साताको समाचार नेपालीमा
सरकारले धेरै आलोचना खपेपछि Tobacco Control Act लाई संशोधनका लागि आगामी संसदमा प्रस्तुत गर्ने भएको छ । यसबारे निर्णय छिटो गराउन जरुरी विधेयकका रुपमा प्रस्तुत गरिने प्रधान मन्त्रि जिग्मी थिन्लेले बताएका छन् ।
सरकारले सो संशोधन सोही अधिवेशनमा पास गर्ने लक्ष्य राखेको छ । यसै वर्षको सुरुबाट लागु गरिएको सो ऐनका कारण हालसम्म ६० जना भुटानीहरु जेल परिसकेका छन् । सुर्तीजन्य पदार्थ बोकेको भेट्टाइएमा कम्ति सजाय भनेको ३ बर्ष हो ।
नियम अनुसार ऐन पारित भएको एक वर्षभित्र त्यसलाई संशोधन गर्न मिल्दैन । ऐनले कुनै पनि भुटानीले सुर्तीजन्य पदार्थको कालो बजारी गरेको भेट्टाइएमा कम्तीमा ३ बर्षको सजाय हुने लेखिए पनि कति सुर्तीजन्य पदार्थलाई कालो बजारी गरेको भन्ने उल्लेख छैन । नु १२० को सुर्ती बोकेकाले पनि ३ वर्ष सजाय पाएका छन् ।
________________
भुटानले कम्तिमा आगामी २०२० सम्म विकासका लागि दाताहरुको सहयोग आवश्यक पर्ने जनाएको छ । गत विहिबार र शुक्रबार राजधानी थिम्पुमा आयोजित दाताहारुको ११औं राउण्ड टेबल मिटिङमा प्रधान मन्त्रि थिन्लेले यस्तो बताएका हुन् । संयुक्त राष्ट्र संघका सहमहासचिव अजय चिब्बरले पनि आफ्नो सम्बोधनमा सो कुरा बताए र दाताहरुलाई सहयोग जारी राख्न अनुरोध गरे ।
आर्थिक श्वावलम्बनका लागि भुटानले चालु १०औ पञ्च वर्षीय योजनामा बिभिन्न कार्यक्रमहरु अघि सारेको प्रधान मन्त्रिले बताए । सरकारको १० हजार मेघावट विजुली उत्पादन गर्ने योजना यसकै एउटा कदम रहेको उनको भनाइ थियो । अहिलेकै रफ्तारमा विकासका काम अघी बढै २०२० देखि भुटानलाई दातामा भर पर्नु नपर्ने उनले दाबी गरे ।
यसैविच डेनमार्कले भुटानलाई दिदै आएको सहयोग रोक्ने घोषणा गरेको छ । २२ वर्ष सम्म भुटानलाई आर्थिक सहयोग गर्दै आएको डेनमार्कले आगामी २०१५ सम्मका लागि नु ४४ करोड बराबरको सहयोग प्रदान गरेर सहयोग कार्यक्रम रोक्ने बताएको छ ।
यस सम्बन्धमा भुटान र डेनमार्कविच मंगलबार अन्तिम चरणको सरकारी स्तरीय वार्ता सम्पन्न भएको छ । हाल सम्म डेनमार्कले भुटानलाई झण्डै नु १७ अर्ब बराबरको सहयोग दिइसकेको छ ।
____________
यही जुलाई २९ मा न्यूजीलैंडमा सम्पन्न न्यूजीलैंडको भूटानी समाजको वार्षिक साधारण सभाले सुदर्शन अधिकारीलाई आफ्नो सभापतिमा निर्वाचित गरेको छ |
समाजका संस्थापक सभापति बालकृष्ण घिमिरेले व्यक्तिगत समस्याहरुका कारण केही महिना अघि राजिनामा दिएका थिए | कार्यक्रममा समाजका महासचिव डिल्लीराम न्यौपानेले समाजका वार्षिक गतिविधिहरु प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष पम्फा गौतमले आर्थिक विवरण प्रस्तुर गरेकी थिइन् |
“हामी सबै का लागि पुनर्बास प्रक्रिया निक्कै चुनौतिपूर्ण छ | त्यसैले यसघडीमा हामीले सहकार्य गर्न आवश्यक छ”, समाजका नवनियुक्त सभापति अधिकारीले भने | उनले सहयोग, सहभागिता र समन्वय निरन्तर कायम राख्न सबैसँग आग्रहसमेत गरे |
न्यूजीलैंडको भूटानी समाजको स्थापना डिसेम्बर २००८ मा भएको हो |
______
गेल्पोजिङमा पहुचवालाहरुले सरकारी जमिन हडपेको समाचारले भुटानमा सनसनी मच्चाएको सेलाउन नपाउदै बाबेसामा पनि त्यस्तै अवस्था देखा परेको छ । बिजिनेस भुटान साप्ताहिकले यी दुबै सनसनी पूर्ण खबरहरु बाहिर निकालेको हो । गेल्पोजिङमा रहेको करोडौ पर्ने सरकारी जमिन हालका सभामुख, अर्थ मन्त्रि, प्रधान मन्त्रि, सचिवहरु लगायतको नाममा सारिएको थियो २००० २०११ तिर । यता बाबेसाको पनि करोडौ पर्ने सरकारी जमिन नापी विभागमा काम गर्नेहरुले २००६मा बाडी चुडी लगेको सो पत्रिकाले लेखेको छ ।
________________________
भारत
पश्चिम बंगाल संसदले Gorkhaland Territorial Administration विधेयक संशोधन सहित शुक्रबार पास गरेको छ । संझौताका बेला राखिएका कतिपय शर्तहरुमा गोर्खा जनमुक्ति मोर्चाले संशोधन माग गरेका विषयलाई समेटेर विधेयक पास भएको छ । अब Gorkhaland Territorial Administration काउन्सिललाई कार्यकारी सहित आर्थिक र प्रशासनिक शक्ति पनि हुनेछ । त्यस्तै जिटिए सभामा पिछडिएका वर्गको प्रतिनिधित्वका लागि कोटा छुट्याइएको छ ।जिटिएका प्रमुकले अब राजीनामा मुख्य मन्त्रिलाई हैन गभर्नरलाई बुझाउने छ अनि जिटिए सभाको संख्या २८ बाट बढाएर ४५ पुर्याइने छ ।
विपक्षि दल सिपिआइ-एमले उक्त विषयमा थप छलफल गर्नु पर्ने भनी राखेको प्रस्ताव राज्य संसदले अस्वीकार गरेको छ । गोर्खा जनमुक्ति मोर्चाका नेताहरुले यसलाई ऐतिहासिक क्षण भएको बताए ।