साताको समाचार नेपालीमा
फेसबुक तपाइ कतिको चलाउनु हुन्छ ? नचलाउने कमै होलान । हिजो फेसबुकको आलोचना गर्नेहरु पनि आज यसका फ्यान भएका छन् । यसतै उदाहरण हुन भुटानका प्रधान मन्त्रि जिग्मे थिन्ले ।
विपक्षि दलका नेता छिरिङ तोब्गे फेसबुक बाट निकै पपुलर भएको देखेपछि प्रधान मन्त्रि थिन्लेले पनि यसै साता देखि फेसबुकमा आफ्नो उपस्थिति देखाएका छन् । उनले फेसबुक खोलेको पाच दिनमै १००० जना फ्यान भेट्टाए । अझ पनि उनी साथीहरुको रिक्वेस्ट लिइरहेका छन् । यो उनी आफै चलाउछन् । त्यस्तै प्रधान मन्त्रिको कार्यलयले पनि उनको नाममा फ्यान पेज खोलेको छ । यसमा उनका झण्डै ६०० फ्यानहरु छन् । प्रधान मन्त्रिको कार्यलयका एक कर्मचारीका अनुसार उनी फ्यानहरुसित आफै गफ गर्न आतुर छन् ।
खैनी र धुम्रपान निषेध ऐन बिरुद्ध खोलिएको एउटा फेसबुक अभियानका पनि उनी एक सदस्य भएका छन् । तर उनले यसमा कुनै प्रतिकृया जनाएका छैनन ।
भुटानका थोरै राजनीति कर्मीले मात्र फेसबुक जस्तो सोसियल नेटवर्क चलाउछन् । केही समय अघि मात्र उनले फेसबुकले सामाजिक विचलन ल्याएको भन्दै सरकारी कार्यलयहरुमा फेसबुक बन्द गर्ने बताएका थिए । फेसबुक चलाउने अर्का मन्त्रि हुन संचार मन्त्रि नन्दलाल राई ।
__________________________
यही अक्टोबरमा राजा जिग्मे खेसरसित बिहे गरेर भुटानकी रानी हुन लागेकी जेत्सुम पेमाले अब संस्कृत पढ्न सहयोग गर्ने भएकी छिन् ।
यसै साता सार्वजनिक गरिएको सुचना अनुसार बौद्ध गुम्बाहरु र पाठशालामा पढ्ने १५ जना विद्यार्थीलाई हरेक वर्ष स्नातकोत्तर तहमा संस्कृत, पाली, ज्योतिष, आयुर्वेद, चित्रकला र संगीत पढ्न भारत र श्रीलंका पठाइने छ ।
यसलाई “Queen’s endowment for cultural studies” नाम दिइएको छ र अर्को सालबाट सुरु गरिने छ । यस अघि आफ्ने खर्चमा पढ्दै गर्नेहरुले पनि यो सहयोग पाउन सक्नेछन् ।
______
भारतले भुटानलाई बंगलादेशसहित तेस्रो मुलुकसित व्यापार गर्न भारतले खोलेका थप ११ नया व्यापारिक मार्ग मध्ये चारवटा मार्ग प्रयोग गर्न दिने बताएको छ ।
भुटानले २००८ देखि नै थप मार्गको माग गर्दै आएको थियो । यस सम्बन्धि औपचारिक निर्णय गत साता दिल्लिमा सम्पन्न द्वीपक्षीय वार्तामा भएको हो । यी चार मार्गहरुमा व्यापारका लागि चाहिने पुर्वाधार पनि भारतले नै बनाइदिने छ । हाल भुटानले तेस्रो मुलुकसित व्यापर गर्नका लागि भारतका १६ वटा मार्गहरु प्रयोग गरिरहेको छ ।
वार्तामा भुटान-भारत व्यापारका लागि फुन्छोलिङ र साम्ड्रुप जोङ्खर बाहेक अरु बाटाहरु पनि खोज्ने सहमति भएको छ । पश्चिम बंगालको जय गाउ देखि भुटानको पासाख र आसामको दारांगा देखि भुटानको मोटांगा मार्ग संभावित व्यापारिक मार्गका रुपमा हेरिएको छ । व्यापार बृद्धि गर्न भुटानले भारतलाई हासीमारा रेल लाइनलाई पासाका छेउ तोरीबारी सम्म विस्तार गर्न अनुरोध गरेको छ । भुटान-भारतले गत वर्ष नु. ५५ अर्ब बराबरको व्यापार गरेका थिए । यसमा भुटानलाई नु ३ अर्ब घाटा छ ।
____________________
प्रकृयागत समस्या, कर्मचारीको असहयोग र सरकारको प्राथमिकतामा नपरेका कारण दक्षिण भुटानमा सडक निर्माणका लागि एशियाली विकास बैंकले दिएको सहयोग प्रयोगमा आउन सकेको छैन । गएको २ दशक विकासको मुहार देख्न नपाएको दक्षिण भुटानमा सडक विस्तार गर्न बैंकले ३ करोड ८७ लाख अमेरिकि डलर बराबर सहयोग दिएको थियो ।
यी सडकहरु खास गरी दागाना, साम्ड्रुप जोङ्खर र छुकामा बनाइने योजना छ । प्रकृति संरक्षण मापदण्ड अनुसार नमिलेको भन्दै सरकारले आएका प्रस्तावहरु स्वीकृत गरेको छैन । कतिपय सडकहरु संरक्षण क्षेत्रभित्र पर्छन ।
उता सरकारले ६७ किलोमिटर लामो सिंकार (बुम्थाङ) र गोर्गान (लुन्से) जोड्ने राजमार्गको आधाजसो भाग संक्षरण क्षेत्रमा परे पनि निर्माण गर्ने निर्णय गरेको छ । प्रकृति संरक्षनविदहरुको विरोधका बाबजुद सरकारले यसै साता यो निर्णय गरेको हो । सडक निर्माण गर्दा वन्य जन्तुका बासस्थानलाई कुनै असर नपार्ने सरकारले जनाएको छ ।