व्यक्तिगत कथा र शरणार्थी जीवनका कथा चावकहरुले सुनाएका थिए । युवा मनका भावना पोख्ने रोमान्टिक र देश हराएको जस्ता व्याङ्ग्यात्मक कविताहरुले सहभागिको मन जितेको थियो ।
प्रतियोगितामा नारायन भट्टराइको कविता दोस्रो भएको थियो भने ईन्दुकेश पाण्डेको कविता तृतीय भएको थियो । सबै सहभागिहरुलाई प्रमाणपत्र दिइएको थियो भने विजेताहरुका लागि सगरमाथा रेष्टुराँले उपहार प्रायोजन गरेको थियो ।
उक्त अवसरमा आगामी लक्ष्मी जयन्तिका अवसरमा प्रदान गरिने १० हजार वराबरको महावीर पुरस्कार र सात हजार ५ सय बराबरको अधिकारी साहित्य पुरस्कारको पनि जानकारी दिइयो । यी पुरस्कारहरु नेपाल बाहिर बसेर नेपाली भाषालाई योगदान पुर्याीउनेहरुलाई प्रदान गरिने छ ।
____________
संसदको बर्षे बैठक सकिएको छ । यस अघिका भन्दा यसपालाका बैठकहरु केही उपयोगी भए । संसदके निकैवटा ऐनहरु पारित गर्यो भने केही महत्वपुर्ण विषयहरुमा सहमति कायम गरेको छ । २ वटा अन्तराष्ट्रिय सन्धिहरु पनि पारित गरेको छ ।
तर यसपटक पनि माथिल्लो सदन बजेट सम्बन्धमा शक्तिही रह्यो । बजेट पारित गर्दा उसको कुनै पनि सुझावलाई समेटिएन ।
दुबै सदन राजनैतिक पार्टीहरुलाई राज्यबाट आर्थिक सहयोग हुने वा नहुने भन्ने बिषयमा सहमतिमा आएका छन् । एक विशिष समिति गठन हुनेछ र यसले आगामी संसद बैठकमा त्यसबारे प्रतिबेदन पेश गर्ने छ ।
संसदबाट पारित ७ बटा ऐनहरुलाई राजाले समेत स्वीकृत गरेका छन् ।
____________________________
यस बर्षको अडिटिङले भुटानमा गत सालको भन्दा भ्रष्टचार झन्डै दोब्बर बढेको देखाएको छ । अडिटिङ प्रतिबेदन अनुसार २०१० मा नुल्ट्रम ६८ करोड १० लाख भ्रष्टचार भएको छ ।
संसदको सार्वजनिक लेखा समितिले यसबारे गम्भीर चासो व्याक्त गरेको छ । स्वास्थ्य मन्त्रालय सबैभन्दा बढी भ्रष्ट देखिएको छ भने रोयल इन्सोरेन्स कर्पोरेसन दोस्रो नम्बरमा छ । चुनाव जितेर प्रधानमन्त्रि हुदा जिग्मे थीन्लेले उनको सरकारलाई भ्रष्टचार असह्य हुने बताएका थिए । तर उनको कार्यकालमा नै भष्टचार बढ्दै गएको छ ।
____________________
भुटान सरकारले कामदारको ज्याला बढाएको छ । तर यो ज्याला दर सरकारी निकायले सञ्चालन गरेका परियोजनाहरुमा काम गर्ने भुटानीहरुका लागि मात्र हो । बजारमा चल्ती ज्याला दरमा ६० देखि ६५ प्रतिशत बढाइएको छ । यस्तै कामदारको न्युनतम ज्यालादर ५० नुल्ट्रम हुने सरकारको घोषणमा उल्लेख छ ।
विपक्षी दलले यसलाई बजारमा हाल रहेको मल्यबृद्धि भन्दा कम रहेको बताएको छ । तर सरकारले ज्यालादर बृद्धि गर्दा एक दशकको मुल्यबृद्धिलाई ध्यानमा राखेको जनाएको छ । सरकारले गत दश वर्षसम्म ज्यालादरमा कुनै परिवर्तन गरेको थिएन ।
_____________________________
संसदले राजनैनिक दललाई राज्यले नगद सहयोग गर्ने कि नगर्ने भनेर एक समिति मार्फर अध्यायन गर्ने प्रस्ताव पास गरेको छ । निर्वाचन आयोग, Royal Audit Authority, अर्थ मन्त्रालय अन्तर्गतको बजेट महाशाखा र न्यायधिवक्ताको कार्यलय समम्मिलित एक समितिले यसको छिनो फानो लाउने छ । अध्यायन रोपोर्ट संसदको गुड गभर्नेन्स समितिलाइ आगामी अक्टोबरमा बुझाइने छ ।
यस अघि National Council ले National Assembly ले राजनैतिक दललाई राज्यबाट सहयोग गरिनु पर्ने भनी गरेको प्रस्ताव अस्वीकार गरेको थियो । प्रतिवेदन अर्को संसद बैठकमा छलफलका लागि पेश गरिने छ ।
संसदको दोस्रो बैठकले राजनैतिक दललाई राज्याबाट आर्थिक सहयोग हुनुहुदैन भन्ने प्रस्ताव पास गरेको थियो । यसकै आधारमा माथिल्लो सदन संविधान परिवर्तन नभए सम्म यसतो सहयोग दिनु असंवैधानिक हुन्छ भनेको हो । उसले चुनावका बेला मात्र यसतो सहयोग गर्नु पर्ने अडान राखेको छ ।
___________________
भुटानले अब आफै डाक्टरहरु उत्पादन गर्ने छ । अर्को वर्ष Bhutan Institute of Medical Sciences (BIMS) मा ५० भुटानीले यसको पढाइ सुरु गर्नेछन् । थिम्पु रिफरल अस्पताललाई अध्यायन केन्द्र बनाइने छ ।
अध्यायन केन्द्र स्थपना सम्बन्धि कानुन यसपालीको संसद बैठकमा पनि प्रस्तुत गरिएको छ । भारतको All India Institute of Medical Sciences पढाइ सञ्चालन गर्ने सहयोग गर्नेछ । यसबारे अध्यायन गर्ने भारतबाट एक टोली थिम्पु पुगेको थियो यो साता । सो टोलीले थीम्पु अस्पतालको भ्रमण समेत गर्यो ।
भुटानका अस्पतालहरुमा अधीकाशंत: भारत र बंलादेशका डाकटरहरु हुन्छन । सरकारले खर्च पेलेर पनि भुटानीले चिकित्सा पढ्न बिदेश पठाउन सकेको छैन । थोरै भुटानी आफ्नै खर्चले पढ्छन तर देश फर्कदैनन् ।