साताको समाचार नेपालीमा
Constituency development grant (CDG) अर्थात निर्वाचन क्षेत्र विकास अनुदानलाई अब Royal Audit Authority ले लेखा परिक्षण गर्नेछ । हरेक बर्ष तल्लो सदन National Assembly का सदस्यहरुलाई आफ्नो क्षत्रको विकासका लागि भने २० लाख दिइन्छ । यसको दुरुपयोग भएको भन्दै खुब आलोचना भएको थियो ।
Auditor General ले यसै साता सभामुखलाई पत्र लेखी संविधान र कानुन अनुसार सो रकम बारे चाडै लेखा परिक्षण हुने जानकारी दिइएको छ ।यस अन्तर्गत Auditor General को कार्यलयका कर्मचारीहरु सो रमकबाट सञ्चालित विकास योजनाहरु हेर्न गाउँ-गाउँ जानेछन् ।
रकम प्रयोगको मितव्ययिता, प्रभावकारिता र त्यसबाट जनताले पाएको सुविधावारे खोजिनिती हुनेछ । सांसदले आफ्नो निर्वाचन क्षेत्रमा यो रकम खर्च गर्ने भए पनि जिल्ला काउन्सिलले स्वीकृत गर्नु पर्ने भएका कारण यसमा भ्रष्टचार नहुने प्रचार सरकारले गरेता पनि विपक्षीले यस्तो रकमले आगामी चुनावलाई प्रभाव पार्ने भन्दै आपत्ति जनाएको छ ।
_________________
भुटानको वित्त बजार नियन्त्रण निकाय Royal Monetary Authority यस साता एक सुचना निकालेर कुनै पनि भुटानी नागरिकलाई विदेशमा बैंक खाता नखोल्न भनेको छ । उसका अनुसार यसो गर्नु गैर कानुनी हुनेछ ।
उसले सुचनामा भनेको छ, Royal Monetary Authority को अनुमति बिना कुनै पनि नागरिकले भुटान बाहिर बैंक खाता खोल्नु वा अरु कुनै पनि प्रकारको सम्पत्ति राख्न मिल्दैन । यो नियम विदेशमा पढ्ने विद्यार्थी, कुटनैतिक आयोगका सदस्य वा विदेशी संस्थामा काम गर्ने भुटानीलाई लागु नहुने उसले जनाएको छ ।
खास गरी भारतीय बैंकहरुले व्याजदर भुटानको भन्दा माथि राखेपछि भुटानबाट भारतीय बैंकमा खाता खोल्नेहरुको लहर बढ्न थाले पछि यस्तो सुचना जारी गरिएको छ ।
___________
सरकारले निजी टेलिभिजन च्यानल सञ्चालनका लागि आवेदन आव्हान गरेको छ । कुनै पनि भुटानीले आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आवेदन नोभेम्बर ५ सम्ममा बुझाइ सक्नुपर्नेछ । हाल पत्रिका वा अन्य मिडिया सञ्चालन गरिरहेका कम्पनिहरुले पनि आवेदन दिन पाउने छन् तर टेलिभिजन अनुमति पत्र पाए पछि भने उनीहरुको लाइसेन्स खारेज गरिने छ ।
कतिवटा टेलिभिजन लाईसेन्स दिने भन्ने अहिले टुंगो लागेको छैन । आवेदनका साथ नु ५०,००० बुझाउनु पर्नेछ भने आवेदकले नु ३ करोड लगानी गर्ने श्रोत देखाउने पर्नेछ । सरकारका अनुसार नु ३ करोड लगानीको सुनिश्चितता भए नाफा नकमाए पनि कम्पनि पाँच वर्ष सञ्चालन हुन सक्नेछ ।
यस अघि पनि आवेदन खुला गरिएको थियो । त्यसबेला सरकारले ५ वटा आवेदन प्राप्त गरेको थियो । नया सुचना अनुसार ती पुराना आवेदकले पनि पुन: आवेदन हाल्नु पर्नेछ । आवेदन स्वीकृत भएको १ वर्षमा कम्पनिले टेलिभिजन प्रशारण सुरु गर्नु पर्नेछ ।
नया सुचनाले भने पुराना आवेदकलाई क्रुद्ध पारेको छ । यस अघि आवेदन हाल्नेमा रेडियो हाइका उगेन तेन्जीन, White Pigeon courier service का छोकी ग्याल्सन र उनका सहयोगी निडुप दोर्जी, Gaseng Audio Visual का किन्ले वाङछुक आदि छन् ।
________________
Druk National Congress (Democratic) का अध्यक्ष थिन्ले पेन्जोर श्रीमती डिकी योन्जन सहित तेस्रो मुलुक पुनर्बासमा अमेरिका लाग्नु भएको छ ।
झापाको बिर्तामोडमा डेढ दशकदेखि डेरा गरि बसेको पेन्जोर परिवार यही साता अन्तराष्ट्रिय आप्रबासी संगठन (IOM) मार्फत पुनर्बासको लागि झापाको भद्रपुर बिमानस्थलबाट काठमाण्डौ प्रस्थान गरेको हो ।
पेन्जोर भुटानमा प्रजातन्त्र र मानब अधिकार वहालीको लागि संघर्ष गर्न भनि बनेको एउटा तीन दलिय गठबन्धनका नेता पनि हुन् । भुटान पिपुल्स पार्टी, भुटान गोर्खा राष्ट्रिय मुक्ती मोर्चा र Druk National Congress (Democratic) को संयुक्त मोर्चा National Front For Democracy (NFD) ले केहि बर्षअघि शरणार्थी स्वदेश फिर्तीको लागि पैदल यात्रा समेत चलाएको थियो ।
Quest for Democracy अर्थात प्रजातन्त्रको खोज किताबका लेखक पेन्जोर भुटानमा छँदा राजधानी थिम्पुमै बस्दथे र त्यहाँको बाणिज्य बिभागका सचिव थिए । Bhutan Chamber of Commerce का महासचिव समेत भएर उनले काम गरेका थिए ।
करिब दुइ महिनाअघि सो पार्टीका महासचिब नारद अधिकारी पनि पुनर्बासमा अमेरिका गएका थिए ।