नेपालीमा समाचार

भुटानको निर्वाचन आयोगले आगामी वर्ष हुने संसदीय चुनावमा दुवै सदनको निर्वाचन एकै दिन गर्ने प्रस्ताव अघि सारेको छ । पहिलो निर्वाचित संसदको अवधि आगामी वर्ष मार्चमा सकिदैछ । संविधान अनुसार माथिल्लो सदन नेसनल काउन्सिल पाच वर्ष पुगेकै दिन चुनाव गरेर स्थापित गर्नु पर्ने छ भने तल्लो सदन नेसनल एसेम्ली भने पाच वर्ष पुगेको दिन बाट विघटन हुनेछ अनि चुनावी सारकारले त्यसको ३ महिना भित्र चुनाव सम्पन्न गरी नया सरकार बनाउनु पर्ने प्रावधान छ ।

त्यसतै २ भन्दा बढी राजनैतिक दल भए Primary round चुनाव गरेर दुइ दल विच मात्र अन्तिम चुनाव गराउनु पर्ने प्रावधान छ । संबिधान अनुसार संसदमा २ दल मात्र रहनु पर्ने छ ।

निर्वाचन आयोगको प्रस्तावलाई दल र अरु विज्ञहरुको असंवैधानिक र अव्यवहारिक भनेका छन् । तर आयोगले यस बारे थप छलफल र बहस गराउने जनाएको छ ।
_________________________

दक्षिणी शहर गेलेफुमा औषधिको मात्र हैन डाक्टरहरुको पनि अभाव सुरु हुने थालेको छ । Gelephu Central Regional Hospital मा एका जना पनि orthopedic surgeon, ophthalmologist and surgical specialist छैनन् ।

सो अस्पतालमा दैनिक ५०० भन्दा बढी विरामी उपचारका लागि आउने गर्छन । कैयो घन्टा र दिन हिडेर उपचारका लागि आउने विरामीले उपयुक्त डाक्टरहरु नभए पछि हैरानी खेप्नु परेको छ । अधिकांश विरामी निरास भएर घर फर्कन्छन् ।

विरामीको चाप बढेका कारण कर्मचारीहरु पनि थेग्न नसक्ने अवस्थामा पुगेका छन् ।अधिकांश डाक्टरहरु पढ्न विदेश गएका छन् वा विदामा बसेका छन् । सरकारले यसतो बेला कुनै व्यवस्था गरेको छैन ।

यसै विच गेलेफुमा पहिलो पटक कालो जन्डिस देखा परेको छ । तोरीबारी निवासी ओम नाथ पोख्रेल दयनीय अवस्थामा अस्पतालमा उपचार गराइरहेको समाचार छ । उनलाई यस्तो रोगको लक्षण गत जुलाई देखि नै देखिएको थियो ।

___________________________

धेरै परिवारहरुले National Pension and Provident Fund (NPPF) ले जारी गरेको student loan policy वो विरोध गरेका छन् । सो पोलेसी भेदभावपूर्ण रहेको उनीहरुले बताएका छन् ।

यस अघि 60% मार्क पाउने विद्यार्थीले नुल्ट्रम ५ लाख लोन पाउदै गरेकोमा अब ती सबैले लोन नपाउने भएका छन् । नया पोलेसि अनुसार business studies, law, medicine, computer and information technology, forestry, architecture र aeronautical engineering पढ्ने विद्यार्थीले मात्र सो संस्थाबाट लोन पाउने छन् ।

देशमा कुन क्षेत्रमा बढी मानव श्रोतको आवश्यकता छ, त्यसलाई ध्यानमा राखेर नया पोलेसी ल्याइएको संस्थाले जनाएको छ ।

कतिपय अभिवकका अनुसार ६० प्रतिशत मार्क ल्याउने विद्यार्थीले सहजै Royal University of Bhutan मा भर्ना पाउने हुदा कम मार्क ल्याएर देशबाहिर पढ्ने वा निजी कलेजमा पढ्ने विद्यार्थिका लागि संस्थाले लोन दिनु उपयुक्त हुन्छ ।

यो साल करिब १०० विद्यार्थिले सो संस्थाबाट लोन पाएका छन् ।

Leave a Reply