साताको खबर नेपालीमा
भुटानमा खुशीयाली सम्बन्धि अर्को अन्तराष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । तीन दिने सो सम्मेलनमा १० देशका ४० जना विद्वानहरुको सहभागिता रहेको थियो । सो सम्मेलनले पारित गरेको घोषणापत्र आगामी महिना संयुक्त राष्ट्र संघको महासभामा प्रस्तुत गरिने छ । गत महिना यु एनले खुशीयालीलाई पनि मानव विकास सुचकांकको मान्यता दिएको थियो । सो निर्णयका लागि भुटानले प्रस्ताव पेश गरेको हो ।
सधै भुटानको सेन्टर फर भुटान स्टडिजले यस्तो सम्मेलन आयोजना गर्थ्यो भने यसपाला यसका संस्थापक जिग्मे थिन्ले आफैले आयोजकको भुमिका निभाउदैछन् । अमेरिकाका जेफ्रे सच सहआयोजक हुन् । सेन्टर फर भुटान स्टडिज पाखा लागेको छ ।
सम्मेलन खुशीयाली मापदण्डको थप प्रचार प्रसार गर्ने निर्णय गर्दै सकिएको छ । त्यसतै सम्मेलनले हालसम्म यसलाई विद्वतवर्ग विचको छलफल मात्र रहेकोमा अब उप्रान्त प्रभावशाली व्यक्तिहरुलाइ पनि समावेश गरि यसको व्यापक प्रचार गर्ने निर्णय गरेको छ । चाडै हुन लागेको वर्ल्ड इकोनोमिक फोरममा पनि खुशीयाली बारे प्रेजेन्टेसन गरिने छ भने प्रचार प्रसार पछि आएको निष्कर्षलाई संयुक्त राष्ट्र संघमा पेश गरिने छ ।
खुशीयाली सम्बन्धि यो पाचौं सम्मेलन हो ।
___________________________
भुटानका ८ प्रतिशत बच्चाहरु आज पनि शिक्षा भन्दा बाहिर छन् । एउटा नया रिपोर्ट अनुसार ६ देखि १२ वर्ष विचका ८ प्रतिशत वच्चाले स्कुल देखेका छैनन् । गत संसद बैठकमा प्रधान मन्त्रिले पेस गरेको रिपोर्टमा भने ९४ प्रतिशत वच्चा स्कुलमा रहेको बताइएको थियो । यसमा केटाहरुको भन्दा केटीहरुको संख्या अधिक छ । शिक्षित आमाका वच्चा स्कुल जाने गरेको देखियो ।
तर यी सबै भुटानी वा भुटानमा बसेका विदेशी बाबु आमाका वच्चा हुन् छुट्याइएको छैन । त्यस्तै माध्यामिक तहको शिक्षा लिने उमेरका २९ प्रतिशत वच्चाहरुले स्कुल नै देखेका छैनन् ।
तर यी वच्चाहरु मध्ये ५५ प्रतिशत मात्र माध्यामिक तहमा पुग्छन् । अनि अति थोरै मात्र उच्च माध्यामिक तहमा पुग्छन् ।
___________________________
भुटानको आर्थिक विकास योजना तयार गर्न आएको McKinsey कम्पनिले आफ्नो योजना सरकारलाई बुझाएर सय साता विदा भएको छ । योजना बनाए बापत उसलाई सरकारले नु ४३ करोड तिरेको थियो ।
तर सरकारले सो कम्पनिबाट कस्तो योजना पार्योत भनेर विस्तृत रुपमा खुलाएको छैन । सरकारले सो योजना लागु गर्ने प्रतिबद्धता व्याक्त गरेको छ ।
तीन बर्ष देशमा रहदा उपयुक्त योजना तयार नपारेको अनि अनावश्यक ठाउमा खर्च गरेको भनेर खुब आलोचित भयो । सो रिपोर्टलाई Accelerated Bhutan’s Socio-economic Development (ABSD) नाम दिइएको छ । यसै संस्थाको योजना अनुसार सरकारले आगामी २०१३ सम्ममा १०० पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । कम्पनिले ७३ वटा योजना तयार पारर सरकारलाई बुझाएको छ ।
_________________
भुटानको निर्वाचन आयोगले सरकारलाई हालै निर्वाचित छोक्पा अर्थात ब्लक तहका जनप्रतिनिधिको तलब बढाउन सुझाव दिएको छ । हाल उनीहरुका लागि नु. २०० हजार मात्र तलब तोकिएको छ । देशका कानुन अनुसार तल्लो तहको कामदारले पनि दैनिक १०० अर्थात मासिक ३००० तलब पाउनु पर्छ । तलब कम भएका कारण हालैको चुनावमा कमैले मात्र छोक्पा पदमा लड्ने तत्परता देखाए ।
सरकारबाट पाउने तलबले आफ्नो जिविका नचल्ने भएका कारण निजी काममा लाग्नु पर्ने छोक्पाहरुको बाध्यता छ । यसले जनताले पाउने सेवामा असर पुगेको छ । तर हालै मात्र सरकारले छोक्पाहरुलो तलब १५०० बाट बढाएर २००० बनाएका कारण फेरी बढाउने सम्भावना एकदमै कम देखिन्छ ।