साताको खबर नेपालीमा
गत महिना निर्वाचित स्थानीय निकाय मध्ये गप अर्थात मण्डलहरुलाई राजा तथा प्रधान मन्त्रिले राजधानी थिम्पुमा भेटेका छन् । तीन घण्टे सुझाव भाषणमा प्रधान मन्त्रि थिन्लेले मण्डलहरुलाई जनताको सेवक भएर काम गर्नु भने । जनताले दिएको विश्वासमा तुषारापात भए कुनै अपराध नभए पनि व्यक्तिगत रुपमा उनीहरुको सबैभन्दा ठूलो असफलता हुने थिन्लेले बताए ।
उनले मण्डलहरुलाई दशौ पञ्च बर्षीय योजनालाई गाउँ तहसम्मा लागु गर्नका लागि सरकारलाई सहयोग गर्नु पर्ने बताए । हरेक सांसदलाई दिनइने निर्वाचन क्षेत्र बिकास अनुदानलाई गाउँको विकासमा उपयुक्त तरिकाले प्रयोग गर्न सुझाए ।
२०५ ब्लक मध्ये १९१ मा मण्डलहरुको चुनाव सम्पन्न भैसकेको छ । तर अधिकांश पुरानै अनुहार छन् । एक जना मात्र महिला छिन् । त्यस्तै प्रधान मन्त्रिले ड्रिगलाम नाम्जालाई कडाइका साथ गाउमा लागु गर्न पनि आदेश दिए । थिम्पुमा रहदा उनीहरुलाई ड्रिगलाम नाम्जा, स्थानीय निकाय ऐन, केन्द्र सरकारबाट आउने अनुदान, योजना बनाउने तरिका र आर्थिक प्रकृया जस्ता बिषयमा तालिम दिइने छ ।
त्यस्तै टासीछोजोङमा आयोजित एक कार्यक्रममा उनीहरुलाई राजाले dhar तथा kabney प्रदान गरे । मण्डलहरुलाइ सम्बोधन गर्दै राजाले २००८ को चुनाव यता भएका केही महत्वपूर्ण कामहरुले भुटानमा प्रजातन्त्रको जग दरिलो बनाउदै लगेको बताए ।
राजाले भुटानको प्रजातन्त्र बलियो बनाउने वा कमजोर बनाउने भन्ने बिषय स्थानीय सरकारमा रहने प्रतिनिधिको रहने हुनाले मण्डलहरुले उच्च मनोबलका साथ काम गर्नु पर्ने बताए ।
________________________
गेलेफु क्षेत्रिय अस्पतालमा चिकित्सकहरुको अभाव भएको छ जसले गर्दा त्यहा कार्यरत चिकित्सकहरुलाई सेवा पुर्याकउन धौ धौ परेको छ । विरामीले डाक्टर भेट्न कैयौ घण्टा लाइनमा बस्नु पर्छ ।
कतिपय अवस्थामा घण्टौ कुरे पनि समय अभावका कारण विरामी डाक्टर नभेटी घर फर्कन बाध्य हुन्छन् । सहरमा जनसंख्या बढ्दै गएका कारण यो समस्या देखिन थालको स्थानीय बासिन्दा बताउछन् । सरकारले जनसंख्या बुद्धिदर अनुसार डाक्टरहरुको दरबन्दी बढाएको छैन । म्यानमारबाट आएका एक चिकित्सकले गत जनवरीमा अस्पताल छाडेपछि समस्या अझ बढेको हो ।
हाल सो अस्पतालमा १० जना डाक्टरहरु कार्यरत छन् । त्यहा दैनिक २०० विरामी उपचारका लागि आउने गर्छन् ।
______________________
भुटान लोटरीको नाम त भुटान र भारतमा बस्ने धेरैले सुनेको हुनु पर्छ । गतसाल बिजिनेस भुटान पत्रिकाले यसमा छिपेको भ्रष्टचारको जालो खुलाएपछि यो बन्द भएको छ । गत महिना एक पत्रकार सम्मेलनमा प्रधान मन्त्रि र मन्त्रिहरुले सो पत्रिका र समाचार लेख्ने पत्रकारले राष्ट्रिय स्वार्थ विपरित समाचार लेखेको आरोप लाएका थिए ।
उनीहरुले पत्रकार तेञ्जीङ लाम्साङलाई भारतको जासुस भएको आरोप सम्म लाए । अहिले भुटान लोटरीलाई भारतका कतिपय राज्यमा समेत प्रतिबन्ध लाइएको छ ।
भुटानको रोयल अडिट अथोरिटिले गरेको लेखा लरिक्षिणका अनिसार २००७ मा सो लोटरी चलाउने कम्पनिले नुल्ट्रम २६४ अर्ब कमाएको थियो । भारतीय समाचारहरुका अनुसार वास्तविक कमाइ त्यो भन्दा निकै धेरै हुनु पर्छ । बिजिनेस भुटान पत्रिकाले पछिल्लो पटक लेखेको छ, लोटरीबाट हुने यो कमाइ भुटानले उसको हाल सञ्चालनमा रहेको सबैभन्दा ठूलो जलविद्युत आयोजना तालाको भन्दा ३८ गुणा बढी हो ।
भुटानले तयारी गरे अनुसार २०२० मा १०,००० मेघावाट विजुली उत्पादन हुनेछ । हालको तालाको आयको आधारमा हेर्ने हो भने त्यस बेला भुटानले समग जलविद्युत बाट बार्षिक नुल्ट्रम ७० अर्ब कमाउने छ । यसरी हेर्दा भुटानले आगामी २०२० मा समग्र विद्युतबाट कामाउने रकमको चार गुणा बढी उक्त लोटरीले २००७ मा नै कमाएको थियो । यसले छर्लंग पार्छ भुटानमा आर्थिक हिना मिना कति भैरहेको छ ।
_________________
सत्तारुढ दल Druk Phuensum Tshogpa (DPT) ले २००८ को चुनावताका लागेको ऋण घटाउने प्रयास स्वरुप प्रत्येक सांसदबाट रकम उठाने निर्णय गरेको छ । ४४ सांसदले नुल्ट्रम ५५ लाख उठाउने छन् ।
मन्त्रिहरुले प्रति व्यक्ति २ लाख दिनेछन् भने सांसदहरुले प्रति व्यक्ति १ लाख दिने छन । यसबाट पार्टीलाई लागेको २ करोड ऋण कम गर्न सहयोग पुग्ने नेताहरुले विश्वास लिएका छन् । सभामुख पार्टी सदस्य भए पनि उनलाई सहयोग मागिने छैन । अरुले यसै महिना सो रमक पार्टीमा बुझाउनु पर्ने छ । यस बाहेर सांसद र मन्त्रिहरुले प्रति महिना उनीहरुले पाउने तलबको १० प्रतिशत बुझाउने गरेका छन् । हाल पार्टीको कोषमा १ करोड ४५ लाख रकम छ ।
पार्टीले सदस्यता शुल्कबाट उठाएको रकमले ऋण तिर्न सक्ने अवस्था अवस्था नदेखे पछि यसो गर्न लागेको हो । शुरुमा सदस्यता शुल्क बार्षिक ३०० सय राखे पनि अहिले त्यो घटाएर १०० बनाइएको छ । तर पार्टीको सदस्या संख्या करिब शुन्यमा पुगेको छ ।
विपक्षि दन पिपल्स डेमोक्रेटिक पार्टीलाइ पनि त्यही हाराहारीमा ऋण छ । तर दुइ जना मत्र सांसद भएका कारण सो पार्टीले ऋण तिर्न केही गर्न सकेको छैन । सो पार्टीले राज्यले राजनैतिक दललाई आर्थिक सहयोग दिनु पर्ने सत्तारुढ दलको प्रस्तावलाई अस्वीकार गरेको छ । माथिल्लो सदनले पनि सो प्रस्ताव अस्वीकार गरेको छ ।
निर्वाचन आयोगले २०१२ जुन पहिले उक्त ऋण चुक्ता नगरे दुबै पार्टीहरुलाई अर्को चुनावमा भाग लिन नदिने घोषणा गरिसकेको छ ।
_____________________________
नेपाली विद्युत प्राधिकरणले बेल्डागी शरणार्थी शिविरमा दिदै आएको विद्युत बन्द गरेको छ । स्थानीय बासिन्दाले कैयौ घण्टा बत्ती नआउने, आए पनि भोल्टेज कम भएका कारण कामै नहुने गुनासो गर्ने थाले पछि आपुर्ती बन्द गरेको प्रधिकरणले जनाएको छ ।
शिविरहरुमा आपूर्ती बन्द गर्ने बारे स्थानीय बासिन्दा र प्राधिकरण विच हालै सम्झौता भएको थियो । बुधबार र बिहिबार प्राधिकरणका कर्मचारी गएर बेलडागीमा तार काटे अनि मिटर बक्स छुटाए । गर्मीको समय नेपालको तराई क्षेत्रमा विद्युत धेरै खपत हुने गर्छ ।