साताको खबर नेपालीमा

यो साता भुटानको बायुसेवा निगमको फ्लाइटमा निकै समस्या देखियो । साताका अधिकांश उडाहनहरु रोकिए । पहिलो जहाज उड्दै गरेको चरामा ठोकिए पछि एक साताका लागि थन्किएको थियो भने दोस्रो जहाउ प्रवाविधिक गडबढीका कारण थन्कियो ।

चरामा ठोक्किएको कारण जहाजको पंखाको ब्लेड र एउटा लाइट बिग्रिएको थियो । लाइटको मर्मत भैसकेको खबर छ । मर्मतको लागि यसलाई ब्यांकक पुर्या इएको छ । अर्को एयरबसको भने अवतरण गर्दा प्रयोग हुने चक्काको ब्यारिङमा समस्या देखिएको छ ।

तीन मध्ये २ वटा जहाज थन्किए पछि हाल ड्रुक एयरको ११४ यात्रु क्षमता भएको एउटा जहाज मात्र सञ्चालनमा छ । उडान कनेक्सन भएका बिद्यार्थीहरुका लागि ड्रुक एयरले अर्को बायुसेवा कम्पनिबाट टिकट किनिदिने परिबन्ध मिलाएको छ ।

____________________________________
राजनैतिक दललाई राज्यबाट सहयोग हुनु पर्छ वा पर्दैन भन्ने निर्क्योल गर्न बनेको विशेष समितिको पहिलो बैठक आउने साता बस्ने संभावना छ । सो समितिमा निर्वाचन आयोग, रोयल अडिट अथोरिटि, बजेट विभाग, लेखा परिक्षकको कार्यलय र भ्रष्टचार विरुद्धको आयोगका प्रतिनिधि सदस्य छन् भने माथिल्लो सभा नेसनल काउन्सिलका महासचिवलाई सदस्य सचिवको जिम्मेचारी तोकिएको छ । समितिले काउन्सिका अध्यक्ष नामग्ये पेन्जोरसित भेटघाट गरिसकेको छ ।

सरकारमा रहेको दल डिपिटिले पहिलो चुनावताका लागेको ऋण तिर्न आफ्ने सांसद र मन्त्रिहरुबाट पैसा भेला गर्न थालेको एक साता पछि समितिको बैठक बस्न लागेको हो । काउन्सिल हाल पार्टीहरुले ऋण कसरी तिर्ने भन्दा पनि राजनैतिक दलको स्थायित्व कसरी सुनिश्चित गर्ने भन्नेबारे बढी चिन्तित छ । उसले हाल दलहरुलाई लागेको ऋण बारे छलफल गर्ने निकाय अरु नै छन् भनेको छ ।

कान्सिलले तल्लो सदन नेसनल एसेम्ब्लीले राखेको राजनैतिक दललाई राज्यले सहयोग दिनु पर्ने प्रस्ताव अस्वीकार गर्दै आएको छ । विपक्षिले पनि यसलाई अस्वीकार गरेको छ । विपक्षिले भने आफ्नो संस्थापक अध्यक्ष सांगे निडुपको जग्गा बेचेर ऋण तिरिसकेको छ ।

सत्तारुढ दलको बोलबाला चल्ने एसेम्ब्लीले स्थानीय चुनावमा भाग लिनका लागि निर्वाचन आयोगले राखेको एक वर्षको कुलिङ पिरियड, सत्तारुढ र विपक्षि दललाई राज्यले सहयोग गर्नु पर्ने अनि निर्वाचन आयोगले नितिनियम, गतिविधि र चुनावबारे बार्षिक प्रतिवेदन राजा, प्रधानमन्त्रि र संसदलाई बुझाउनु पर्ने प्रस्ताव अघि सारेको थियो ।

_________________________
भुटानीहरुको वास्तविक पुजी मुल्य दिनानुदिन घट्ने क्रममा छ । मुद्रा स्फितिका कारण बजार भाउ बढेको बढेकै छ भने बैंक तथा वित्तिय संस्थाहरुले व्याजदरमा कुनै परिवर्तन ल्याएका छैनन । सन् २००३ देखि यता देशमा मुद्रा स्फिति ८ प्रतिशत भन्दा तल झरेको छैन भने बैंक तथा बित्तिय संस्थाले दिने ब्याजदर भने ६ प्रतिशतमै कायम छ ।

यसबाट खासगरि सरकारी नियाय र निजि व्यापारिक संस्थाहरुलाई बढी घाटा भएको छ किनकि औसत २४ प्रतिशत सर्वसाधारणले मात्र बैंकमा पैसा राख्ने गर्छन् । सरकारलाई अनुदान, सहयोग, विजुली बिक्रि र ऋणबाट आउने पैसाका कारण बैंकहरुमा प्रशस्त तरलता भएका कारण बैंकहरु व्याजदर परिवर्तन गर्ने मनस्थितिमा छैनन् ।

यसतो अवस्थामा बैंकमा पैसा राख्नु भन्दा पनि कतै लगानि गर्नु राम्रो देखिन्छ तर भुटानमा मानिसहरुका लागि लगानिका अवसरहरु एकदमै कम छन् ।

_________________________
देशमा हाल वकिलहरुको अभाव खड्किएको छ । सन् २००६ मा महान्यायधिवक्ता नियुक्त हुदा उनको कार्यलयमा ८ जना वकिलहरु थिए । आज त्यो संख्या बढेर १२ मात्र पुगेको छ । राज्यको सम्पूर्ण कानुनी प्रकृयाका लागि काम गर्ने जिम्मा यिनै १२ जनाको हो । २००८ मा Royal Civil Service Commission ले २१ जनालाई कानुनमा स्नातक पढाउने योजना पारित गरे पनि कार्यन्वयन भएको छैन ।

२००९ मा संसदले ऐन पारित गर्दै प्रहरीको न्यायिक अख्तियारी खोसेर न्यायधिवक्ताको कार्यलयलाई सुम्पिए पछि यहाको कामको भार अरु बढेको हो । सरकारी निकाय, निजि क्षेत्र सबै अहिले कानुनविदहरुको खोजिमा रहेको कारण वकिलहरुको अभाव अरु केही वर्ष खड्किने देखिन्छ ।

Leave a Reply