साताको समाचार नेपालीमा

भुटानको हाइकोर्टमा चार न्यायधीशहरुको अभाव आगामी तीन वर्षसम्म रहिरहने देखिन्छ । संविधानमा हाइकोर्टको न्यायधीश हुनको लागि कम्तिमा २० वर्ष तल्लो तहको न्यायलयमा काम गरेको २० वर्षको अनुभव हुनुपर्ने प्रावधान भएका कारण यो परिस्थिति देखिन लागेको हो ।

भुटानमा हाल १७ वर्ष न्यायसेवामा रही काम गरेका थोरै मात्र व्यावसायीहरु छन् । यी मध्ये कतिपय आगामी ३ वर्षमा उमेरको हकले सेवानिवृत्त हुनेछन् । गत वर्ष जुनमा संसदले पारित गरेको ऐन अनुसार संवैधानिक अंगको सदस्या हुनको लागि २० र प्रमुख हुनको लागि २५ वर्ष सरकारी सेवामा काम गरेको अनुभव चाहिन्छ ।

हाल हाइकोर्टमा प्रमुख न्यायधीश र चार न्यायधीश मात्र कार्यरत छन् । संवैधानिक प्रावधान अनुसार हाइकोर्टमा प्रमुख न्यायधीश र ८ न्यायधीश रहनुपर्छ भने सर्वोच्च अदालतमा प्रधान न्यायधीश र चार न्यायधीश हुनुपर्छ । सर्वोच्च अदालतमा समेत हाल एक न्यायधीशको सिट खाली छ ।

हाइकोर्टका लागि प्रस्ताव गरिएका अरु तीन न्यायधीश मध्ये २ जना देशमा छैनन् भने एक जनालाई कारणवस नियुक्ति दिइएको छैन । हाल हाइकोर्टका पाच मध्ये ४ न्यायधीशहरुको पनि २० वर्षे सेवा अनुभव छैन तर उनीहरु भने यो नियम आउनु भन्दा अघि नै नियुक्त भैसकेका थिए । यो नया ऐन आएका कारण हाइकोर्टको प्रमुख न्यायधीश पनि नियुक्त गरिएको छैन ।
_____________________
पूर्वी भुटानका महिलाहरुले पुरानो शैलीलाई छाडेर व्यावसायिक रुपमा बख्खु र किरा उत्पादन थालेका छन् । यसका लागि उनीहरुले रैथाले ऊन हैन आसामे ऊन र मेसिनहरु खरिद गर्न थालेका छन् । सरकारले पनि प्राथमिकताका साथ महिलालाई यो व्यावसाय अंगाल्न प्रोत्साहन दिएको छ । यसका लागि यसै साता सरकारले साम्ड्रुप जोंखरको देउथांङमा एक सिलाई केन्द्र नै खोल्यो । खास गरि थोरै पढेर विद्यालय छाड्नेहरुका लागि यो व्यावसाय आय आर्जनको गतिलो माध्यम बनेको छ । सरकारले यसलाई सहकारी जस्तो विकास गर्न स्थानीय एक महिला समुहलाई नु २ लाख सहयोग गरेको छ ।

नया प्रविधि अनुसार बुट्टा सहितको एउटा किरा तयार पर्न अब चार दिन लाग्ने छ भने सादा किरा बुन्न तीन दिन । यस अघि एउटा किरा तयार पार्न हप्तौ लाग्ने गर्थ्यो । यो नया किरा उत्पादन केन्द्रमा हाल ३४ जना महिला कार्यरत छन् । उनीहरलाई प्रति मिटर नु २० ज्याला दिइन्छ ।
__________________________
दोस्रो आम चुनावको तयारी भुटानमा विस्तारै सुरु भएको छ । सत्तारुढ दल DPT ले क-कसलाई चुनावको बेला टिकट दिने भन्ने बहस सुरु गरेको छ भने विपक्षि दलका नेता छिरिङ तोब्गे देश दौडाहमा निस्केका छन् । देशका विभिन्न स्थान डुलेर उनी हाल सुदुर पुर्व टासीयाङ्सी र पेमा गासेल पुगेका छन् ।

तोब्गेले डुल्ने क्रममा गाउका मान्छेसिर कुरा गर्ने, भर्खरै निर्वाचित स्थानीय सरकारका प्रतिनिधिहरुसित भेटघाट गर्ने, स्थानीय समस्याहरु बुझ्ने अनि संभावित उम्मेद्वारहरुको नाम तयार गर्ने काम गरिरहेका छन् । साथै उनले सरकारी कर्मचारीहरु सित पनि भेट्ने काम गरेका छन् । स्मरण रहेास गत २००८ को चुनावमा सरकारी कर्मचारीका कारण जिग्मी थिन्लेको पार्टीले चुनाव जितेको थियो ।

संसद बैठक नचलेको बेला गत साल देखि उनी हरदम गाउँ दौडाहमा निस्कने गरेका छन् । कतिपय अवस्थामा उनले यसरी भेला गरेका ग्रामिण भेगका समस्यालाई संसदमा पनि राखेका छन् र सरकारको ध्यानाकर्षण गरेका छन् ।

सत्तारुढ दलले संभावित उम्मेद्वारहरु छान्ने साथै पार्टीलाई लागेको ऋण तिर्ने प्रयास थालिसकेको छ । भर्खरै मन्त्रालयमा भ्रष्टचार बढेका कारण राजिनामा दिएका स्वास्थ्य सचिव डा. गादो छिरिङ पनि डिपिटिका संभावित उम्मेद्वार मानिन्छन् ।
_______________
अमेरिकामा रहेको भुटानी संगीतप्रेमीहरुले टेक दुथराजलाई एउटा सांगितिक एल्बम निकाल्न सहयोग गर्ने भन्दै डोनेसन कार्यक्रम सुरु गरेका छन् ।

नेपाल टेलिभिजनले सञ्चालन गरेको सिंगिङ आइकन प्रतिस्पर्धामा टप टेनमा पुगेपछि उनी चर्चाको शिखरमा पुगेका हुन् । ऊनी नेपाली आधुनिक गीत गाउन खप्पिस मानिन्छन् ।

उता अमेरिकाको जोर्जियमा रहेका एक दर्जन जति भुटानी युवतीहरुले सोल्ड नामक चलचित्रका लागि चाहिने ‘लक्ष्मी’ पात्रका लागि अडिसन दिएका छन् । सो चलचित्र ओस्कार पुरस्कार विजेता जेफ्रे ब्राउनले तयार पार्न लागेका हुन् ।

चलचित्र यसै वर्षको नोभेम्बरबाट भारतमा सुटिङ थालिने छन ।

Leave a Reply