साताको समाचार नेपालीमा
गत साता आएको भुकम्पले भुटानमा निकै क्षति पुर्याsएको छ । पछिल्लो तथ्यांक अनुसार ६.९ रेक्टर स्केलको भुकम्पले भुटानमा १ जनाको ज्यान लिएको छ । त्यस्तै ३४००० घरहरु, १२ वटा जोङहरु, २२० वटा ऐतिहासिक भवनहरु र ९३ वटा शैक्षिक संस्थाहरुमा क्षति पुगेको छ । त्यस्तै १४० वटा सरकारी कार्यलयहरुमा क्षति पुगेको छ ।
थिम्पुमा रहेको 350 शैय्याको Jigme Dorji Wangchuck national referral अस्पतालमा पनि निकै क्षति पुगेको कारण स्वस्थ्या उपचारमा खतरा देखिएको छ । अस्पतालका भित्ता र पिलरहरु चर्किएको छ ।
सरकारी अधिकारीहरु नै भुकम्पको क्षति मुल्यांकन र क्षतिपूर्ति दिने जिम्मेवार निकाय को हो थाहा नभएको बताउन थालेका छन् ।
_________________
भुटानले भारतबाट कुखुरा आयातमा रोक लाए पनि बोर्डर जनिक बसेका स्थानीय बासिन्दालाई सिमा पारी भारतबाट कुखुराको मासु र अण्डा ल्याउन कसैले रोकेको छैन ।
Bhutan Agriculture and Food Regulatory Authority (BAFRA) का कर्मचारीले फुन्छोलिङमा त्यसरी मासु ल्याउनेहरुलाई केरकार गरे पनि व्यक्तिगत आयातमा कुनै असर परेको छैन । हाल सम्म उनीहरुले १५ केजी मासु र २ कार्टुन अण्डा मात्र जफत गरेका छन् । होटलवालाहरु मासुलाई प्याक गरेर अरु नै सामान जस्तो गरि भित्र्याउछन् ।
सरकारले आसाममा यसै महिनाको सुरुमा बर्ड फ्लु का कारण कुखुरा मरेपछि आयातमा रोक लाएको थियो । सरकारले यसरी लुकीछिपी मासु ल्याउनेलाई मासुको मुल्यको दोब्बर फाइन तिराउने बताउदै आएको छ ।
भुटानमा मासिक ५०,००० केजी मासु र ८००० कार्टुन अण्डा भारतबाट भित्रिने गर्छ ।
________________
प्रधान मन्त्रि जिग्मी थिन्लेले शुक्रबार राष्ट्र संघीय महासभालाई सम्बोधन गर्दै विश्वमा शान्ति बहालीका लागि खुशीयालीको प्रचार गर्नु आवश्याक गरेको बताएका छन् । उनले जीडीपी संकुचित मापदण्ड भएको दाबी गरे ।
केही महिने अघि मात्र भुटानले खुशीयालीलाई मानव विकास सुचक बनाइयोस भनी राखेको प्रस्तावलाई महासभाले पास गरेको उल्लेख गर्दै उनले भुटान यस विषयमा विश्वसंग मिलेर काम गर्न इच्छुक रहेको बताए । खुसीयाली बारे प्रतिबेदन आगामी वर्ष हुने रियो २० सम्मेलन भन्दा अघि नै राष्ट्र संघमा बुझाउने उनले बताए ।
जीडीपीले विश्वमा आर्थिक समस्याहरु सृजना गरेको र त्यसले मानिसलाई मानवबाट पशुमा परिणत गरेको र मानवता हराउदै गएको बताए ।
त्यस्तै उनले सदस्य राष्ट्रहरुलाई भुटानले सुरक्षा परिषद अस्थाइ सदस्यका लागि गरेको प्रयसमा सगाउन पनि अनुरोध गरे । आगामी २०१३-१४ का लागि भुटानले परिषद सदस्यका लागि उम्मेद्वारी दिएको छ ।
___________
देशका मुख्या सहरहरुमा सवारी साधनको चाप बढ्दै गएको बेला सरकारले सहरी जनजीवनलाई लक्षित गरि नया यातायात सेवा सुरुवात गर्ने योजना बनाएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम र डानिडाले यसमा सघाउने बताएका छन् ।
योजना अनुसार नया यातायात प्रणाली प्राकृति मैत्रि हुनेछ । ती गाडीहरु liquefied petroleum gas (LPG) र compressed natural gas (CNG) बाट चल्नेछन् । यसले गर्दा यातायात भाडा पनि सस्तो हुने देखिएको छ । यस बाहेक सरकारले ब्याट्रीबाट चल्ने उपायहरु पनि हेर्ने बताएको छ ।
यो योजनामा निजी क्षेत्रलाई पनि सहभागी गराउन सकिने सरकारले जनाएको छ । सरकार निजी साझेदारीको खाका तयार गर्न सरकारले अन्तराष्ट्रीय मुद्राकोष सित बार्ता भैरहेको बताएको छ । नया योजनाको लागत सरकारले ४८ करोड अनुमान गरेको छ ।
यसअघि पनि सरकारले तयार पारेको Bhutan transport vision strategies 2040 थियो तर त्यसलाई लागु गरिएन ।