गधाको बयान

यो कविता सन १९९० भन्दा अघि भुटानको कक्षा २ कि नेपाली पाठ्यक्रममा समावेश थियो । त्यस बेलाको भुटानको नेपाली पाठ्यक्रम (किताब) डा. तारानाथ शर्मा ज्युले बनाएको भन्ने जानकारी मलाइ छ । तर यो मिठो कविताको रचयिता को हो मैले पत्तो लाउन सकिने । कसैलाई थाहा छ ?

जहिले मैले जन्म लिएथे
माछो रुखमा चढ्थ्यो
पहरो डुल्थ्यो, निगुरो फुल्थ्यो,
दर्शिन ढुंगो बढ्थ्यो

झार पात सब विवाद गर्थे
बग्थ्यो नदी उकालो
रुपैया पैसा रुखमा फल्थे
हुन्थ्यो दुध जति कालो

हात्ती उड्थे घोडा उड्थे
मुसा खेल्थे पौरी
राती डुल्थे किरा खान्थे
एक्लै बस्थे मौरी

भैसी पाल्थे चितुवा बाघ,
पुतली ढाल्थे राग
दात भएका सिङ भएका
सेता हुन्थे काग

घरमा बसेर कुखुरा रुङथे
चिल बेसारा स्याल
बादर रुङथे बिस्कुन बाली
बनौ अरु के हाल

4 Comments

Leave a Reply