साताको समाचार नेपालीमा

Dzongkha Development Committee (DDC) ले प्रस्ताव गरे अनुसार जोंखा भाषा अध्यायनलाई उच्च माध्यामिक तहमा पनि मुख्य विषय बनाउने योजनालाई सरकारले यस साता स्वीकृत गरेको छ । समितिले पाँच महिना अघि सो प्रस्ताव सरकारलाई बुझाएको थियो । यस प्रस्ताव अनुसार विद्यार्थीले विश्वविद्यालयमा भर्ना पाउनका लागि जोंखा, अंग्रेजी र अरु दुइ विषयमा कक्षा ११ र १२ मा पास भएको हुनु पर्नेछ । हाल अंग्रेजी र अरु ती विषयमा पास हुनु पर्ने प्रावधान छ ।

सन् ६० को दशकमा विकास गरिएको यो भाषा हाल भुटानका युवाको लागि बोझ जस्तै बनेको छ । थोरैले मात्र यो भाषा अध्यायनको इच्छा देखाउँछन् । प्रस्ताव अनुसार वातावरण, सामाजिक शिक्षा, गणित र इतिहास जोंखा भाषामा पढाउनु पर्नेछ । अपत्यारिलो प्रस्ताव भनेको कम्प्युटर शिक्षा पनि जोंखामै दिने उल्लेख छ । गत साल मात्र शिक्षकहरुले जोंखा भाषामा इतिहास पढाउन नसक्ने बताएपछि इतिहासको पठ्यक्रम अंग्रेजीमा परिवर्तन गरिएको थियो ।
__________________
भारत र भुटानको निर्वाचन आयोगविच आगामी ५ वर्षमा लागि सहयोग आदान प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार भुटानी निर्वाचन अधिकारीहरुले भारतमा तालिम पाउने छन् भने दुबै देशका आयोगहरुले निर्वाचन संग सम्बन्धित आफ्ना ज्ञान, अनुभव, जानकारी, मानवश्रोत र तकनिकीहरु आदान प्रदान गर्नेछन् । भारतमा आगामी दिनहरुमा हुने राज्य चुनावका बेला पनि भुटानी निर्वाचन अधिकारीहरुलाई अध्यायनका लागि पठाइने छ ।

त्यस्तै भारतका निर्वाचन अधिकारीहरुले भुटानक भ्रमण गरि भुटानको स्थानीय स्तरमा रहेको निर्वाचन संयन्त्र र श्रोत साधनको अध्यायन पनि गर्नेछन् ।
________________

भुटानमा मासुका लागि चौरी अत्याधिक मारिन थालेपछि चौरी बचाउने अभियान सुरु भएको छ । १८ जना भुटानीहरुको यो समुहले चौरी काट्ने प्रथालाई रोक्ने प्रयास गरिरहेका छन् । अभियान दर्ता नभएको सिथार छोक्पा नामक संस्थाले चलाएको हो ।

यस साता सो संस्थाले थिम्पुमा काट्नलाई तयार पारिएका ९ वटा चौरीलाई बचाएका छन् । अर्को साता उनीहरु वाङदी फोड्रां जानेछन् जहा धेरै चौरी काटिन्छन् । उनीहरु प्रायोजक खोज्छन् अनि काट्न ल्याउने मानिसलाई नु १३ देखि २० हजार सम्म दिएर चौरी लिएर जान्छन् र स्थानीय गाउलेलाई सो चौरी नकाट्न सर्तमा बाड्छन् । त्यसरी बाडिएका चौरी फेरी काट्ने ठाउँमा नपुगुन भनेर संस्थाले चिन्ह लाउने र फोटो खिचेर राख्ने गरेको छ ।

यो ऋतुमा भुटानमा अत्याधिक चौरीहरु मासुका लागि काटिन्छन् । गत साल बाटै सुरु भएको यस संस्थाले हाल सम्म ३४० वटा चौरीको ज्यान जोगाएको छ ।

चौरीको मासु सारै मिठो हुन्छ । उत्तरी भुटानमा मासुका लागि खास गरि गाई र चौरी मारिन्छ । थिम्पुमा १ किलो चौरीको मासुलाई नु २७५ पर्छ ।
______________
राजा जिग्मे खेसरको बिहेका लागि भारतबाट बिशेष प्रकारको बुद्धका मुर्तीहरु लगिको छ । यसरी लगिएका मुर्तीहरुमा बुद्धको तथागता र बुद्धका दुइ शिष्यहरु अराहान्त सारीपुता र माहा मोगालाना को रहेका छन् ।

यही महिनाको १३ तारिक तान्त्रि विधि अनुसार ३१ वर्षे राजा जिग्मे खेसरले २१ वर्षीय जेत्सुम पेमासित बिहे गर्दैछन् ।

विहे राजाले सामान्य हिसाबले गर्ने बताए पनि सरकारले निकै तडक भडक गर्ने तयारी गरेको छ । कार्यक्रमहरु यही साता सुरु भैसकेको छ ।

Leave a Reply