नेपालीमा समाचार

भुटानको पारो शहरमा दुर्व्यसनीको लतमा लाग्ने युवा युवतीहरुको संख्या नाटकीय ढंगले बढ्न थालेको छ । गएको २ सातामा मात्र पारोमा ड्रग्सको कुलतबाट तीन जना युवाले ज्यान गुमाएका छन् । अरु २ जनालाई समयमै भेट्टाएकाले उपचार भयो र ज्यान बच्यो ।

कुलतमा लाग्नेहरु अधिकांश कलेज पढ्ने उमेरका युवा युवतीहरु छन् भने पारिवारिक झगडा, बाबु आमाको डिभोर्स भएका परिवारका सदस्यहरु छन् ।
पारिवारिक समस्याका कारण कुलतमा लागेकाहरुले पढाईमा पनि राम्रो गर्न छाडेपछि डिप्रेसनमा पर्ने र यसले कालान्तरमा ज्यानमै खतरा पार्ने देखिएको छ ।

पारो र थिम्पुमा अबैध रुपमा ड्रग्सको व्यापार गर्ने निकै ठूलो सञ्जाल रहे पनि यसवारे प्रहरीले केही थाहा नभएको बताएको छ । यसतो धन्धामा लाग्नेहरुले ड्रग्स जिउमा बाधेर बाहिरबाट बाक्लो लुगा लाउने वा सिरानीको फोम भित्र हालेर थाहा नपाउने गरि फुन्छोलिङ् चेकपोष्टका छिराउने गरेका छन् । छुट्टीमा दक्षिणतर झर्ने विद्यार्थीले पनि यसतो व्यापार गर्ने गरेका छन् । भारतको जयगाउँमा ३५ रुपया पर्ने एउटा ट्यब्लेट पारो वा थिम्पु पुग्दा त्यसको दाम २५० देखि ३५० सम्म पुग्ने भएका कारण धेरैको मन यो व्यापारतिर ढल्केको हो ।

पूर्व दुर्व्यसनीहरुका अनुसार बढ्दो वेरोजगारीका कारण पनि युवाहरु यो लतमा लागेका हुन् ।
_______________________________
सरकारले बजेट नदिएपछि थिम्पु जिल्लाम पर्ने खासाखा गाउँका बासिन्दा आफ्नै श्रम लाएर रोड बनाउन तालेका छन् । यो गाउँमा हरेक वर्ष गाउँले आफै रोडको मर्मत संभार पनि गर्छन् ।
यो गाउँ भएर चल्ने ठुला गाडीले सडक बिगारे पनि अन्य कुनै पनि गाउँ वा सरकारले सडक मर्मतमा सहयोग नगरेको गाउँलेको भनाई छ ।

चुनावका बेला त्यस क्षेत्रबाट विजयी येसे जिम्बाले उतिबेला दिएको वचन कहिल्यै पूरा गरेनन् । कार्य तथा मानव बसोबास मन्त्रि समेत रहेका जिम्बा चुनाव जितेको दिनदेखि फर्केर गाउँ पनि गएका छैनन् । तर मन्त्रि जिम्बा भने गाउँलेले त्यसो गरेर उदाहरण प्रस्तुत गरेको दाबी गर्छन् । आफू मन्त्रि भएका कारण सबै देशको विकास हेर्नु पर्ने भएका कारण आफ्नो चुनाव क्षेत्रमा मात्र बढी ध्यान दिन नसकेको उनको दाबी छ । हालै चुनाव मार्फत गठन भएको स्थानीय सरकारले पनि सडक मर्मतका लागि खासै काम गर्न सकेको छैन ।

अरु दक्षिण एशियाली देशमा जस्तै भुटानमा पनि चुनाव पछि आफ्नो गाउँ फर्केर जाने सांसदहरुको संख्या नगन्य छ ।

तर दोस्रो संसदीय चुनावको तयारी हुदै गर्दै भुटानका सत्तासीन दलका नेताहरु गाउँ फर्न थालेका छन् । सडक समस्या हेर्ने निहुले जिम्बा पनि आफ्नो चुनावी क्षेत्रको भ्रमणमा निस्कन लागेको खबर छ । करिव एक वर्ष अघि देखि नै आश्वाशन बाड्न सके दोस्रो चुनावमा आफ्नो स्थान बलियो हुने सत्तासीन दलको रणनीति देखिन्छ ।
_________________

संयुक्त अधिराज्य अथवा युके मा बसोबास गर्ने भुटानीहरुले Committee of Bhutanese Welfare Association नामको संस्था खोलेका छन् । यसको अध्यक्षमा हालै जर्मनीबाट लण्डन सरेका दुर्गा गिरी छानिनु भएको छ ।

गत साल जुलाईमा काम चलाउ समिति गठन गरेका उनीहरुले लामो छलफल पछि संस्थाको औपचारिक घोषणा गरेका हुन् । नयाँ समितिमा KN Pokhrel उपाध्यक्ष रहेका छन् भने Sunita Rai सचिव र Anup Budathoki कोषाध्यक्ष । केन्द्रीय समितिका अन्य सदस्यहरुमा Dup Tshring Lepcha, Sabitra Giri र Jasu Subba रहेका छन् । यो समितिको पदावधि २ वर्षको रहने छ ।

समाजका अग्रजहरुको छुट्टै सल्लाहकार परिषद पनि गठन गरिएको छ । केही भुटानीले भने समिति गठनको विरोध गरेका छन् भने गठन प्रकृयामा भाग पनि लिएनन् ।
___________________
भुटान सरकारले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढी राजस्व उठाएको छ । बजेट प्रस्तुत हुदा राखिएको लक्ष्य नु १६।९ अर्ब थियो भने सरकारले नु १७.४९ अर्ब राज्सव उठाएको छ । अघिल्लो आर्थिक वर्षमा नु १५।६४ अर्ब राजस्व उठेको थियो । यसमध्ये निजी क्षेत्र र साना तथा मझौला उद्योगको विकासका लागि राम्रो प्रगति गर्नेहरुलाई प्रोत्साहन स्वरुप करिब नु २ अर्ब कर छुट दिइएको छ ।

खास गरी करबाट उठ्ने राजस्वमा भारी बृद्धि भएका कारण समग्र राजस्वमा सकरात्मक लक्षण देखिएको हो । करबार नु ११.५९ अर्ब उठेको थियो भने गैर करबाट नु ५.८६ अर्ब उठेको थियो । कर २० प्रतिशतले बढे पछि समग्र राजस्वमा करको अंश ६२% प्रतिशतबाट बढेर ६६% प्रतिशत पुगेको छ । उपभोग्य वस्तुको व्यापारमा बृद्धि भएका कारण व्यापारिक करमा 37.31% ले बृद्धि भएको छ ।

उक्त साल आर्थिक वर्षको विचमा सरकारले गाडी आयातमा लाएको कर बृद्धि सर्वोच्च अदालतको आदेशपछि नु २.६ करोड फिर्ता समेत गरेको थियो ।

केही साल देखि समग्र राजस्वमा ठूलो हिस्सा ओगट्दै आएको विद्युतीय क्षेत्र पछि परेको छ । व्यापा-व्यवसायले विद्युतलाई उछिनेको छ । विद्युत दोस्रो नम्बरमा परेको छ । व्यापारबाट उठ्ने राजस्वमा ४० प्रतिशतले बृद्धि भएको छ । सेवा क्षेत्र तेस्रो स्थानमा रहेको छ भने उत्पादन क्षेत्र चौथो स्थानमा रहेको छ । सेवा क्षेत्रबाट उठ्ने राजस्वमा पनि ५६% ले बृद्धि भएको छ ।

Leave a Reply