साताको खबर नेपालीमा

भुटानीज एसोसिएन इन साउथ अष्ट्रेलियाको पहिलो साधारण सभा हिजो शनिबार दक्षिण अष्ट्रेलियाको राजधानी एडलेडमा सम्पन्न भएको छ । सभाले संविधान परिमार्जन गरी संस्थाको संरचनामा व्यापक परिवर्तन गरेको छ भने भुटानी बाहेकलाई पनि सदस्यता दिने निर्णय गरेको छ । साधारण सभाले इच्छा पौडेलको नेतृत्वमा निर्वाचन समिति गठन गरेको छ । नयाँ निर्वाचन मार्फत नयाँ समितिहरु चाडै गठन हुने अपेक्षा गरिएको छ । चुनावको मिति भने तोकिएको छैन ।

बासाले तेस्रो मुलुकमा पुगेर पनि त्यहाको सरकारको विश्वास जितेर पुनर्थाा पना अन्तर्गत दक्षिण अष्रेुललिया आउनेहरुका लागि सेटलमेन्ट सहयोग कार्यक्रम चलाउन मात्र सक्षम भएन कि विश्वामा छरिएर गठन भएका भुटानी संगठनहरु मध्ये सबै भन्दा समावेशी संस्थाका रुपमा यो बिकास भएको यसमा कार्यरत व्याक्तिहरुको दाबी छ ।

____________________

भुटानको निर्वाचन आयोगले बराबर मत ल्याएर चुनाव रद्द भएका दुइ ठाउँमा पुन: निर्वाचन गर्ने मिति तोकेको छ । आयोगको सुचना अनुसार पुनाखाको ग्योन सारी ब्लकमा मण्डल तथा सर्भाङको सेराबलिङ गाउँमा छोक्पाको चुनाव आगामी अगष्ट १२ मा हुनेछ ।

चुनावी प्रचार प्रसार शुक्रबार सुरु भएको छ र अगष्ट १० सम्म उनीहरुलाई प्रचार प्रसार गर्न दिइने छ । गत महिना चुनावको बेला भएको खर्चको हिसाब किताब बुझाउन ढिला गरेका कारण चुनावी प्रचार प्रसार तोकिएको मिति भन्दा तीन दिन ढिलो सुरु भएको हो । तर उम्मेद्वारहरुले सो प्रचार प्रसार समय धेरै भएको बताएका छन् । एक जनाको लागि चुनावी खर्च अधिकतम नु. ५० हजार तोकिएको छ ।

पुन: चुनाव लड्नेहरुमा पुनाखामा किन्ले दोर्जे र किन्ले वाङछुक तथा सर्भाङमा पासाङ तामाङ र ठाकुर सिङ घले छन् । सर्भाङ्मा उम्मेद्वारहरुले गत महिनाको चुनावमा जस्तै भोटिङ मेसिनमा फोटो उल्टो पाल्टो नपरोस भनि आयोगलाई सतर्क गराएका छन् ।

________________________________

बर्षौदेखिको पर्खाइपछि थिम्पुले अन्तत: जिल्ला अस्पताल पनि पाएको छ । ६० सय्याको गिदाकोम नामको यो अस्पताल स्वास्थ्य मन्त्रालयले थिम्पु जिल्ला प्रशासनलाई बुधाबार बुझाएको हो । अस्पताल थिम्पु सहर भन्दा १७ किलोमिटर बाहिर छ । यस अन्तर्गत पाँचवटा क्लिनिकहरु पनि सञ्चालन हुनेछन् ।

यस अघि सो अस्पताल जिग्मे दोर्जी नेसनल रेफरल अस्पताल अन्तर्गत सञ्चालित थियो । अरु सबै जिल्लामा जिल्ला अस्पताल भए पनि थिम्पुमा थिएन। यहाका बासिन्दा उपचारका लागि जिग्मे दोर्जी नेसनल रेफरल अस्पताल नै जान्थे । जिग्मे दोर्जी नेसनल रेफरल अस्पताललाइ सरकारले चिकित्सा अध्यायन केन्द्र बनाउने तयारी गरेको छ ।

सन् ६० को दशकमा बनाइएको यस गिदाकोम अस्पतालका हाल ६० मध्ये ३५ शय्या क्षयरोग र लेप्रोसीमा बिरामीहरुले ओगटेको छ ।

______________________________________

सरकारी जागिरका लागि लिइने परिक्षा नजिकिदै गर्दा जागिरका लागि इच्छुक व्यक्तिहरु देशमा रहेको दुइवटा मात्र जोङ्खा प्रशिक्षण केन्द्रहरुला राष्ट्रिय भाषा सिक्न ताती लागेका छन् ।

यसले भुटानका नयाँ पुस्तामा जोङ्खा भाषाको ज्ञान कति छ र सरकारले दबाब लाए जस्तै सो भाषा सिक्न कतिको इच्छुक छन् भन्ने देखाएको छ । जोङ्खा भाषा नयाँ पुस्ताका लागि औपचारिकता पूरा गर्ने माध्यम मात्र बनेको छ । स्कुल तथा कलेजहरुमा यो भाषा सिकाइए पनि युवा पुस्ता यो भाषा अति गार्होब मान्छ ।

२००५ मा स्थापना भएको जोङ्खा ल्याङग्वेज इन्चिग उटले २३५ जना बिद्यार्थी मात्र लिन सक्छ भने २००२ मा स्थापना भएको जोङ्खा डेभेलोपमेन्ट ट्रेनिङ इन्चिजनउटले १२० बिद्यार्थी लिन सक्छ । यी दुबै केन्द्रहरुको उद्देश्य भनेको जागिर खान इच्छुकहरुलाई जोङ्खा भाषा सिकाएर सरकारी जागिर खान दिइने परिक्षा उतीर्ण गराउनु हो ।

_____________________________

सरकारले रोजगार बृद्धि गर्न भन्दा पनि यस संग सम्बन्धित जानकारीहरु हासिल गर्न खर्च बढी गरेको देखिएको छ । गत महिनाको सरकारी प्रतिवेदन अनुसार भुटानमा बेरोजगार दर ३.७ प्रतिशतबाट घटेर ३.१ प्रतिशरमा झरेको छ ।

सरकारले बेरोजगारहरुको तथ्याङहरु आवधिक रुपमा बुलेटन मार्फत दिने गरेको छ । यसका लगि गरिने अध्यायनमा नु. ४३ लाख खर्च गर्छ । त्यसमध्ये २२ लाख जानकारी संकलनमा खर्च हुन्छ, १७ लाख सर्वेक्षण र वेरोजगार तथ्यांक पुस्तिका, ३ लाख तालिम अनि ६५ हजार बुलेटिन प्रकाशन गर्नमा खर्च भएको देखिन्छ ।

तर यसले पनि बेरोजगार र रोजगारदाताहरु बिच सम्बन्ध स्थापना गर्ने क्षेत्रमा सरकार त्यति सफल भएको देखिदैन । बेरोजगारहरुले कहा नयाँ रोजगारका अवसरहरु खुलेका छन् भनेर सरकारले जानकारी आफूहरुलाई नदिएको गुनासो गरेका छन् । यो गुनासोहरुलाई सम्बोधन गर्न सरकारले दर्ता भएका बेरोजगारहरुलाई उनीहरुले चाहेको क्षेत्रमा रोजगारीका अवसरहरु खुलेको जानकारी SMS बाट जानकारी दिने सेवा सुरु गरेको छ । यसका साथै गेलेफू, साम्ड्रुप जोङखर, थिम्पु र फुन्छोलिङमा पनि रोजगार सेवा केन्द्रहरु खोलिएका छन् ।

Leave a Reply