बाँकी भूटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्ने

नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी जेनेभा फर्कनुअघि पत्रकारसम्मेलनमा युएनएचसीआरका उपउच्चायुक्त टी एलेक्जेण्डर एलिनिकोफले अधिकांश भूटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनः स्थापना गरिएकाले बाँकीलाई घर फर्काउन नेपाल र भूटानबीच तत्काल वार्ता भई समस्या समाधान हुनुपर्ने बताएका छन्।

झापाका दुईवटा शिविरमा हाल रहेका ४८ हजार छ सय शरणार्थीमध्ये ३८ हजारले तेस्रो मुलुकमा पुनः स्थापित हुने इच्छा व्यक्त गरेको जानकारी दिदै उनले घरजान चाहनेहरूलाई उनीहरूको अधिकारको सम्मान गर्दै शीघ्र समस्याको समाधान गर्न सम्बन्धित पक्ष संवेदनशील हुनुपर्छ भने।

लामो सयमदेखि मानवीय समस्याको रुपमा रहेको भूटानी शरणार्थीको विषयलाई अन्तर्राष्ट्रिय जगतले निरुपण गर्न तेस्रो मुलुकमा पुनर्वासको व्यवस्था गरेपछि ६५ हजार शरणार्थी अमेरिकालगायत युरोपेली देशमा पुनः स्थापित भइसकेका छन्। -रासस

Deputy High Commissioner of the United Nations High Commissioner for Refugees (UNHCR), T. Alexander,

Leave a Reply