साताको समाचार नेपालीमा

मेलबोर्न, एडलेड, तास्मानिय, सिड्नी र केन्समा रहने भुटानीहरुले २०११ सालको तीज, गणेश चतुर्थी र ऋषि पञ्चमी भब्यताका साथ मनाएका छन् ।

केन्सबाट प्रलाद दाहालले दिएको जानकारि अनुसार ५० जना भन्दा बढी भुटानीहरु सेप्टेम्बर २ तारिक मानुन्दा पार्कमा भेला भएर पञ्चमीको पूजा लाएका थिए । श्रीनारायण गौतम र शिरोमणी गौतमले पुजारीका रुपमा पूजा सञ्चालन गरेका थिए ।

त्यस्तै एडलेडमा पनि बिभिन्न स्थानमा पूजाको आयोजना गरिएको थियो । धेरे जनसंख्या र टाढा टाढा बसेका कारण सबैले एकै ठाउमा पूजाको आयोजना गर्न असम्भव भएको थियो । अधिकांश महिला र बृ्द्ध-बृद्धाहरु पूजामा सरिक भएका थिए ।

मेलबोर्नबाट पर्शु लुइटेलले दिएको जानकारी अनुसार भुटानीहरुले त्यहा तीज, गेणेश चौथी र ऋषि पञ्चमी भव्यताका साथ मनाएका छन् । पण्डीत मित्र अधिकारीले कार्यक्रमको संयोजन गरेका थिए । गणेश चौथी मनाउन भने स्थानीय काउन्सिलले पनि सहयोग पुर्या एको थियो ।
त्यस्तै सिड्नीबाट नन्द भण्डारीले दिएको जानकारी अनुसार त्यहाका भुटानी महिलाहरुले पहि ब्ल्याक टाउनमा विशेष कार्यक्रमका साथ तीज मनाएका छन् । करिब १०० जना भुटानी महिलाहरु सहभागी कार्यक्रममा पण्डित तारा निधी भण्डारीले पुजारीको जिम्मेवारी सम्हालेका थिए । तासमानियामा पनि तीजको कार्यक्रम आयोजना भएको खबर प्राप्त भएको छ ।
_______________________
संसदको मानव अधिकार समितिले हालै निकालेको प्रतिवेदन अनुसार भुटानका अधिकांश जेलहरु बस्न लायक छैन । सो समितिले उसको प्रतिवेदनमा रुममा हावा छिर्ने ठाउ नभएको, वत्तीको राम्रो व्यवस्था नभएको, सुत्ने ठाउँ नभएको कुरा उल्लेख गरेको छ । समितिले देशका आठ वटा जेलको भ्रमण गरेको थियो ।

मंगर जेलका कर्मचारीका अनुसार त्यहा बस्ने कैदीको समयावदी थहा नभएका कारण कति वटा सुत्ने सामाग्रीको व्यवस्था गर्ने भन्ने समस्या देखिएको छ । कैदीहरु भइमै सुत्छन यहा जसका कारण उनीहरुको हात-खुट्टा सुन्निएको छ ।

हाल भुटानमा १००१ जना कैदीहरु छन् र यी मध्ये ६० प्रतिशत ३० वर्ष मुनिका छन् । सजाय पाएका बालबालिकालाई पनि अरु बन्दी सहर जेलमै राखिएको छ ।
___________________
सरकारले भुटानलाई सुचना प्रविधिको केन्द्रविन्दु बनाउने घोषणा गरेको ठीक एक व्रष भएको छ । वार्षिकत्सव मनाउने क्रममा यस साता सरकारले केही विद्यार्थी र यस उद्योगमा लागेर प्रगति गरेकाहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार र सम्मान दिएको छ ।

भुटानमा सुचना प्रविधिमा राम्रो दख्खल राख्नेको संख्या निकै बढेको छ तर पनि सरकारले उनीहरुलाई रोजगार दिन सकेको छैन ।

प्रधान मन्त्रिले यस क्षेत्रमा थप सक्षम मानव श्रोत विकास र रोजगा सृजनाका लागि भारतसित सहयोग लिइने बताए । यो कार्यक्रमलाई भारत सरकारले सहयोग गरेको छ ।

सरकारले गएको १ वर्षको अवधिमा कर्मचारी, निजी क्षेत्रमा काम गर्ने कर्मचारी गरी सयौलाई सुचना प्रविधि सम्बन्धी तालिम दिइसकेको छ ।
___________________
भुटान सरकारले २०२० सम्ममा १० हजार मेघावट विजुली उत्पादन गर्ने लक्ष्यका सुरु गरेका योजना मध्ये केही सो समयभित्र नसकिने भएका छ । खास गरी ठूला आयोजनाहरु यो अवधिमा सक्न देखिन्न । भुटानको ड्रुक ग्रीन पावर कर्पोरेसनले भारतको नेसनल हाइड्रो पावर कर्पोरेसनलाई यी ठूला आयोजनाहरुको उत्पादन क्षमता हाल तोकिए भन्दा बढी हुन सक्ने भन्दै थप अध्यायनका लागि अनुरोध गरेपछि योजना सम्मपन्न गर्ने मिति पछि सर्ने देखिएको हो ।

सरकारी अधिकारीहरुले धेरै आयोजनाहरु निर्माण गर्नु भन्दा सुरु गर्न लागिएका आयोजनालाई अधिकतम क्षमतामा उत्पादन गर्नु फाइदा हुने भन्दै पुन: अध्यायन गर्न लागिएको हो ।

१८०० मेघावटको कुरि-गाङ्री र ४०६० मेघावटको सुनकोस आयोजनाको पुन: अध्यायन हुनेछ । अध्यायन कहिले सुरु हुने भन्ने उल्लेख छैन तर यी आयोजनाहरुको निर्माण कार्य २०१४ भन्दा अघि सुरु नहुने देखिन्छ ।
_____________
भारत
१० वर्ष अघि सुबास घिसिङको हत्या गर्न खोजेको आरोपमा पर्काउ परेका छत्रे सुब्बा र अरु सात जनालाई यसै साता मुक्त गरिएको छ । १० वर्ष लामो कानुनी लडाई पछि पनि घटनामा उनीहरुको संलग्नताको प्रमाण पुर्याछउन नसकेपछि अदालतको आदेशमा शुक्रबार रिहा गरिएको हो ।

छुटे पछि पत्रकारसित बोल्दै उनले पश्चिम बंगाल सरकारले षड्यन्त्रपुर्वक आफूलाइ थुनेको र १० वर्ष विना कारण थुनेबापत क्षति पूर्तिका लागि लड्ने बताए । उनले हालैको संझौताबाट स्थापना गरिएको गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन सत्ताको लागि जातीय अस्तित्व बेचेको भन्दै आलोचना गरे ।

यस अघि नै घिसिङले आफ्नो हत्या प्रयासमा सुब्बाको हात रहेको प्रमाण आफूसित नभएको बताईसकेका छन् ।

Leave a Reply